Main Menu

सम्पादकीय

सम्पादकीय

कार्ल मार्क्सको दुई सय वर्ष

कार्ल मार्क्स जन्मेको २ सय वर्ष भयो आजबाट । सन् १८१८ मे ५ मा जर्मनीको ट्रायर भन्ने स्थानमा जन्मेका उनी बिसौं शताब्दीका मात्र होइनन् मानव ज्ञानको ३ हजार वर्षको इतिहासमै सर्वाधिक चर्चाका व्यक्तित्व हुन् । हजारौं वर्षपहिले कविला समूहहरुको समाजबाट सुरु भएको मानव सभ्यता दास युगमा प्रवेश गर्नासाथ मानवले मानवलाई शोषण गर्ने प्रथा चल्न थाल्यो, जुन आजको अत्याधुनिक विज्ञान प्रविधि सहितको विकसित सभ्यता र समाजसम्म पनि चलिरहेको छ । मानव समाजभित्र दुःख, अन्याय, अत्याचार, हिंसा, युद्ध, पर्यावरणको विनाश आदि सबै खराब कुराहरुको स्रोत नै वर्ग समाज, वर्ग विभेद र वर्गीय शोषण हो । यो तथ्यलाई द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको दर्शन रपूरा पढ्नुहोस्