Main Menu

September, 2018

 

तेजाब आक्रमणबाट घाइते सम्झनाको मृत्यु

असोज ८, काठमाडौँ तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारका क्रममा गएराति ११ः३० बजे मृत्यु भएको छ । कीर्तिपुर अस्पतालमा उपचारकै क्रममा दासको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । रौतहट चन्द्रपुर नगरपालिका–६ जादवलाल दासका दुई छोरी सम्झना र सुस्मिता दासमाथि गत भदौ २६ गते राति एशिड आक्रमण भएको थियो । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै करीब ५० वर्षीय स्थानीयवासी रामबाबु पासवानले उनीहरुमाथि राति घरमा सुतिरहेको बेला एशिड प्रहार गरेका थिए । तेजाबले सम्झनाको अनुहारसहित शरीरको अधिकांश भाग जलेको थियो । उनकी बहिनी सुस्मिताको अवस्था भने खतरामुक्त छ । सुस्मिताको कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सककापूरा पढ्नुहोस्


डेरी उद्योगबाट तीस हजार युवालाई रोजगारी

असोज ८, पाल्पा डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा रोजगारी पाउनेको सङ्ख्या बर्सेनी बढेको हो । पछिल्ला वर्ष विदेशबाट फर्केका र शिक्षित युवाको पशुपालन पेशामा आकर्षण बढेपछि डेरी उद्योग फस्टाएको छ । डेरी उद्योग फस्टाउँदा उपभोक्ताले घरघरमा दूध पाउन थालेका हुन् । नेपाल डेरी एशोसिएशन केन्द्रीय समितिका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा डेरी उद्योगमा लगानी बढ्दा बेरोजगार युवाले डेरीबाट रोजगार पाउन सफल भएको बताउनुभयो । डेरी उद्योगको विकासका लागि २० अर्बभन्दा बढी लगानी रहेको रपूरा पढ्नुहोस्


चप्पल उद्योगमा श्रम शोषण

असोज ८, विराटनगर मोरङको बूढीगङ्गा गाउँपालिका बाँसबारीमा रहेको ‘हाइलाइफ’ चप्पल उद्योगले श्रमिकको श्रम शोषण गरेको पाइएको छ । श्रम कार्यालय विराटनगर र मजदुरको हकहितका लागि कार्यरत चार वटा ट्रेड युनियनले आइतबार गरेको अनुगमनमा उद्योगले त्यहाँ कार्यरत श्रमिकलाई श्रम सम्झौताबिना कार्य गराएको पाइएको छ । बूढीगङ्गा–३ मा रहेको उक्त उद्योगमा दुई सय मजदुर कार्यरत रहेकामा वर्षौंदेखि श्रम शोषण गर्दै आएको अनुगमनका क्रममा फेला परेको हो । उद्योगमा अनुगमन टोली आउने सूचना प्राप्त भएपछि उद्योगका व्यवस्थापक कौशल मण्डलले श्रमिकलाई एउटा कोठामा थुनेर राखेको थिए । श्रम शोषण गरेको पोल खुल्ने डरले करीब ५० जनाभन्दा बढी श्रमिकलाई एउटा कोठामा थुनेर राखेको अनुगमन टोलीकापूरा पढ्नुहोस्


पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन शुरु

असोज ८, ललितपुर सबै नगरवासीलाई खानेपानी पुर्याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । यहाँ हिउँदमा पानीको समस्या बढ्ने गरेको छ । चापागाउँ, डुकुछापमा डिप बोरिङ गर्ने योजना रहेको उहाँले बताउनुभयो । कोनाखोला र गोदावरीखोलामा अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “विस्तृत योजना प्रतिवेदन तयार भइरहेको छ, त्यसको नतिजाका आधारमा काम हुनेछ ।” नगरपालिकाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सँगको सहकार्यमा पानीको व्यवस्थापन शुरु गरेको हो । त्यसका लागि बजेटसमेत विनियोजन भएको छ । कोनाखोलामा ड्याम निर्माणका लागि सम्भाव्यतापूरा पढ्नुहोस्


नेपालले हासिल गरेका उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यकः मन्त्री ज्ञवाली

असोज ८, न्युयोर्क परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न, जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र संयुक्त राष्ट्र सङ्घलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको ७३औँ अधिवेशनलाई उपयोग गर्ने उद्देश्य नेपाल सरकारले राखेको बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आइपुग्नुभएको छ र उहाँको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी हुनुहुन्छ । सोही अवसरमा न्युयोर्कमा नेपाल टेलिभिजन र राससले सोधेका केही प्रश्नको उत्तरमा मन्त्री ज्ञवालीले उक्त कुरा बताउनुभएको हो । उहाँले नेपालमा निकै लामो सङ्घर्षपछि प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानपूरा पढ्नुहोस्


बेनी–जोमसोम सडक खुल्यो

असोज ८, म्याग्दी म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दश दिनपछि सञ्चालनमा आएको छ । म्याग्दी र मुस्ताङको सिमाना क्षेत्रमा पर्ने काभ्रे भिरमा पहिरोले बगाएको सडक मर्मत गरेपछि ७६ किलोमिटर दूरीको सडकमा आइतबार साँझदेखि सिधा सवारी सञ्चालन हुन थालेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । राहुघाट, रुप्से, घाँसा, लेते र काभ्रे भिरमा पहिरो तथा नदी कटानका कारण भदौ २७ गतेदेखि सडक अवरुद्ध भएको थियो । आयोजना प्रमुख सुवेदीका अनुसार नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ र आयोजनाका निर्माण कम्पनीका एक्साभेटर परिचालन गरेर पहिरोले सडक बगाएको ठाउँमा नयाँ ट्र्याक निर्माण गरिएको हो । सडक सञ्चालनमापूरा पढ्नुहोस्


विमानस्थल निर्माणमा ७७ करोडको योजना

असोज ८, प्यूठान प्यूठानमा निर्माण हुन लागेको स्वर्गद्वारी (चाल्नेटार) विमानस्थल निर्माणका लागि रु ७७ करोड लाग्ने योजना सार्वजनिक गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको प्रस्तावमा परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रालिले वातावरण प्रभाव मूल्याङ्कन गरी यसबारे स्थानीयवासीलाई जानकारी गराएको हो । स्वर्गद्वारी आन्तरिक विमानस्थलको आयोजनाको वातावरणीय प्रमाव मूल्याङ्कन अध्ययनसहित कूल बजेटबारे सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । स्वर्गद्वारी नगरपालिकाको बर्जिवाङ चाल्नेटारमा निर्माण हुन लागेको विमानस्थल करीब ६०.७९ हेक्टर क्षेत्रफल ओगटेको छ । आयोजना निर्माणले चाल्नेटारका १२ र माथिल्लो दमारका दुई गरी १४ घरधुरीमा प्रभाव पर्नेसहित १३ घरधुरीका १०७ जना विस्थापित हुनुपर्ने मूल्याङ्कनमा समेटिएको छ । आयोजना निर्माणका क्रममा ५५.१८ हेक्टरपूरा पढ्नुहोस्


कम्पोष्ट मल बनाउने केन्द्र उद्घाटन

असोज ८, भक्तपुर प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले हिजो मध्यपुरथिमि नगरपालिकाले उत्पादन गरेको जापानीज प्रविधिबाट फोहोर व्यवस्थापन गरी कम्पोष्ट मल बनाउने केन्द्रको उद्घाटन गर्नुभएको छ । मध्यपुरथिमि वडा नं ४ विष्णु कुण्डलमा निर्माण भएको केन्द्रको हिजो उहाँले उद्घाटन गर्दै यसलाई नमूनाको रुपमा विकास गर्ने बताउनुभयो । थिमिको एउटा वडाबाट शुरु गरेको भए पनि यो परियोजना सफल भएसँगै प्रदेशका सबै स्थानीय तहमा सञ्चालन गरी प्रदेश नं ३ लाई अर्गानिक कृषि फार्मका रुपमा विकास गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रासायनिक मलको अभाव भइरहने र यसले क्षणिक उत्पादन बढाए पनि माटो क्षयीकरण गर्दै लामो समय असर पार्ने भएकाले प्रत्येक वडामापूरा पढ्नुहोस्


प्लास्टिक घरभित्र तरकारी खेती

असोज ७, बलेवा कुलतमा लागेका युवाका लागि सुधार गृहका रुपमा स्थापना गरिएको पुनःस्थापना केन्द्र बागलुङले प्लास्टिक घरभित्र तरकारी खेती गर्न शुरु गरेको छ । कुलतबाट छुटाउन युवालाई कृषि कर्ममा लगाउने उद्देश्यले सो प्लास्टिक घर निर्माण गरिएको हो । कृषि उत्पादनमा अब्बल मानिएका मुलुकमा प्रयोग गरिँदै आएको अत्याधुनिक पलास्टिक घर प्रविधि पुनःस्थापना केन्द्रले भित्र्याएको हो । जापानमा कार्यरत बागलुङका राजन भारी र सिन्धुपाल्चोकका मिङमार शेर्पाले रु सात लाखको लागतमा प्लास्टिक घर निर्माण गरेका हुन् । युवालाई कुलतमा फस्न नदिई सुधारको काममा सक्रिय गराउन पुनःस्थापना केन्द्रमा दुई प्लाष्टिक घर निर्माण गरिएको छ । यस प्रविधिबाट बेमौसमी बन्दागोभी, काउली, गाजर, साग तथा गोलभेँडापूरा पढ्नुहोस्


दाङमा २,६८४ हेक्टर वन क्षेत्र अतिक्रमित

असोज ७, घोराही भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र अतिक्रमण गरेर सयौं घर बनेको देख्नुभएका उहाँमा त्यस्ता घर र अतिक्रमणमा परेका जग्गा कसरी फिर्ता गर्ने चिन्ता थपिएको छ । वनको जग्गामा लामो समयदेखि बस्दैआएकालाई हटाउन मश्किल हुने भएकाले सरकारी पक्षबाटै केही पहल भइदिए हुन्थ्यो भन्ने उहाँ ठान्नुहुन्छ । दाङ जिल्लाका अधिकाँश वन क्षेत्र अतिक्रमणको चपेटामा परेका छन् । जिल्लाको अधिकाँश भूभाग समथर छ । त्यही समथर भूभागमा रहेका वनहरु अतिक्रमणमा परेका हुन् । बीसौं वर्ष अगाडिदेखि जिल्लामा रहेका वनहरु अतिक्रमण हुँदैआएका छन् ।पूरा पढ्नुहोस्