Main Menu

अन्तर्वार्ता

यो क्रान्तिमाथि प्रतिक्रान्ति हावी भइरहेको समय हो- शशीप्रकाश

१५ चैत, काठमाडौँ अग्लो कद, सेतै फुलेका दाह्री र जुँगा, सत्तरी कटेको शरीर तर पनि युवा जोशमै बोलिरहेका थिए, शशिप्रकाश । सोमबार ‘घनश्याम ढकाल स्मृति प्रतिष्ठान’ले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा समकालीन विश्व राजनीति र कम्युनिस्ट आन्दोलनबारे विचार राख्न आएका यी भारतीय कम्युनिस्ट नेताको धाराप्रवाह प्रवचनले सबैको ध्यान तानिरह्यो । चारु मजुमदारसँगै नक्सलबादी आन्दोलनमा लागेका उनी उक्त आन्दोलनबाट अलग्गिने पहिलो चरणका नेतामध्ये एक हुन् र उक्त आन्दोलनका कमजोरीको पहिलो आलोचक पनि । ‘कोयेकाफ पर संगीत साधना’ र ‘पतझढका स्थापत्य’ जस्ता कविता संग्रहमार्फत प्रगतिवादी कविको सूचीमा आफ्नो नाम दर्ता गराएका शशिप्रकाश मूलतः राजनीतिक चिन्तक हुन् । राजनीतिक अर्थशास्त्रमा विशेष दक्खल राख्ने उनलेपूरा पढ्नुहोस्