Main Menu

चाँगु र भक्तपुर नगरपालिका जोड्ने गोसं पुलको उद्घाटन

bhaktapur-changu-bridge-inauguratedसाउन १०, भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले आज भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका (साविकको सुडाल गाविस) जोड्ने नव निर्मित गोसं पुल उद्घाटन गरेका छन् । 

उनले स्थानीय निकाय र जनताको सक्रियतामा विकास कार्यलाई तीव्रता दिनसके काम सफल हुने बताए । 

नेपाल सरकारको आर्थिक सहयोग र स्थानीय सडक पुल सहयोग एकाइको प्राविधिक सहयोगका साथै भक्तपुर जिल्ला समन्वय समिति र स्थानीय जनताको संयुक्त पहलमा कुल रु. १ करोड २४ लाख १ हजार ८३३ को लागतमा १०.६ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पुल निर्माण भएको स्थानीय विकास अधिकारी ध्रुबबहादुर कोइरालाले जानकारी दिए ।

वि.सं. २०७३ मा भण्डारी थुतुङ एण्ड श्यामबाबु जेभी कम्पनीले उक्त पुल बनाउने सम्झौता गरेर रु. १२ लाखको पहिलो किस्ता पुल भत्काउने काम गरे पनि पुल बनाउने काम नगरेपछि स्थानीयको सहयोगमा पुल निर्माण गरिएको हो ।

जिल्ला प्राविधिक कार्यालयकी इन्जिनियर सरिता उपाध्यायले रु. ९० लाखको काम भए पनि रु. १ करोड ६ लाखको रकम भुक्तानी भएको बताउँदै वातावरीय सुधार, खोलाको संरक्षणलगायतका १० प्रतिशत काम बाँकी रहेको बताइन् ।

काम गर्न नसकेकै आधारमा ठेकेदार कम्पनीलाई रु. ८ लाख ६१ हजार ९२८ जरिवाना तिराएसंगै जिल्ला समन्वय समितिले ठेक्का रकममै पुल निर्माण गर्ने गरी स्थानीय सुडाल रोड इँटा व्यवसायी समितिलगायतको सहयोगमा पुल निर्माण गरेको हो ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, स्थानीय विकास अधिकारी ध्रुव कोइराला, चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीलगायतले कुनै पनि विकासमा अब स्थानीय निकायले सहयोग र समन्वय गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पुल निर्माणमा सहयोग गर्ने व्यक्ति एवं संस्थालाई सम्मान गरिएको थियो ।

(Visited 225 times, 1 visits today)

टिप्पणी

comments