Main Menu

बहुलवाद के हो ? के होइन ?

बहुलवाद भनेको के हो ?
बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्वबाट होइन, बहुतत्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ ।

बहुलवाद प्राचीन भारतीय दर्शन र साथै, प्राचीन युनानी दर्शनमा पनि पाइन्छ । भारतीय जैन दर्शनमा अनेकान्तवादको जुन सिद्धान्त छ त्यो बहुलवाद नै हो । प्रारम्भिक भौतिकवादमा पनि पृथ्वी, जल, तेज, हावा वा परमाणुहरू जस्ता विभिन्न भौतिक तत्वहरूबाट संसार बन्यो भन्ने सिद्धान्तमा बहुलवादका केही लक्षणहरू पाइन्छन् । त्यस्तै, प्रारम्भिक आदर्शवादमा बहु–ईश्वरको चर्चा गरिएको पाइन्छ । यो प्राचीनकालीन बहुलवादको कुरा भयो । आधुनिक कालमा भने बहुलवादको जन्म सर्वप्रथम जर्मनीमा भएको पाइन्छ । सत्रौं शताब्दीको अन्त्य र १८औं शताब्दीको प्रारम्भतिरका जर्मन बुद्धिवादी दार्शनिक लाइबनित्जले संसार चेतनामय बहुतत्वबाट बनेको छ भनेका थिए । पछि आएर बहुलवादी दर्शनलाई विकसित गर्ने काम अमेरिकी व्यवहारवादी दार्शनिक विलिमय जेम्सले गरेका छन् । बीसौं शताब्दीका सुरुमा उनले यो विश्व एकरूप (Universe) हैन, बहुरूप (Multiverse) छ भने । पछिल्लो समयमा बहुलवादी दर्शन इ¨ल्याण्ड लगायत विश्वका विभिन्न देशमा फैलियो र यसलाई बहुदलीय राजनीतिक व्यवस्थाको दार्शनिक आधारका रूपमा स्थापित गर्ने काम भयो । युरो–कम्युनिज्मको धाराले संसदीय व्यवस्था र बहुलवादलाई स्वीकार ग¥यो । अन्ततः बहुलवाद उत्तर–आधुनिकतावादी दर्शनको एक प्रमुख आधारशीला बन्न पुग्यो । हाम्रो नेपालमा पनि ठ्याक्कै त्यही युरो–कम्युनिज्म हदै एमालेले बहुलवादलाई अङ्गीकार ग¥यो र उत्तर–आधुनिकतावादको प्रवेशस“गै यहा“ पनि बहुलवाद बहसको विषय बन्न गएको छ ।

बहुलवादको दार्शनिक पक्ष
बहुलवादको दार्शनिक पक्षको कुरा गर्नुअघि हामीले दर्शनका तीन प्रमुख धाराबारे पनि चर्चा गर्नु आवश्यक छ, ती हुन्–अद्वैतवाद (Monism), द्वैतवाद (Dualism) र बहुलवाद (Pluralism) । अद्वैतवाद दुई प्रकारका छन्– आदर्शवादी अद्वैतवाद र द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद । हरेक दर्शनका विभिन्न पाटा वा क्षेत्र हुन्छन्, जस्तै– तत्वमीमांसा, ज्ञानमीमांसा, आचारमीमांसा आदि ।
तत्वमीमांसाले यो संसारको सृष्टि गर्ने तत्व एउटै छ कि धेरै भन्ने प्रश्नको उत्तर खोज्दछ । संसारको सृष्टि गर्ने तत्व एउटै छ भनेर मान्ने दर्शन सामान्यतया अद्वैतवाद हो । तर, त्यो एउटै तत्व के हो भन्नेमा यसमा पनि दुई मत छन् । त्यो तत्व परमचेतना, परमेश्वर वा चेतना हो भनेर मानियो भने त्यो आदर्शवादी अद्वैतवाद भयो । त्यो तत्व एउटै छ तर त्यो परमेश्वर वा चेतना होइन, भौतिक तत्व हो भनेर मानियो भने त्यो भौतिकवादी वा द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद हो । यी दुवै अद्वैतवाद अर्थात् मोनिज्म (Monism) भित्र पर्छन् । परन्तु, फरक के छ भने एउटाले एउटै तत्व अलौकिक शक्तिलाई मान्दछ, अर्कोले भौतिक शक्तिलाई मान्दछ । यो धेरै ठूलो भिन्नता हो । यसैगरी द्वैतवादले पदार्थ र चेतना दुवैलाई समानान्तर रूपमा प्राथमिक तत्व मान्दछ । बहुलवाद त्यो हो जसले बहुतत्वलाई प्राथमिक दर्जामा राख्दछ ।

तत्वदर्शनकै क्षेत्रमा बहुलवादीहरू भने विभिन्न किसिमका तत्वहरूले यो संसारको सृष्टि भयो भन्ने विश्वास गर्दछन् । यस सन्दर्भमा कसैले बहुदेवता, बहुचेतना, कसैले परमाणु बहुलता र कसैले पृथ्वी, जल, तेज, वायु, आकाश आदि बहुतत्वलाई प्राथमिक स्थानमा राख्ने गर्दछन् । तत्वदर्शनका क्षेत्रमा बहुलवादीहरू भौतिकवादी, आदर्शवादी र तटस्थतावादी तीनै प्रकारका रहेका छन् ।

तत्वमीमांसाको क्षेत्रमा देखापर्ने विवादलाई दर्शनशास्त्रको मौलिक प्रश्नको सैद्धान्तिक मान्यताका आधारमा विवेचना गर्न उपयुक्त हुन्छ । यो संसारको उत्पत्ति र विकासका लागि प्राथमिक तत्व चेतना वा पदार्थ मध्ये कुन हो ? यो प्रश्नको जवाफमा आदर्शवादले चेतना र भौतिकवादले पदार्थलाई प्रस्तुत गर्दछन् । यहा“नेर बहुलवादले उम्कने ठाउ“ नै पाउ“दैन । यो स्थितिमा बहुलवादीहरू तटस्थतावादी बन्दछन् र अन्ततः ती आदर्शवादको भासमा फ“स्न पुग्दछन् । बहुलवादीहरू एकातिर आदर्शवादी तथा भौतिकवादी दुवै प्रकारको अद्वैतवादको विरोध गर्दै संसारमा बहुलता व्याप्त छ भन्दछन् भने अर्कोतिर त्यसप्रकारको बहुलतालाई एकरूपतामा जोड्नका लागि ईश्वरको पनि खोजी गर्दछन् । यो बहुलवादीहरूमा विद्यमान आफ्नो तर्कलाई आफै खण्डन गर्ने वितण्डावादी चिन्तन हो ।

ज्ञानमीमांसाको क्षेत्रमा पनि बहुलवादीहरूले सत्यको बहुलता स्वीकार्छन् । आदर्शवादीहरूले सत्य सदाका लागि निरपेक्ष, अपरिवर्तनीय र एउटै हुन्छ भन्छन् । द्वन्द्वात्मक भौतिकवादीहरू एकातिर सत्यलाई मूर्त तथा समग्र रूपमा ग्रहण गर्दछन् भने अर्कोतिर सापेक्ष एवम् निरपेक्ष हुने कुरा मान्दछन् । तर, बहुलवादीहरूका दृष्टिमा सत्य पनि बहुल नै हुन्छ । उनीहरू सत्यलाई उपयोगितावादी कोणबाट हेर्दछन् । त्यस अनुसार सत्य हरेक व्यक्तिका हित र सफलतास“ग जोडिएका बहुविध प्रकारका हुने गर्दछन् । उनीहरू सामाजिक व्यवहारलाई सत्यको कसौटी मान्दैनन् ।
आचारमीमांसाको क्षेत्रमा बहुलवाद भनेको चरम व्यक्तिवाद र उपभोक्तावाद हो । यसले के कुरा मान्दछ भने हरेक समाजमा मानिस प्रकृतिजगत्का परमाणु जस्तै हुन्, यी एकदम स्वतन्त्र हुन्छन् र यी एकअर्काबाट पृथक हुन्छन् । व्यक्तिका स्वार्थलाई नै सबैभन्दा माथि राख्ने व्यक्तिवाद नै आचारका क्षेत्रमा बहुलवाद हो । यसले समाजलाई निषेध गर्दै निजी हित, अभिरुचि र आचरणमा आधारित बहुमूल्य प्रणालीको पक्षपोषण गर्दछ । समाजको हितलाई प्राथमिकतामा राख्ने सिद्धान्त समाजवाद हो ।

राजनीतिको क्षेत्रमा आदर्शवाद वा एकमनावादले एकदमै तानाशाही र एकाधिकारवादी शासन सत्ताको सिद्धान्त मान्दछ । त्यो भनेको सामन्तवादी निरंकुश राजतन्त्र, सैनिक अधिनायकतन्त्र वा फासीवाद हो । बहुलवादले पु“जीपति वर्गका हक, हित, स्वार्थ र स्वतन्त्रतालाई अत्यन्तै निरपेक्ष रूपमा प्रस्तुत गर्दछ । बहुलवादको राजनीतिक आदर्श संसदीय बहुदलीय व्यवस्था हो । परन्तु यसको विपरीत द्वन्द्वात्मक भौतिकवादीहरू वा माक्र्सवादीहरूको राजनीतिक आदर्श भनेको वैज्ञानिक समाजवाद हो । यसले व्यक्ति होइन समाजलाई सर्वोपरि मान्दछ र व्यक्तिका हितलाई समाजको हितको मातहतमा राख्दछ । तर, बहुलवादीहरू समाजको हितलाई प्राथमिकतामा राख्न चाह“दैनन् । उनीहरू व्यक्तिका हित र स्वार्थलाई नै प्राथमिकतामा राख्छन् । यसरी राजनीतिक दर्शनको क्षेत्रमा पनि तीनै थरी दर्शनका आ–आफ्नै आदर्श शासनप्रणाली ऐतिहासिक रूपमा विकसित भएका छन् ।

बहुलवादलाई हामीले रूप र सारमा हेर्न सक्छौं । पु“जीवादले साम्राज्यवादमा फड्को हानेपछि हिजोको समयमा प्रगतिशील भूमिका खेलेको पु“जीवाद त्यही रूपमा रहेन । साम्राज्यवाद भनेको एकाधिकारवादी पु“जीवाद हो, जसको चरम राजनीतिक रूप भनेको फासीवाद हो । फासीवादमा पतन भएपछि त्यो आफंैले पुर्पक्ष गर्दै आएको बहुलवादलाई छाडेर एकमनावादमा पुग्दछ । साथै, साम्राज्यवादको अर्को विशेषता के पनि हो भने त्यसले शब्दमा उदारता, प्रजातन्त्र वा बहुलवादको पुर्पक्ष गर्दछ तर कर्ममा चाहि“ चरम तानाशाहीको अभ्यासमा लाग्दछ । बहुलवादीहरूले रूपमा स्वतन्त्रताको कुरा गरे पनि सारमा पूरै तानाशाही लाद्ने काम गर्छन् । आफ्नो वर्गका लागि बहुलता र स्वतन्त्रता तर अर्को वर्गका लागि तानाशाही उनीहरूको चरित्र हुन्छ ।

दर्शनलाई पद्धति र विधिका हिसाबले पनि हेर्न जरुरी हुन्छ । आदर्शवाद, बहुलवाद र द्वन्द्वात्मक भौतिकवादका आ–आफ्ना विधि वा पद्धति हुन्छन् । आदर्शवादीहरूको एउटा ठूलो हिस्सा एकमनावादी वा अधिभूतवादी रहेको छ । उनीहरूले विपरीत तत्वहरूलाई स्वीकार्दैनन् । विपरीत तत्वहरूका बीचमा सङ्घर्ष हुन्छ भन्ने यथार्थलाई पनि उनीहरूले अस्वीकार गर्छन् । उनीहरू जहा“सुकै एकतै एकता हुन्छ, विरोधै हु“दैन भन्छन् । दार्शनिक क्षेत्रमा विपरीत तत्वहरूको अस्तित्व अस्वीकार गर्नेहरूलाई एकमनावादी भन्ने गरिन्छ । बहुलवादले चाहि“ विपरीतहरूलाई त स्वीकार गर्छ परन्तु एकतालाई स्वीकार गर्दैन । बहुलवादीहरूका दृष्टिमा संसार बहुलै बहुल तथा विविधतै विविधतामा आधारित हुन्छ । द्वन्द्वात्मक भौतिकवादीहरू चाहि“ विपरीतहरूको एकत्वको मान्यतालाई स्वीकार गर्दछन् । तदनुसार विपरीतहरूको एकत्व भनेको एकता–सङ्घर्ष र रूपान्तरण अर्थात् नया“ आधारमा नया“ एकता हो । यसरी पद्धतिको क्षेत्रमा तीनैथरी दर्शनका तीन प्रकारका मान्यता देखापर्दछन् ।

बहुलवादको दार्शनिक मान्यता मूलतः मानसिक वा भौतिक अणु, परमाणु र कणहरूको बहुलतामा आधारित रहिआएको छ । उनीहरूको दृष्टिमा प्रत्येक अणु, परमाणु वा कणहरू निरपेक्ष रूपमा स्वतन्त्र छन् र तिनैबाट संसार बनेको छ । उनीहरूको भनाइमा ती परमाणुहरूका बीच आङ्गिक एकता छैन । उनीहरूको यो सोच केवल विश्लेषणमा आधारित छ संश्लेषणमा होइन । द्वन्द्वात्मक भौतिकवादले यो साेंचलाई पूरै परास्त गरेको छ । दर्शनको वैज्ञानिक विधि विश्लेषण मात्र होइन, विश्लेषण र संश्लेषणको द्वन्द्वात्मक एकत्वमा आधारित रहेको छ । बहुलवादले केवल विश्लेषण मात्रलाई पकड्ने र संश्लेषणलाई परित्याग गर्ने गर्दछ । यो अवैज्ञानिक तथा अधिभूतवादी चिन्तन हो । द्वन्द्वात्मक भौतिकवादको विपरीतहरूको एकत्वको नियम विश्वको सार्वभौम नियम हो । यो विश्व देश र कालमा अवस्थित गतिशील पदार्थहरूको समग्रतामा आधारित छ । गतिशील पदार्थहरूका बीच एकता र सङ्घर्ष दुवै हुन्छ । लेनिनको भनाइ अनुसार देश र कालमा अवस्थित पदार्थमा विद्यमान गति भनेको अविच्छिन्नता (Continuity) र विच्छिन्नता (Discontinuity) को एकता हो । गति भनेको अन्तर्विरोध हो र अन्तर्विरोधको एकता हो । यसरी हेर्दा अणु, परमाणु वा कणहरू गतिशील पदार्थका विविध रूप हुन् र ती परस्पर अन्योन्याश्रित रहेका हुन्छन् ।

विज्ञानले बहुलवाद होइन द्वन्द्वात्मक भौतिकवादलाई साथ दिंदै आएको छ । यद्यपि कतिपय अवस्थामा बहुलवादीहरूले विज्ञानलाई पनि आफ्नो पक्षमा उपयोग गर्ने कोशिस गर्दछन् । परन्तु त्यो सदाका लागि सम्भव हु“दैन । भौतिक विज्ञानको क्षेत्रमा जब क्वान्टम सिद्धान्तको जन्म भयो र त्यसले प्रारम्भमा सबै चीज टुक्राटुक्रा अर्थात् विभिन्न कणहरूमा विभाजित हुने कुरा बतायो, त्यो बेला बहुलवादीहरू अत्यन्तै खुसी भए । यसैगरी जब विज्ञानमा अनिश्चितताको सिद्धान्त विकसित भयो त्यो बेला उनीहरूले अनिवार्यताको विरोधमा आकस्मिकताको पक्षपोषण गर्न थाले । परन्तु जब क्वान्टम यान्त्रिकीको थप विकास भयो त्यो बेला के कुरा स्पष्ट भयो भने सूक्ष्म वस्तुहरू केवल कणहरू मात्रै होइन, कण र तरङ्गको द्वन्द्वात्मक सम्बन्धमा आधारित हुन्छन् । क्वान्टम यान्त्रिकीमा कण र तरङ्गको द्वन्द्वात्मक एकरूपताको अध्ययन गरिन्छ । त्यसले बहुलवाद होइन, भौतिकवादी द्वन्द्ववादको पुष्टि गर्दछ । वैज्ञानिक आइन्स्टाइनले एकीकृत क्षेत्रको सिद्धान्त ९ग्लषष्भम ँष्भमि त्जभयचथ० प्रतिपादन गरे । यो सिद्धान्तमा उनले बहुलता हैन एकरूपताको मान्यता प्रस्तुत गरेका छन् । सारा ब्रह्माण्डमा तारा, ग्रह, नक्षत्र सहित जुन अनेकौं पिण्डहरू छन् ती आकर्षण र विकर्षणको द्वन्द्वात्मक मान्यता अनुरूप परस्पर अन्योन्याश्रित रहेका हुन्छन् । आखिर संसारको विविधतालाई आपसमा एकरूपताले जोड्नैपर्छ । त्यसरी जोडिएन भने सारा दुनिया“ तथा ब्रह्माण्डमा भद्रगोल पैदा हुन्छ । के यो संसारमा भद्रगोल वा अराजकता मात्रै छ त ? के विश्वमा कुनै नियमसङ्गति छैन ? संसारमा हरेक वस्तु विच्छिन्न र अविछिन्न दुवै छन् । यो विश्व एकैसाथ विच्छिन्न प्रवाहमय अर्थात् कण–तर¨मय छ । त्यो भनेको आकर्षण र विकर्षणको द्वन्द्वात्मक एकत्वको मान्यता हो । यसैगरी रसायनशास्त्रमा परमाणुहरूका बीचमा वियोजन र संयोजनको अध्ययन गरिन्छ । यो अध्ययनले पनि बहुलवादको खण्डन र द्वन्द्वात्मक भौतिकवादको पुष्टि गर्दछ ।

संविधानमा बहुलवाद किन नराख्ने ?
अहिले हामी संविधानसभामार्फत् नया“ संविधान निर्माणको क्रममा छौं । यतिबेला संविधानमै ‘बहुलवाद’ शब्द राख्ने कि नराख्ने भन्ने छलफल पनि चलिरहेको छ । हाम्रो पार्टी एकीकृत नेकपा (माओवादी) ले संविधानमा ‘बहुलवाद’ राख्न नमानेका कारण यो पार्टी बहुदलीय व्यवस्था, स्वतन्त्रता, लोकतन्त्र आदिका पक्षमा नै छैन भन्ने हिसाबले गलत प्रचार पनि गरिएको छ । यसबारे स्पष्ट हुन जरूरी छ ।

अहिले हामी जुन संविधान बनाउन गइरहेका छौं, त्यो यथास्थितिवादी वा संसदवादी संविधान होइन । अहिले हामीले बनाउन चाहेको संविधान जनताको सङ्घीय गणतन्त्रमा आधारित एउटा अग्रगामी एवम् प्रगतिशील संविधान हो । यस्तो संविधानमा सारमा वर्गीय, जातीय, क्षेत्रीय, लै¨िक तथा जातव्यवस्थामा आधारित सबै समस्याको समाधान गरिन्छ । यहा“ यसप्रकारका सबै तह, तप्का तथा समुदायका जनताका आस्था र दृष्टिकोणलाई समेटिने काम हुन्छ । यो संविधान कुनै अतीतमुखी शक्ति र त्यसको दर्शनप्रति प्रतिबद्ध रहन सक्तैन । यो सबै सामन्तवाद–साम्राज्यवाद विरोधी शक्तिहरूको साझा अभिलेख हुनु पर्दछ । त्यसमा कुनै एक पक्ष तथा वर्गको दर्शनलाई राख्ने र अर्को पक्षको दर्शनलाई निषेध गर्नु ठीक हु“दैन । अहिले हामीकहा“ दुईथरी मान्यता र दर्शन मान्ने पक्ष छन्– एउटा बहुदलीय संसदीय व्यवस्था मान्नेहरू छन् जसले आफ्नो आस्था तथा आदर्श बमोजिम संविधानमै बहुलवाद राख्न चाहन्छन् र दोस्रो द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद मान्नेहरू छन् जसले संविधानमा बहुलवादलाई राख्न चाह“दैनन् ।

बहुलवाद एउटा दर्शन हो भन्ने माथि नै चर्चा गरिसकियो । अहिले हामीले के भनेका छौं भने संविधानमा कसैका दर्शनलाई नराखौं । हामी बहुलवाद मान्दैनौं, हाम्रो दर्शन द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद हो । प्रश्न उठ्न सक्छ– संविधानमा द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई पनि किन नराख्ने त ? परन्तु अरु दलले जस्तो हामीले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादलाई संविधानमै राख्नुपर्छ भनेर दाबी गरेका छैनौं । हाम्रो भनाइ चाहिं संविधानमा कसैको पनि धर्म, दर्शन वा आस्थालाई नराखौं, सम्बन्धित सबैका साझा कुरा मात्रै राखौं भन्ने हो । आस्थामा सम्बन्धित सबैलाई स्वतन्त्रता दिनुपर्छ । संविधानको तर्क पनि वैचारिक आस्थामा सम्बन्धित सबैलाई व्यक्तिगत स्वतन्त्रता हुनेछ भन्ने नै हो । यसो भनेको अरुको वैचारिक आस्थामा हस्तक्षेप पनि नपु¥याउने भनेको हो । बहुलवाद मान्नुपर्छ भनेर संविधानमा राख्दा बहुलवाद नमान्नेको स्वतन्त्रतामा हस्तक्षेप हुन्छ । हामीले संविधानमा ‘बहुलवाद’ राख्न नमान्नुको प्रमुख कारण यही हो । साथै, बहुलवाद कुनै नया“ र विज्ञानसम्मत दर्शन पनि होइन ।

अर्कोतिर, बहुलवाद नमानेकै कारण माओवादीहरू बहुदलीय व्यवस्था पनि मान्दैनन् भन्ने आरोप पनि लगाइने गरेको छ । तर, हामी बहुदलीय व्यवस्था मान्दछौं । बहुदलीय व्यवस्था मान्नुको अर्थ बहुलवादलाई नै मान्नुपर्छ भन्ने हु“दैन । हामीहरूको बीचमा फरक–फरक दार्शनिक मान्यता छन् । नेपाली कांग्रेस तथा एमालेहरू बहुलवादी दर्शनमा आधारित बहुदलीयता मान्छन्, हामीहरू द्वन्द्वात्मक भौतिकवादी दर्शनद्वारा आलोकित बहुदलीय व्यवस्था मान्छौं । तसर्थ, हामीले जनताको साझा संविधान बनाऔं भनेका हौं । उनीहरू संसदीय व्यवस्था मान्नुपर्छ भन्छन्, हामी संसदीय व्यवस्था मान्दैनौं । संसदीय बहुदलीय व्यवस्था सबैले मान्ने हो भने मात्रै बहुलवाद संविधानमा राख्नु ठीक हुन्छ । अहिले संविधानसभामा बहुलवादी र द्वन्द्वात्मक भौतिकवादी दुवैथरिको उपस्थिति भएकाले हामीले जनताको साझा संविधान बनाएर जानु नै उपयुक्त हुन्छ भनेका हौं । यदि संविधानमा ‘बहुलवाद’ राखिने नै हो भने त्यो हामीले मान्दैनौं । हामी ‘द्वन्द्वात्मक भौतिकवाद’ राख्न दबाब दिने पक्षमा पनि छैनौं र दबाबमा ‘बहुलवाद’ स्वीकार्ने पक्षमा पनि छैनौं ।

बहुलवादकै सन्दर्भमा नेपाली राजनीतिमा अर्को एउटा भ्रम पनि छ । त्यो भ्रम भनेको नेकपा एमाले कम्युनिस्ट भएरै पनि बहुलवादको पक्षमा छ तर माओवादीले मात्रै किन विरोध गरेको भन्ने भ्रम हो । यहा“नेर सबैले बुझ्नुपर्ने स्पष्ट कुरा के हो भने एमाले कम्युनिस्ट पार्टी नै होइन । मैले माथि युरो–कम्युनिज्मका बारेमा कुरा गरेको थिए“ । युरो–कम्युनिज्मले संसदीय व्यवस्थालाई मानेको छ । त्यसले बहुलवाद र बहुदलीय व्यवस्थालाई स्वीकारेको छ । एमाले त्यही युरो–कम्युनिज्मको नेपाली सन्तान मात्रै हो, द्वन्द्वात्मक भौतिकवादलाई मान्ने कम्युनिस्ट पार्टी होइन । क्रान्तिकारी कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त बहुलवाद हो भन्ने अहिलेसम्म कहींकतै पनि देखिदैंन । मैले त माधवजी (माधव नेपाल) स“ग पनि कुरा गरें, बहुलवाद के हो भन्नेबारे व्यावहारिक रूपमा बहस गरौं पनि भनें । एकैसाथ द्वन्द्वात्मक भौतिकवाद र बहुलवाद दुवै मान्ने दुनिया“मा कहीं हुन्छ ? यी मिल्दै नमिल्ने फरक दर्शन हुन्, आकाश र पातलको फरक छ यिनमा । यसर्थ, आफूलाई कम्युनिस्ट पार्टीको दाबी गरे पनि सिद्धान्ततः एमाले कम्युनिस्ट पार्टी नै हैन । बहुलवाद मानेकै कारणले पनि यसै कुराको पुष्टि हुन्छ ।

बहुदलीय व्यवस्था मान्नु पर्छ भन्नुको अर्थ बहुलवाद र संसदवाद दुवैलाई मान्नु पर्छ भनेको होइन । यदि कुरा त्यही नै हो भने त्यो एकैसाथ यथास्थितिवादी र रुढीवादी चिन्तन हो । यो चिन्तनले लोकतन्त्रलाई सदाका लागि स्थिर मान्दछ । त्यसले लोकतन्त्रमा कुनैपनि परिवर्तन र सृजनात्मक विकासको सम्भावना नै देख्तैन । हामीले नेपालमा लोकतन्त्रलाई नया“ ढ¨ले विकसित तुल्याउन चाहेका छौं । लोकतन्त्रको अभ्यास गर्ने प्रक्रियामा रुस, पूर्वी युरोप लगायतका पूर्व समाजवादी मुलुकमा पनि केही कमजोरी भए र विश्वका पु“जीवादी मुलुकहरूमा पनि संसदीय व्यवस्था असफल बन्न पुग्यो । त्यो स्थितिमा हामी यी दुवै प्रकारका कमजोरीलाई हटाउ“दै एक्काइसौं शताब्दीमा जनवाद वा लोकतन्त्रको सिर्जनात्मक तथा मौलिक रूपमा विकास गर्न चाहन्छौं । ठीक त्यसैले हामी सृजनशीलता र मौलिकताको पक्षमा र सबैखाले यथास्थितिवाद तथा रुढीवादको विरोधमा छौं ।

संविधानमा ‘बहुलवाद’ नराख्दा कतिले के तर्क पनि गर्छन् भने माओवादीले भन्ने गरेको द्वन्द्वात्मक भौतिकवादी अद्वैतवाद सर्वसत्तावाद अर्थात् सर्वहारा अधिनायकतन्त्रको पक्षमा रहेको छ । हो, लोकतन्त्रको चरित्र वर्गीय हुन्छ, राज्यसत्ताको चरित्र वर्गीय हुन्छ । यस अर्थमा माओवादीले राज्यसत्तालाई वर्गीय अधिनायकत्वका रूपमा ग्रहण गर्दछ । साथै, ठीक त्यसै कारण कुरा के सत्य हो भने अमूर्त लोकतन्त्र, सबैका लागि लोकतन्त्र, संसदीय लोकतन्त्र वा बहुदलवादी लोकतन्त्र पनि आफ्नो सारतत्वमा पु“जीवादी अधिनायकत्व नै हुन्छ । सर्वसत्तावादी कम्युनिस्टहरू होइनन् बहुलवादका नाममा एकाधिकार पु“जीवादी सैन्यवादको अभ्यास गर्ने साम्राज्यवादी तथा तिनका पक्षधर नै हुन् ।

विविधतामा एकरूपता
नया“ संविधान निर्माणकै क्रममा हामीले हाम्रो मौलिक पहिचानसहितको नया“ संस्कृतिको आधार खोज्नुपर्छ । नेपाललाई हामीले बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भन्ने गरेका छौं । यही ‘बहु’ शब्द र पदावलीको प्रयोगलाई आधार मानेर एकथरीले नेपालमा बहुलवादी संस्कृति छ भन्छन् । यो गलत कुरा हो । नेपाली समाज र संस्कृतिमा विविधता छ, त्यो सत्य हो । तर विविधता मात्रै छैन, त्यसलाई जोड्ने एकरूपता पनि छ । एकातिर विविधताको पाटो, अर्कोतिर एकरूपताको पाटो । अहिलेसम्म नेपालमा विविधताको पाटोलाई गौण रूपमा राखेर एकमनावादी एकरूपतालाई बढी स्थान र महत्व दिइयो । खास अर्थमा त्यो सही एकरूपता पनि थिएन । जस्तो, पृथ्वीनारायण शाहको केन्द्रीकरणको प्रक्रियादेखि यता संस्कृतिको क्षेत्रमा एकमनावाद लागू गरियो । सांस्कृतिक एकरूपताका नाममा एक खस भाषा, एक हिन्दू धर्म र एक खस आर्य जातिलाई प्राथमिकतामा राखियो । नेपाली समाजमा भएका अरु विभिन्न किसिमका विविधतालाई यसले समेट्न सकेन ।

हामीले एकमनावादमा आधारित एकात्मकताको विरोध र सङ्घात्मकताको पक्षमा लामो समयदेखि सङ्घर्ष गर्दै आएका छौं । हामी नया“ ढङ्गले राज्यको पुनःसंरचना गर्ने पक्षमा छौं । यसप्रकारको पुनःसंरचना भाषिक, जातीय, क्षेत्रीय तथा सांस्कृतिक विविधतामा आधारित रहेको हुन्छ । यसरी विविधतालाई स्वीकार गर्नु भनेको बहुलवादीहरूले भनेजस्तो सबै विविधता एकअर्कास“ग एकदमै पृथक हुन्छन् भन्ने होइन । त्यो विविधतालाई हामीले एकरूपताले जोड्नुपर्छ । माक्र्सवादीहरूले भन्ने गरेको विपरीतहरूको एकत्वको सिद्धान्त यही हो । कसैकसैले हामीलाई नै विखण्डनवादी भन्छन् । हामी विखण्डनवादी होइनौं, हामी विविधतामा एकरूपता खोज्नेहरू हौं । वास्तविक अर्थमा विखण्डनवादी त बहुलवादी नै हुन् ।
नेपाली संस्कृतिमा भएका विविधतालाई एकरूपतामा आबद्ध गर्ने केही तत्व वा सूत्रहरू छन् । ती मध्ये पहिलो सूत्र हो जनवाद । जब सबै वर्ग, समुदाय, जाति, क्षेत्र र लि¨का जनताले जनवादको उच्च अभ्यास गर्न पाउ“छन्, त्यो बेला ती उत्पीडनबाट मुक्त हुन्छन् र एकअर्कास“ग सुमधुर प्रकारको सम्बन्ध कायम गर्न पुग्दछन् । हामीलाई एकरूपतामा आबद्ध गर्ने दोस्रो तत्व राष्ट्रियता हो । राष्ट्रियता यस्तो चीज हो जसले सबैलाई एउटै सूत्रमा आबद्ध गर्दछ । राष्ट्रियताका पनि दुई रूप छन्– आन्तरिक राष्ट्रियता र बाह्य राष्ट्रियता । आन्तरिक राष्ट्रियतालाई मजबुत पारेर सामन्तवादको विरोध र बाह्य राष्ट्रियतालाई बलियो बनाएर साम्राज्यवाद÷विस्तारवादको प्रतिरोध गर्नुपर्छ । यी दुवैको विरोध गरेर नै सच्चा राष्ट्रियता स्थापित हुन्छ । यसैगरी विविधतामा एकरूपताको अर्को सूत्र हो– वैज्ञानिक चिन्तन । सांस्कृतिक एकरूपताका लागि हामीमा वैज्ञानिक चिन्तन हुनुपर्छ । यसका निम्ति हामीले आफूमा विद्यमान रुढीबुढी, अन्धविश्वास, भाग्यवाद, कर्मवाद लगायतका सोचभन्दा भिन्न वैज्ञानिक चिन्तन अ“गाल्न जरुरी छ । त्यसो भयो भने नै हामी एकअर्काको कदर गरेर जान सक्तछौं । नेपाली समाजलाई एकताको सूत्रमा बा“ध्ने नया“ संस्कृति भनेको जनवाद, राष्ट्रियता र वैज्ञानिक चिन्तनमा आधारित संस्कृति नै हो । यही नै विविधतामा एकरूपता हो ।

सांस्कृतिक क्षेत्रमा बहुविधतामा एकरूपता कायम गर्ने काम आदर्शवादी अद्वैतवाद र बहुलवादबाट होइन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी अद्वैतवादको आलोकबाट मात्र हुन सक्तछ । यो कुरालाई गम्भीरतापूर्वक हृदयङ्गम गर्न जरुरी छ ।
०००

(पछिल्लो समयमा बहुलवाद शब्दमाथि बौद्धिक र राजनीतिक क्षेत्रमा चलेको बहसलाई ध्यानमा राखेर ‘मूल्यांकन’मा तीन वर्षअघि प्रकाशित बहुलवादसम्बन्धी बहसको एउटा सामग्री यहाँ प्रस्तुत गरिएको हो । बहुलवादसम्बन्धी बहसमा मोहन वैद्य, प्रदीप ज्ञवाली, प्रदीप गिरी, सिके लाल लगायत सहभागी हुनुभएको थियो । बाँकी व्यक्तिका यससम्बन्धी विचार आवश्यकताअनुसार क्रमशः प्रस्तुत गर्दै जानेछौँ । –सम्पादक)

(Visited 6,405 times, 2 visits today)

टिप्पणी

comments