Main Menu

ती दिन

म किन राजनीतिमा लागेँ ? कसरी लागेँ ? र कहिलेदेखि लागेँ ?

राणा शासनको अन्तिम दशकको पहिलो र दोस्रो वर्षको, अर्थात् वि.सं.१९९७/९८ सालतिरको कुरा हो । नेपालमा राणाहरुको फौजी शासन (Oligarchic rule) चलिरहेको थियो र हालका भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका आदि मुलुकहरु समाहित दक्षिण एशियाली उपमहाद्वीपमा औपनिवेशिक राज गरिरहेको अंग्रेज साम्रााज्यवादले सन् १८१४ मा एक्कासी नेपालमाथि लाखौंको सेनाले आक्रमण गरेबाट शुरु भएको नेपाल र बृटिश–भारत बीचको युद्धको परिणामस्वप सन् १८१६ मा सुगौली सन्धि भएदेखि सुतेको नेपाल मस्त निद्रामै थियो र ब्युँझिसकेको थिएन । राणाहरु सिङ्गो नेपाललाई आफ्नो निजी बिर्ता ठान्दथे र नेपाली जनतालाई रैती सरह व्यवहार गर्दथे । नेपाली जनतालाई राजनैतिक अधिकारहरुबाट मात्रै होइन, सामान्य नागरिक अधिकारहरुबाट समेत बञ्चित गरिएका थिएपूरा पढ्नुहोस्