Main Menu

कला

अध्यारोबाट उज्यालोमा जाने चित्रकला “तमसोमा ज्योतिर्गमय“

असार २८, काठमाडौँ चित्रकार सन्ध्या रेग्मीको नवौ एकल चित्रकला प्रदर्शनी “तमसोमा ज्योतिर्गमय“ शीर्षकमा नेपाल कला परिषदमा प्रदर्शनी भइरहेको छ । यही असार २३ गतेदेखि शुरु भई असार २९ गतेसम्म चल्ने प्रदर्शनीमा ३३ वटा बत्ती, ॐ, गायत्री मन्त्र, महामृत्युजन्य मन्त्र लगायत यथार्थवादी, अमुर्त र अर्धमुर्त शैलीका चित्रहरु राखिएका छन् । कलाकार रेग्मीले ५ बर्षदेखि गरेको सिर्जना र मेहनतबाट निर्माण भएका ती चित्र अध्यात्मवादसँग सम्बन्धित छ भने समाजलाई अन्ध्यारोबाट उज्यालोतिर, असत्यबाट सत्यतिर, मृत्युबाट जीवनतिर लैजाने दार्शनिक मान्यतालाई चित्रले प्रतिविम्बित गरेको छ । इञ्जिनियरसमेत रहनुभएकी कलाकार रेग्मीले प्रत्येक चित्रको संरचना हेर्दा पहेलो, रातो, खैरो रंगको प्रयोग राम्रोसँग गणितको हरहिसावलाई व्यवस्थापन गरेको पाइन्छ ।पूरा पढ्नुहोस्