Main Menu

दलित आन्दोलन

२ दलित पत्रकारलाई घर मालिकद्वारा घर निकाला

फागुन २३, काठमाडौँ दलित भएको कारण दर्शाएर दुई जना पत्रकारलाई घर मालिकले घरबाट निकालिदिएका छन् । इमेज च्यानलमा आबद्ध पत्रकार विक्रम सुनार र आर्थिक अभियानमा कार्यरत मिलन विश्वकर्मालाई काठमाडौँको थापागाउँस्थित घरका मालिक श्यामप्रसाद गौतम र श्रीमती कमला गौतमले दलित भन्दै भाडा दिइसकेको कोठा अरूलाई नै दिएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । “दुई कोठाको ११ हजार ५०० भनियो, कतै कोठा नपाएपछि हामी तिर्न पनि तयार भयौँ,” पत्रकार विश्कर्माले भने,  “भाडास्वरुप अग्रिम रु. २ हजार ५०० दिएका थियौँ । सर्ने दिनमा त अरू नै कोठामा बसिसकेको भेटियो । घर मालिक गौतम दम्पतीलाई सोध्दा दलितलाई बस्न दिँदैनौँ भन्दै उल्टै दुर्व्यवहार गरियो ।”पूरा पढ्नुहोस्