Main Menu

प्रविधि

प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय

भाद्र ४,  बैतडी शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ । गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको अध्यक्ष चक्र कार्कीले बताउनुभयो । हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली मावि दोली, श्रीकेदार मावि पिपलकोट गरी चार विद्यालयमा हाजिरी र इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । अन्य ६ विद्यालयमा विद्युतीय हाजिरी र इन्टरनेट जडानलाई निरन्तरता दिने भएको छ । बाँकी विद्यालयमा विद्युत्लगायतको समस्या भएकाले जडान गर्न नसकिएकोपूरा पढ्नुहोस्