Main Menu

दर्शन

दर्शन

न्याय दर्शनका अगाडि तेर्सिएका ज्ञानका समस्याहरु

समिर सिंह ज्ञान के हो ? सही ज्ञान कसरी प्राप्त हुन सक्दछ ? ज्ञान सही छ या गलत, त्यो जाँच्ने कसौटी के हो ? यी प्रश्नहरु समाधान गर्न दार्शनिकहरु विभिन्न प्रकारले प्रयासरत छन् । प्राचीनकालका दार्शनिकहरुदेखि लिएर आधुनिक दार्शनिकहरुसम्म एउटा निश्चित मापदण्डका आधारमा अथवा एउटा निश्चित तत्वमीमांसीय दृष्टिकोण (पदार्थ अथवा चेतनालाई प्राथमिकता दिँदै तयार भएको दृष्टिकोण)का आधारमा ज्ञानमीमांसा (ज्ञानको सिद्धान्त)को गहिराइसम्म पुग्ने प्रयास गर्दै आइरहेका छन् । आदर्शवादीहरु, चेतना अथवा ईश्वरलाई प्रमुखता दिँदै ज्ञानका समस्याहरु समाधान गर्न प्रयासरत रहे भने भौतिकवादीहरु, पदार्थलाई प्राथमिकता दिँदै । न्याय दर्शन पनि यस प्रकारको बहसबाट पछाडि हटेन । निश्चित मापदण्ड अर्थात् पदार्थ नै प्रमुखपूरा पढ्नुहोस्