Main Menu

दर्शन/संस्कृति

सम्पादकीय

नेपालीको चाड आमा दिवस

नेपालमा जैविक विविधता जति छ त्यति नै सामाजिक र सांस्कृतिक विविधता पनि । हिमालदेखि तराईसम्मको भौगोलिकता भएको कारणले यहाँ पृथ्वीको ध्रुवीय चिसो मौसमदेखि भूमध्यरेखीय उष्ण मौसमसम्मको विविध पर्यावरण भेटिन्छ । वर्षभरि बाक्लो लुगा लगाउनुपर्ने अवस्थाका जनतादेखि गर्मीमा लगभग लुगा लगाउनै नपर्ने अवस्थाका जनतासम्मका नेपालीहरु छन् । हिमाली क्षेत्रका हिउँ चितुवादेखि तराईका जङ्गलमा विश्वकै दुर्लभ एक सिङ्गे गैंडासम्मका जनावरहरु पाइने गरीको विविधता नेपालमा छ । त्यस्तै गरी उच्च लेक क्षेत्रमा पाइने यार्चागुम्बादेखि तराईका जङ्गलमा पाइने असङ्ख्य जडिबुटीलगायत साल, सिसौ आदि थरिथरिका रुख विरुवाहरु नेपालको बनस्पतीय विविधताको नमूना हो । ६० भन्दा बढी आदिवासी जनजातिहरु, अझै कविला अवस्थामा रहेका राउते र चेपाङपूरा पढ्नुहोस्