Main Menu

May, 2016

 

माओवादी अन्तर्कृयामा एकतामै जोड

जेठ १, काठमाडौं । हिजो वैशाख ३० गते राजधानीको राष्ट्रिय सभागृहमा सम्पन्न एक सार्वजनिक अन्तर्कृया कार्यक्रममा सहभागी पाँचवटा माओवादी घटकहरुमध्ये चारवटाले तत्काल पार्टी एकतामै जोड दिएका छन् । ‘वृहद शान्ति सम्झौता र द्वन्द्वकालीन मुद्दाहरु’ विषयक उक्त कार्यक्रममा माओवादी पार्टी फुटेर विगतमा बनेका घटकहरु प्रचण्ड नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), मातृका यादव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादी र मणी थापा नेतृत्वको क्रान्तिकारी माओवादी कम्युनिस्ट पार्टीका शीर्षष्ठ नेताहरुको सहभागिता रहेको थियो । त्यस्तै केही समयअगाडि मात्र एकीकृत नेकपा माओवादीबाट फुटेर बनाइएको पूर्व प्रधानमन्त्री वावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीका नेताको पनिपूरा पढ्नुहोस्


सांस्कृतिक क्रान्तिको ५० वर्षपछि

गएको अप्रिल २१ मा हङकङबाट निस्कने चर्चित अंग्रेजी पत्रिका साउथ चाइना मर्निङ पोस्टले आफ्नो अनलाइन संस्करणमा एउटा छोटो समाचार छापेको थियो, जसको शीर्षक थियो : सांस्कृतिक क्रान्ति समूहका अन्तिम सदस्य छि वेन युको ८५ वर्षको उमेरमा निधन । चिनियाँ कम्युनिस्ट पार्टी र राजनीतिमा चासो राख्ने विद्यार्थीका नाताले पंक्तिकारलाई उक्त समाचारले आकर्षित गर्‍यो । सांघाईमा आफ्ना अन्तिम वर्ष बिताइरहेका छि वेन युको मृत्युले चीनमा कम्युनिस्ट शासनका अत्यन्त खराब वर्षबारे फेरि एकपटक चर्चा उठायो । माओका प्रचार सचिव रहेका र सांस्कृतिक क्रान्तिकालमा राजनीतिक प्रोपोगान्डाको काम गरेका छिले पछिल्लो समयसम्म पनि त्यसको बचाउ गरिरहे, अझै सांस्कृतिक क्रान्तिको आवश्यकता रहेको बताइरहे । चिनियाँ कम्युनिस्टपूरा पढ्नुहोस्


श्यामप्रसादलाई नागरिक अभिनन्दन

बैशाख ३०, काठमाडाैं । वरिष्ठ लेखक तथा नेपाली पत्रकारिता तथा साहित्यिक पत्रकारितामा लामो योगदान पुर्याएका श्यामप्रसाद शर्मालाई हिजो काठमाण्डौंमा आयोजित एक कार्यक्रममा वृहद् सहभागितामा नागरिक अभिनन्दन गरियो । ‘श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समिति’ को आयोजनामा गरिएको सो कार्यक्रममा ७४ वटा संस्थाहरुले उनलाई अभिनन्दनपत्र प्रदान गरेका थिए । प्रगतिशील लेखक सङ्घ, नेपाली लेखक सङ्घ, पारिजात स्मृति प्रतिष्ठान, मदन भण्डारी कला साहित्य फाउन्डेसन, साहित्य सन्ध्या, राष्ट्रिय जनसांंस्कृतिक महासङ्घ, एकीकृत अखिल नेपाल जनसांस्कृति महासङ्घ, रमेश विकल साहित्य प्रतिष्ठान, नागार्जुन साहित्यिक प्रतिष्ठान आदिले उनलाई सम्मान अर्पण गरेका थिए । साहित्य सिर्जनामा विगत छ दशकभन्दा ज्यादा समय सक्रिय श्यामप्रसाद लगातार सिर्जना र समाज रुपान्तरणकारी विचारकोपूरा पढ्नुहोस्


जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न

महासङ्घद्वारा समाजवादी सांस्कृतिक नीति पारित

वैशाख २९, काठमाडौं । नेपाली प्रगतिवादी सांस्कृतिक क्षेत्रमा पहिलो पटक समाजवादी सांस्कृतिक नीति बहसमा आएको छ । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँचौ राष्ट्रिय सम्मेलनले आफ्नो मूल नीतिका रुपमा समाजवादी सांस्कृतिक आन्दोलनको कार्यदिशा अबलम्बन गर्ने भएको छ । वैशाख २४ र २५ गते राजधानीमा भएको सम्मेलनले नेपाली जनवादी सांस्कृतिक आन्दोलनको इतिहास तथा वर्तमानको समीक्षा र संश्लेषण गर्दै आगामी कार्यदिशाका रुपमा समाजवादी नीति अँगाल्ने निर्णय गरेको हो । वि.सं. २००६ सालमा नेपालमा औपचारिक रुपमा कम्युनिस्ट पार्टी स्थापना भएदेखि नेपाली वामपन्थी कला साहित्य क्षेत्रले जनवादी कार्यदिशा लिँदै आएको थियो । जनवादी अर्थात् लोकतान्त्रिक संस्कृतिका पक्षमा क्रियाशील संस्कृतिकर्मीलाई जनवादी संस्कृतिकर्मी भन्ने प्रचलन छपूरा पढ्नुहोस्


मूल्याङ्कनको प्रिन्ट संस्करण पुनः प्रकाशन

बैशाख २९, काठमाडाैं । मूल्याङ्कनको प्रिन्ट संस्करणको नयाँ अङ्क २१३ बजारमा अाइपुग्यो । देशमा गणतन्त्र प्राप्तिपछि विकसित नयाँ परिस्थितिलाई सम्वोधन गर्नका निम्ति तयारी गर्न केही समयका लागि मूल्याङ्कन प्रकाशन गृहका दुबै मासिकहरु मूल्याङ्कन र नवयुवाको प्रकाशन स्थगित गरिएको थियो । अब भने दुबै प्रकाशनहरु नियमित प्रकाशित हुने मूल्याङ्कन प्रकाशन गृहले जनाएको छ । प्रकाशित मूल्याङ्कनको नयाँ अङ्कमा घटना र प्रवृत्ति, चिन्तन-मन्थन, कला, साहित्य, दलित अान्दाेलन, दर्शन, महिला, अन्तर्वार्ता, वि‍‌ग्यान, विश्वग्राम, बिचारजस्ता महत्वपूर्ण स्तम्भहरु रहेका छन् ।


सरकार परिवर्तनको सन्दर्भमा झलक सुवेदीको विश्लेषण

प्रचण्ड प्रयत्नको कठिनाइ

भारतीय विदेश–सचिव एस जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको दूतका रूपमा संविधान जारी हुनु दुई दिनअघिको साँझ काठमाडौं ओर्ले । उनले सीधै बालकोट पुगेर ओलीलाई अलिअलि धम्की र अलिअलि लोभको भाकामा संविधान घोषणाको काम तत्कालका लागि रोक्न दबाब दिए । ओलीले टेरेनन् । तत्काल उनी लाजिम्पाट आए र एमाओवादी नेतालाई भेटे । भेटका क्रममा जयन्तप्रसादले प्रचण्डलगायतलाई जे–जस्तो धम्की दिए, त्यो सामान्य कूटनीतिको शिष्टाचारमा पनि अस्वीकार्य तहको थियो । उनले १२ बुँदे यताको यात्रामा आफूहरूले माओवादीलाई सशस्त्र शक्तिबाट शान्तिपूर्ण राजनीतिमा आउन सहयोग नगरेको भए तिमीहरू जंगलमै सकिन्थ्यौ भन्दै अहिले संविधान जारी गर्न नरोके देखाइदिने धम्की दिए । त्यसको केही दिनअघि मात्र भारतीय राजदूतपूरा पढ्नुहोस्