Main Menu

Uncategorized

देशलाई विखण्डित गर्नेहरुसँग सजगता अपनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

माघ ९, सिराहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई नै विखण्डित गर्ने स्वरहरु मधेशमा सुनिन थालेकोले त्यसको प्रतिवाद गर्न सबैले आआफ्नो ठाउँबाट जुट्नुपर्ने धारणा राखेका छन् । माओवादी केन्द्रका कार्यालय सदस्य एवम् पूर्वमन्त्री विश्वनाथ साहकी आमा सागरदेवी साहको निधनको १३ औं पूण्यतिथिको अवसरमा आज सिरहाको गोलबजारमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संविधान संशोधनले मधेश, पहाड र हिमाल सबैको समस्या समाधान गर्ने भएकोले शान्ति नचाहनेहरुले संविधान संशोधन प्रक्रियालाई भाँड्न खोजेको आरोप लगाए । उनले मधेशलाई देशबाटै टुक्र्याउन खोज्ने खालको अभिव्यक्ति दिनेहरु मधेशको बैरी भएकोले उनीहरुलाई सचेततापूर्ण तरिकाले तह लगाउनुपर्ने बिचार ब्यक्त गरे । प्रधानमन्त्रीपूरा पढ्नुहोस्