Main Menu

खेलकुद

फुटबल एकेडेमी बनाइने

असोज ५, कास्की अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यहाँ प्रदेशस्तरीय फुटबल एकेडेमी निर्माणमा चासो दिएको छ । उक्त कार्यका लागि युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्मासहित एन्फा पदाधिकारीको टोलीले पोखरा महानगरपालिका–१५ को तल्लो भाग र माछापुच्छ्रे गाउँपालिकाको वडा नं ६ भेडाबारीस्थित सरकारी जग्गा बिहीबार निरीक्षण गर्नुभएको थियो । निरीक्षणका क्रममा मन्त्री विश्वकर्माले सडक पूर्वाधारको पहुँच र माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भेडाबारीमा एकेडेमी बन्ने सम्भावना देखिएको बताउनुभयो । लगभग रु १० करोडको लागतमा निर्माण हुने एकेडेमीमा १४, १६ र १८ गरी तीन उमेर समूहका ९० किशोरका लागि खाने, बस्ने, कार्यालय भवन र अभ्यास मैदान निर्माण गर्ने तयारी भएको एन्फाकापूरा पढ्नुहोस्