Main Menu

नीति / संस्कृति

१३ दिनको काजक्रिया ५ दिनमा सिध्याउने क्रम बढ्दै

फागुन १६, काठमाडौँ परम्परादेखि १३ दिनसम्म गरिँदै आएको मृत्युसंस्कार ५ दिनमा सिध्याउने क्रम बढ्न थालेको छ । फागुन ११ गते शुक्रबार ८७ वर्षीय आमा राधादेवी कार्कीको निधन भएपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले १५ गते मंगलबार ५ दिनमै काजक्रिया सके । ओखलढुंगाको माम्खाली गाउँका मुडुला कार्की समाजको सचिवसमेत रहेका उनी ८८ वर्षीय पिता पनि ५ दिनमै क्रिया सक्न सहमत भएकाले सजिलो भएको बताउँछन् । ५ दिनमा काम सक्न तीनै जना दाजुभाइसमेत राजी भएका थिए । “मानिसको आयु बढेर क्रिया बस्नेको उमेर पनि धेरै हुने गरेको छ । बढी उमेरका मानिसलाई विभिन्न रोगले समात्छ । यसैले धर्मको मर्म नमासिने गरी संस्कारलाईपूरा पढ्नुहोस्