Main Menu

Tuesday, August 18th, 2015

 

हरिकृष्ण दर्शनधारीको स्मृति सभा


ग्रिसेली दुःखान्त र समाजवाद

ग्रिक ट्रयाजेडी ! विश्वको आधुनिक नाट्यशास्त्रको जननी प्राचीन ग्रिसेली नाट्य परम्परालाई ग्रिक ट्रयाजेडी मानिन्छ । भारतीयहरूको भरत नाट्यम भन्दा पनि पुरानो । इस्वी सम्वत् सुरु हुनुभन्दा पाँच सय वर्ष पहिले नै ग्रिसेली नाट्य परम्पराको थालनी भएको हो । मूलतः कविहरूले लेख्ने काव्य या महाकाव्यको नाट्य रूपान्तरण गरिने ती नाटकहरूको विशेषता भने त्यसको दुःखान्त थियो । नाटकका नायकहरू जो प्रायशः राजा या राजकुमारहरूलाई बनाइन्थ्यो, जो पहिले शुरवीर र विजयी हुन्थ्यो र अन्तमा भने आफ्ना कमजोरी र परिस्थितिसँग सामना गर्न नसकेर त्यसको दुःखद् अन्त्य हुन्थ्यो । यतिबेला सिङ्गो ग्रिसेली समाज, अर्थतन्त्र र राजनीति सबै महान ट्रेजेडीलाई बिर्साउने गरी घटनाहरूको शिकार भइरहेका छन् ।पूरा पढ्नुहोस्


थाइल्याण्डमा बम विस्फोटन

भदौ १, बैंकक, थाइल्याण्ड । सोमवार साँझ ७ बजेतिर थाइल्याण्डको राजधानी बैंककमा ठूलो बम विस्फोट भएको खबर छ । मध्य बैंककको एरावन नामको एक हिन्दू मन्दिरनिर भएको उक्त विस्फोटनमा कम्तीमा पनि १९ जनाको ज्यान गएको र १२० जना गम्भीर घाइते भएको बिबिसिले जनाएको छ । विस्फोटनको बेला एरावन मन्दिरमा ठूलो भिडभाड रहेको जनाइएको छ । विशेषगरी विदेशी पर्यटकहरु आकर्षित हुने उक्त मन्दिरमा विस्फोटनमा परी मर्नेहरुमा थाइल्याण्ड घुम्न आएका चिनियालगायत थुप्रै विदेशीहरु रहेका छन् । अहिलेसम्म व्स्फिोटनको जिम्मेवारी कसैले लिएको छैन । थाई रक्षामन्त्री प्रविट वोङ्गसुवोनका अनुसार आक्रमणकारीहरुले थाई अर्थतन्त्रलाई नराम्रो असर पार्न विदेशी पर्यटकहरुलाई निशाना बनाएको हुन सक्छ । थाइल्याण्डमापूरा पढ्नुहोस्


कला इतिहासको पुनर्लेखन

एक नग्न महिलाको तस्बिर, टाउको भने गुरिल्लाको जो रिसले कराइरहेझैँ देखिन्छ, पहेँलो रङ्गको पृष्ठभूमिमा काला ठूला अक्षरहरुमा लेखिएको छ, ‘के महिलाहरुले मेट्रोपोलिटेन्ट म्युजियममा स्थान पाउनको लागि नग्न नै हुनुपर्ने हो ?’ यसभन्दा मुनि लेखिएको छ, ‘मोडर्न आर्ट सेक्सनमा महिला कलाकारका कलाकृतिहरु ४ प्रतिशतभन्दा कम छ भने नग्न आकृतिहरुमध्ये ७६ प्रतिशत महिलाका छन् ।’ यो एउटा गैरव्यवसायिक पोस्टर हो, जसका स्रष्टा न्यु योर्कको महिला कलाकार समूह, गुरिल्ला गर्ल्स (gorilla girls) हुन् । यो पोष्टर उनीहरुले महिला कालाकारहरुप्रति भइरहेका भेदभावको विरोध स्वरुप सिर्जना गरेका हुन् । यो पोष्टर तेस्रो संस्करणको हो, जुन सन् २०१२ मा सार्वजनिक भएको थियो । यसअघि सन् १९८९पूरा पढ्नुहोस्


के धर्मनिरपेक्षता भनेको पापसापेक्षता हो ?

राज्य कसको हुने ? हिन्दूको ? मुसलमानको ? क्रिस्चियनको ? हिन्दूमा पनि मांसाहारीको कि शाकाहारीको ? मुसलमानमा शियाको कि सुन्निको ?  विदेशी डलर खानेहरुको बहकाउमा आएको हो यो धर्मनिरपेक्षता ।  यो क्रिस्चियनहरुको ग्राइण्ड डिजाइनको उपज हो ।  यो धर्मनिरपेक्षता अन्तरिम संविधानमा अचानक आएको कुरा हो । यो कसैको माग नै थिएन । केही मानिसहरु यसरी कराइरहेका छन् यतिखेर । अव बन्ने नयाँ संविधानलाई हाल चालु अन्तरिम संविधानभन्दा पनि पछ्यौटे बनाउन आतुर यी मानिसहरु अन्तरिम संविधान उल्ट्याएर नेपाललाई कुनै एक धर्मविषेशको एकलौटी थलो बनाउन चाहिरहेछन् । उनीहरु नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहिरहेछन् । माओवादी जनयुद्धसमेतको जोडबलमा भएको जनआन्दोलन, २०६२–६३ ले ऐतिहासिक १२पूरा पढ्नुहोस्


म तामाङ्गको छोरो कसरी मस्तराम भएँ ? -निर्मल लामा

म मस्तराम ! भारत स्वतन्त्र भएको थिएन । अङ्ग्रेजको उपनिवेशकै रुपमा थियो । दार्जिलिङको मुख्य उत्पादन चिया थियो । त्यहाँ दुई–चार सय परिवारले काम गर्न ठूल्ठूला चियाबारीहरु थिए । चियाबारीहरुमा अङ्ग्रेज साहेब रहन्थ्यो । अहिले बुझ्दा साहेब भनेको ‘म्यानेजर’ सरहको मान्छे रहेछ । म्यानेजरको दबदबा झन्डैझन्डै राणाशाही र निरङ्कुश पञ्चायतको जस्तो थियो । त्यहाँ काम गर्ने मानिसहरु कोही बोल्न, केही गर्न नसक्ने अवस्थामा थिए । साहेबले रिसाएर ‘हटाबार’ भनेपछि जोकोहीले पनि एकदुई घण्टाभित्र लट्टीपट्टी बोकेर भाग्नुपर्थ्योे । कहाँ जाने ? केही थाहा हुँदैनथ्यो । यति हो, जहाँ गए पनि त्यो ‘एरिया’ चाहिँ काट्नैपर्थ्योे। त्यस्तो अवस्थामा काफिबारी चियाकमान गोदामधुरा (धुरा भनेकोपूरा पढ्नुहोस्


नेपाल भाषा उत्पत्तिकालदेखि नै उपेक्षित र उत्पीडित

नेपाल भाषा विश्वकै सबभन्दा पुराना भाषाहरुमध्ये एक हो । तर नेपाल भाषाको इतिहास हेर्ने हो भने शुरुदेखि अहिलेसम्म यो भाषा एक किसिमले उत्पीडित र उपेक्षित नै रहेको छ । यो भाषाप्रति कमै शासकहरुको मात्र राम्रो दृष्टिकोण रहेको देखिन्छ । यो भाषाको उत्पत्ति कहिले भयो भन्ने विषयमा भारतका एकजना ठूला विद्वान सुनीतिकुमार चटर्जीको विचारमा यो भाषाको उत्पत्ति आजभन्दा करिब १९०० वर्ष पहिले भएको थियो । मेरो विचारमा पनि नेपाल भाषाको विकास लिच्छविहरु नेपाल उपत्यकाभित्र प्रवेश भएपछि भएको थियो । उनीहरुको नेपाल प्रवेश करिब १८/१९ सय वर्ष पहिले भएको थियो । यहाँ आउनुभन्दा अगाडि लिच्छविहरुको भाषा मैथिली थियो । यहाँ आएपछि उनीहरुलेपूरा पढ्नुहोस्


भूकम्पबारे क्याम्ब्रिजको भविष्यवाणी पूर्ण छ ?

हालै मात्र अमेरिकाको क्यालिफोर्नियास्थित क्यालिफोर्निया टेक्नोलोजिकल इन्स्टिच्युट, क्याल्टेकका भूगर्भशास्त्री एवं बेलायतको क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर जीन फिलिप एभ्यूआय्कले नेपालमा अझै ठूलो भूकम्पको सम्भावना रहेको कुरा बताएपछि भूकम्प सम्बन्धमा पुनः डरलाग्दो त्रासको मानसिक तरङ्ग फैलिएको छ । गत साउनको २२ गते बिबिसिको अनलाइन सेवा bbc.co.uk मा प्रकाशित समाचार अनुसार भारतीय प्लेटले तिब्बती अर्थात् युरेशियन प्लेटलाई जमिनमुनिबाट प्रतिवर्ष २ सेन्टिमिटरको दरले घचेट्याई रहेकोले निरन्तर ‘विशाल हिमाली दबाव’ अर्थात् Mega Himalayan Thrust, MHT पैदा भइरहने प्राकृतिक प्रक्रिया छ । वैज्ञानिकहरुका अनुसार भारतीय प्लेट र युरेशियन प्लेट जोडिएको ठाउँको जमिनमुनि मुख्य धाँजा, Main fault रहेको छ र त्यही धाँजामा नै निरन्तर विशाल दबाव पैदा भइरहन्छपूरा पढ्नुहोस्


बहुलवाद के हो ? के होइन ?

बहुलवाद भनेको के हो ? बहुलवाद भनेको विश्वको उत्पत्तिको क्षेत्रमा बहुतत्वलाई प्राथमिकता दिने सिद्धान्त हो । विश्वको उत्पत्ति र विकास एउटै तत्वबाट होइन, बहुतत्वबाट भएको हो भन्ने सैद्धान्तिक मान्यतालाई बहुलवाद भनिन्छ । बहुलवादले सामाजिक जीवन र चिन्तनका विविध क्षेत्रमा बहुलताको पक्षपोषण गर्दछ । बहुलवाद प्राचीन भारतीय दर्शन र साथै, प्राचीन युनानी दर्शनमा पनि पाइन्छ । भारतीय जैन दर्शनमा अनेकान्तवादको जुन सिद्धान्त छ त्यो बहुलवाद नै हो । प्रारम्भिक भौतिकवादमा पनि पृथ्वी, जल, तेज, हावा वा परमाणुहरू जस्ता विभिन्न भौतिक तत्वहरूबाट संसार बन्यो भन्ने सिद्धान्तमा बहुलवादका केही लक्षणहरू पाइन्छन् । त्यस्तै, प्रारम्भिक आदर्शवादमा बहु–ईश्वरको चर्चा गरिएको पाइन्छ । यो प्राचीनकालीन बहुलवादकोपूरा पढ्नुहोस्


‘थाहा’ दर्शन हो

पंचायत कालमा रुपचन्द विष्टले ‘थाहा’ आन्दोलन सुरु गर्दा म कृषि वैज्ञानिकको काम गर्दथेँ । अर्थात्, त्यतिखेर म गाउँमा खेतीपाती सिकाउने गर्थेँ, विशेष गरेर मुस्ताङमा स्याउ खेती गर्ने काम सिकाउथेँ । त्यतिखेर रुपचन्द्रले राजनीति गर्दा अर्थात् चुनावमा भोट माग्न जाँदा सबैलाई ‘थाहा पाऊ, थाहा पाई’ भनेर ठाडो भाषामा भन्दै हिँड्ने गरेको सुन्थें । उहाँले त्यस्तो कुरा गाउँगाउँमा भन्दै हिँड्ने गर्नुभएको सुनेको र आफैले नै चाहिँ काठमाडौं शहरको भित्ताभित्तामा त्यस्ता कुराहरु लेखिएका देखेको थिएँ । यो आजभन्दा ३५/४० वर्ष पहिलेको कुरो हो । साँच्ची ‘थाहा’ के हो भनेर मनमा प्रश्न चाहिँ उठ्थ्यो । तर, जीवन गुजार्दै गएपछि जीवनमा थाहा पाउनुपर्ने कुरा तपूरा पढ्नुहोस्