Main Menu

Tuesday, July 25th, 2017

 

नेपाल हवाई उडानलाई इयूको कालो सूचीबाट हटाउन प्राधिकरणको पहल

  साउन १०, काठमाडौँ । युरोपेली सङ्घ (इयू)को हवाई सुरक्षा ‘कालोसूची’मा परेको नेपालको हवाई उडान खुलाउन नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रक्रिया अघि बढाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को गम्भीर सुरक्षा चासो सूची (एसएससी)बाट मुक्त भएलगत्तै क्यानले इयूको सूचीबाट पनि मुक्त गराउन पहल थालेको हो । आइकाओले सन् २०१३ (२०६९/७०) देखि नेपालमाथि लगाएको एसएससीलाई यही २० जुलाई २०१७ (२०७४ साउन ५) मा औपचारिक रुपमा हटाएको थियो । क्यानको प्रगति प्रतिवेदनका आधारमा इयूलाई यही साता पत्राचार गरिने क्यानका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । “हामीले एक/दुई दिनभित्रै प्रगति प्रतिवेदन पठाउछौँ, तर त्यसैको आधारमा निर्णय हुँदैन,” महानिर्देशक गौतमलेपूरा पढ्नुहोस्


सप्तरीका बाढीपीडितलाई एमालेको राहत

  साउन १०, कञ्चनपुर (सप्तरी) । सप्तरीका विभिन्न स्थानका बाढिपीडित ११७ परिवारलाई आज नेकपा (एमाले)ले राहत वितरण गरेको छ । बाढिपीडित राजविराज नगरपालिका वडा नं २ र १० तथा मलेठका बाढिपीडित प्रतिपरिवारलाई एक थान त्रिपाल, एक थान ब्ल्याङ्केट, एक थान ज्याकेट र पाँच किलो खाद्यान्नका दरले राहत बाँडिएको हो । स्थानीय मदननगरस्थित पार्टी कार्यालयमा आयोजित राहत वितरण कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सल्लाहकार एवम् राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम अंसारी, एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, नेपाली जामे मस्जिद काठमाडौँका सचिव मन्सुर हुसैन, एमाले सप्तरीका इन्चार्ज सुमनराज प्याकुरेल, राजविराज नगर सहइन्चार्ज अखिलेस झा, समाजसेवी अजितकुमार ठाकुर लगायतले बाढिपीडित परिवारलाई राहतपूरा पढ्नुहोस्


तराई मधेस खानेपानी आयोजना अलपत्र

साउन १०, नवलपरासी । तराई-मधेस खानेपानी सुधार कार्यक्रमअन्तर्गत नवलपरासीमा परेका आयोजनाहरु अलपत्र परेका छन् । तराईवासीलाई आर्सेनिकमुक्त खानेपानी वितरण गर्न खानेपानी तथा ढल निकास विभागबाट सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत नवलपरासीमा पाँचवटा खानेपानी आयोजना निर्माणका क्रममा रहेको छ । परासी क्षेत्रको सरावल गाउँपालिकाको तिलकपुर र बडसारेमा गरी २ वटा आयोजना, बर्दघाट, सुनवल र सुस्ता गाउँपालिकामा एउटा आयोजना निर्माण हुँदैछन् । ती आयोजनाको बोरिङ काम सम्पन्न भएको खानेपानी तथा डिभिजन सहकारी कार्यालय नवलपरासीका इञ्जिनियर शेषकान्त पाण्डेले बताए । तर स्थानीय तहको पुनः संरचनासँगै खानेपानी तथा डिभिजन सहकारी कार्यालय स्थानीय तहमा जानेकी जिल्लाबाटै खानेपानीको काम अगाडि बढाउने निश्चित नभएपछि अहिले ती आयोजनाहरुको काम ठप्पपूरा पढ्नुहोस्


मार्क्सवादमा आधारित पहिलो समाजवादी क्रान्ति गर्ने

लेनिन जसले विश्व हल्लाए

(यो वर्ष २०१७ ले रुसमा भएको विश्वको पहिलो समाजवादी क्रान्तिको शतवार्षिकी मान्दैछ । अर्थात् सन् १९१७ मा भएको रुसी क्रान्तिले एक सय वर्ष पार गर्दैछ । त्यस क्रान्तिको नेतृत्व महान लेनिनले गरेका थिए । मार्क्सवादमा आधारित भई गरिएको त्यस क्रान्ति नै बीसौं शताब्दीभर चलेको विश्वभरको मार्क्सवादी आन्दोलनको प्रेरक घटना र पथप्रदर्शक बन्यो । समाजवादी क्रान्तिको शतवार्षिकीको सन्दर्भमा यहाँ उनै महान लेनिनको जीवनी संक्षिप्त रुपमा प्रकाशित गरिन्छ । – सम्पादक) “कुनै मुलुकको साँस्कृतिक स्तर कस्तो छ भन्ने कुराको अनुमान लगाउन त्यहाँको पुस्तकालय हेरे पुग्छ ।” यो भनाइ विश्वमा प्रथम पटक समाजवादी क्रान्तिको नेतृत्व गरी सफलता हासिल गर्ने महान लेनिनको हो ।पूरा पढ्नुहोस्


चाँगु र भक्तपुर नगरपालिका जोड्ने गोसं पुलको उद्घाटन

साउन १०, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आज भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका (साविकको सुडाल गाविस) जोड्ने नव निर्मित गोसं पुल उद्घाटन गरेका छन् ।  उनले स्थानीय निकाय र जनताको सक्रियतामा विकास कार्यलाई तीव्रता दिनसके काम सफल हुने बताए ।  नेपाल सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग एकाइको प्राविधिक सहयोगका साथै भक्तपुर जिल्ला समन्वय समिति र स्थानीय जनताको संयुक्त पहलमा कुल रु. १ करोड २४ लाख १ हजार ८३३ को लागतमा १०.६ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पुल निर्माण भएको स्थानीय विकास अधिकारी ध्रुबबहादुर कोइरालाले जानकारी दिए । वि.सं. २०७३ मा भण्डारी थुतुङपूरा पढ्नुहोस्


भक्तपुरको रानीपोखरी न्हू पुखुः संरक्षणको अभावमा लोप हुने अवस्थामा

लक्ष्मी गारु साउन १०, भक्तपुर । ऐतिहासिक महत्व बोकेका भक्तपुरको रानीपोखरी संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । मल्लकालमा पोखरीको देशले समेत परिचित भक्तपुरको प्राचीन ऐतिहासिक महत्व बोकेका पुतली बगैँचासहितको रानीपोखरीको संरक्षण नहुँदा सो पोखरीको अस्तित्व संकटमा परेको हो । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको सो रानीपोखरी संरक्षणको अभावमा कुरुप बन्दै गएको छ । वि.सं. २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत नियन्त्रणमा लिएका थिए । पछि सो स्थानमा सेनाले विद्यालय सञ्चालन गरेका छन् । सर्वसाधारणलाई प्रवेश गर्न बन्देज लगाएपछि अहिले रानीपोखरी आम मानिसको मानसपटलबाट समेत हराउन थालेको छ ।पूरा पढ्नुहोस्


भारत हुँदै तेस्रो मुलुक लगिँदै गरेका २४ युवतीको उद्धार

  साउन १०, गुलरिया (बर्दिया) । भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ । वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । “बर्दियाका ४ वटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ,” बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भने, “भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । सुरक्षाकर्मी राखिएका मार्गहरु दलालले प्रयोग गर्दैनन् ।” विगत ६ महिनाको अवधिमा बर्दियाका ती संवेदनशील नाकाबाट २४ जना युवतीको उद्धारपूरा पढ्नुहोस्


विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावानी

  साउन १०, बेइजिङ । भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चेतावनी चीनले दिएको छ । चीनले भनेको छ, ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ ।’ चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा गएको महिनादिन भन्दा लामो समयदेखि सो विवाद रही आएको छ । सो विवादका कारण उक्त क्षेत्रमा चीनले निर्माण गर्न लागेको सडक पनि स्थगित भएको छ । चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ । भारतले सो सडक निर्माणको कार्य रोक्नु भनेको छ । तर चीनले उक्त क्षेत्रमा जारीपूरा पढ्नुहोस्


पूर्ण बैठकबाट सर्वोच्च अदालतको नियमावली २०७४ पारित

  साउन १०, काठमाडौँ । सर्वोच्च अदालतको हिजोको पूर्ण बैठकले सर्वोच्च अदालत नियमावली २०७४ पारित गरेको छ । बैठकले २०४९ को नियमावलीलाई खारेज गर्दै नियमावली २०७४ पारित गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । उपाध्यायले जारी गरेको प्रेस विज्ञप्तिमा सो नियमावली नेपाल राजपत्रमा सूचना प्रकाशन भएपछि लागू हुने उल्लेख छ । नियमावलीमा व्यवस्था गरिएको नयाँ प्रावधानमा सर्वोच्च अदालतको नियमित कार्यका अतिरिक्त अन्य समय र अदालत बन्द रहने वा सार्वजनिक बिदाका दिनमा समेत खुला रहने गरी वा इजलास लाग्ने गरी प्रधानन्यायाधीशले तोक्न सक्ने व्यवस्था छ । यस्तै अदालतको काम शुक्रबार अपराह्न ४ बजेसम्म हुने व्यवस्था, मुद्दा पेसी, सूचीको प्राथमिकतापूरा पढ्नुहोस्


डा. केसी फेरि आमरण अनशनमा, ११ औँ पटक

साउन १०, काठमाडौँ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) त्रिवि शिक्षण अस्पतालका चिकित्सक प्रा. डा. गोविन्द केसीले ११ औँ पटक आमरण अनशन सुरु गरेका छन् । प्रा. डा. केसीले चिकित्सा शिक्षा ऐन छिटो ल्याउनुपर्ने र संस्थानमा तत्काल सहायक डिन नियुक्त गर्नुपर्ने प्रमुख माग राख्दै अनशन सुरु गरेका हुन् । शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन सुरु गरेका प्रा. डा. केसीले यसअघि गरेका सम्झौता कार्यान्वयन गर्न सरकारलाई असार ३१ गतेसम्मको समयावधि दिएका छन् । अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, “पटक-पटक आश्वासन दिए पनि माग पूरा भएनन्, सत्याग्रह सुरु गर्न बाध्य भएँ ।” उनी संसद्मा रहेको चिकित्सा शिक्षा ऐन चाँडोपूरा पढ्नुहोस्