Main Menu

Thursday, August 27th, 2015

 

अब चेल्सी कता ?

भदौ १०, काठमाडौँ । गत सिजनको प्रिमियर लिग विजेता चेल्सीमा यस सिजनको सुरुवातमै समस्याहरु देखापर्न थालेका छन् । सिजन सुरु हुनुभन्दा अगाडि नै कम्युनिटी शिल्डमा चेल्सी आर्सनलसित १–० ले पराजित भएको थियो । उक्त खेल चेल्सीका प्रशिक्षक जोजे मोरिन्योको लागि आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरविरुद्धको पहिलो हार थियो । इङ्ग्लेन्डको घरेलु लिग इङ्ग्लिस प्रिमियरमा आफ्नो पहिलो दुई खेलहरुमा पनि चेल्सीको प्रदर्शन खराब रह्यो । स्वान्जी सिटीविरुद्धको पहिलो खेलमा २–२ को बराबरीमा रोकिएको चेल्सी दोस्रो खेलमा म्यान्चेस्टर सिटीसित ३–० ले पराजित भएको थियो । यससँगै मोरिन्योले चेल्सीको लागि सिजनको पहिलो २ खेलबाट एक अंक मात्र बटुलेको यो पहिलोपटक हो । पहिलो टोली चिकित्सकद्वयपूरा पढ्नुहोस्


पूर्ण वैद्यको कविता

बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् !

बिहान पर्खनेहरु नै जब रात भइदिन्छन् मेरो क्षितिजको के लाग्छ ! मेरो आँखाको के अर्थ रहन्छ ! हुन त, आँखा भन्नु नै प्रकाशको साक्षी हो । बारीमा पहरा दिने बारहरुले नै जब काँक्रो चोरी सिध्याउँछन् त मेरो श्रमको के लाग्छ ! मैले रोप्नुको अर्थ के रहन्छ ! हुन त, रोप्नु भन्नु नै भविष्य उमार्नु हो । भित्तामा लेखिराखेको मयूरले नै जब सँगै झुड्याएको हिराको हार एकाएक निलिदिन्छ यस अवस्थामा मेरो विश्वासको के लाग्छ ! मेरो अभिव्यक्तिको के अर्थ रहन्छ ! हुन त, अभिव्यक्ति भन्नु नै अन्तर सत्यको प्रकाशन हो ! यसरी बोल्ने समय पर्खन्दा पर्खन्दै सान्त्वनाको निहुँमा मात्र अड्केको जिन्दगीमापूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय समर्थन माग्दै मधेसी आन्दोलन समिति

भदौ १०, काठमाडौं । संयुक्त मधेसी राष्ट्रिय आन्दोलन समितिले पहिचानमा आधारित संघीयताका लागि चलिरहेको आन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको नैतिक समर्थनको आग्रह गरेको छ । मधेसमा अहिले चलिरहेको आन्दोलनमा राज्यले सेना परिचालन गरेकोमा समेत विरोध गर्दै समितिले राजनीतिक विद्रोहको सैन्य समाधान नहुने विश्वास व्यक्त गरेको छ । आन्दोलन समितिका संयोजक मातृका यादव र सह–संयोजक गोपाल ठाकुरद्वारा बुधबार जारी विज्ञप्तिमा सेना परिचालन गर्दा राष्ट्रपतिलाई जानकारी नगराएकोमा समेत आपत्ति जनाइएको छ । समितिले आन्दोलनमा मारिने व्यक्तिलाई सहिद घोषणाको माग गरेको छ । अहिले चलिरहेको आन्दोलनमा अन्तर्राष्ट्रिय लोकतन्त्रवादी वा साम्यवादी समुदाय र संयुक्त राष्ट्र संघले समेत प्रतिक्रिया नजनाएकोमा समितिले दुःख व्यक्त गरेको छ ।


मोदीको गृहनगरमा के हुँदैछ ?

गुजरातमा कफ्र्यु, एसएमएस सेवामा रोक

भदौ १०, काठमाडौं । गुजरातमा पटेल समुदायले विशेषाधिकारको माग गर्दै सुरु गरेको आन्दोलनमा आठ जनाको ज्यान गएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा भएको प्रदर्शनले बुधबार हिंसात्मक रुप लिएको थियो । बुधबार जनधनको क्षति हुने गरी हिंसा भड्केपछि सरकारले त्यहाँका पाँच सहरहरूमा कफ्र्यु लगाएको छ । इन्टरनेट र मोबाइलबाट एसएमएस गर्ने सुविधा पनि प्रशासनले बन्द गरिदिएको छ । नवसारी, कडी, अहमदावाद लगायतका क्षेत्रमा कफ्र्यु लगाइएको समाचारहरूमा जनाइएको छ । पटेल समुदायका नेता हार्दिक पटेलले प्रदर्शनकारीको हत्यामा संलग्न प्रहरीलायृ ४८ घण्टाभित्र निलम्बन गरी मृत्यु हुनेको परिवारलाई ३० लाख क्षतिपूर्ति दिन माग गरेका छन् । सरकारले भने सुरक्षाका लागि भन्दैपूरा पढ्नुहोस्


विवादबीच संविधान निर्माण अघि बढ्यो

भदौ १०, काठमाडौं । संविधानसभाभित्र र बाहिर विवाद चलिरहेकै बेला संविधान निर्माणको औपचारिक काम अघि बढेको छ । बुधबार नयाँ संविधानको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो । बुधबार संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलका नेताले पालैपालो आ–आफ्नो धारणा राखेका थिए । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले आउँदो संविधान सम्झौताको दस्तावेज भएकाले असन्तुष्टिहरूमा अझै छलफल गर्न सकिने बताए । उनले असन्तुष्ट पक्षलाई वार्तामा आउन समेत आग्रह गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानको मस्यौदालाई सकारात्मक उपलब्धि भन्दै यसले गणतन्त्रलाई संस्थागत गर्ने विचार व्यक्त गरे । ओलीले कैलाली घटनालाई संविधान निर्माण प्रक्रिया रोक्ने षड्यन्त्रका रुपमा चित्रित गरे ।पूरा पढ्नुहोस्


पहिचानको मुद्दाबारे सरकार अझै मौन

वार्तामा आउन प्रधानमन्त्रीको पत्राचार

भदौ १०, काठमाडौं । सुदूरपश्चिमदेखि पूर्वी तराईसम्म आन्दोलन चर्किएर हिँसात्मक घटनाहरु बढ्न थालेपछि सरकारको तर्फबाट प्रधानमन्त्री सुशील कोइरालाले तराई–मधेशका केही पार्टीहरुलाई वार्तामा आउन औपचारिक पत्राचार गरेका छन् । प्रधानमन्त्री कोइरालाले वुधवार सरकारको तर्फबाट पत्र काटी तराई मधेश लोकतान्त्रिक पार्टी, संघीय समाजवादी फोरम, सद्भावना पार्टी, संघीय सद्भावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी, मधेशी जनअधिकार फोरम (गणतान्त्रिक), तराई–मधेश सद्भावना पार्टी र थारु कल्याणकारी सभाका अध्यक्ष तथा संयुक्त राजनीतिक दलित संघर्ष समिति, संयुक्त दलित आन्दोलन नेपाल, दलित सभासद समन्वय समितिलाई वार्ताका लागि औपचारिक आह्वान गरेका छन् । प्रधानमन्त्री कोइरालाले भदौ १० देखि १२ गतेसम्म अनुकूल समयमा वार्तामा बस्न सम्बन्धित दल र संंस्थाहरुलाई अपिलपूरा पढ्नुहोस्


मध्यतराई क्षेत्र थप अशान्त

दंगाग्रस्त घोषित गौरबजार सुनसान

भदौ १०, काठमाडौं । लगातारको बन्द र बन्दकर्ताहरुको प्रहरीहरुसँगको झडपपछि दंगाग्रस्त क्षेत्र घोषित रौतहटको सदरमुकाम वुधवार पूरै सुनसान रह्यो । त्यस्तै गरी गौर र चन्द्रनिगाहपुर जोड्ने सडकको ४२ किलोमिटरसम्म दायाँ र बायाँका बजारहरु पूरै बन्द रहे । दंगाग्रस्त क्षेत्रमा प्रशासनले ५ जनाभन्दा बढी व्यक्तिहरु जम्मा नहुन उर्दी जारी गरेको छ । प्रहरीले नारा, जुलुस तथा सडक आन्दोलनका कुनै गतिविधि गर्ने व्यक्ति तथा समूहलाई बिना पक्राउपुर्जी पक्राउ गरी हिरासतमा राख्न सक्ने जनाइएको छ । प्रदेशहरु निर्धारण गर्ने क्रममा एमाओवादीको फरक मत र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को विरोधको बावजूद कांग्रेस र एमालेले थारु, मधेशी तथा अन्य जनजातिहरुको पहिचानलाई बेवास्ता हुने गरी ७पूरा पढ्नुहोस्


युगौंदेखिको उत्पीडनविरुद्ध थारुहरु

टीकापुर घटनाबारे माओवादीहरुको एकै धारणा

भदौ १०, काठमाडौं । एकीकृत नेकपा माओवादी, नेकपा–माओवादीका र नेकपा (माओवादी) ले कैलाली टीकापुरमा जे घटनाहरु घटिरहेका छन् त्यो युगौंदेखि दासताको उत्पीडनमा बाँचिरहेका आदिवासी थारु समुदायको मुक्तिको संघर्ष र नेपालको प्रतिगामी स्थायी सत्ताबीचको द्वन्द्वको रुपमा अथ्र्याएका छन् । गत मंगलवार सम्पन्न एमाओवादीको बैठकले थारुहरुको आन्दोलन नितान्त राजनीतिक भएको निष्कर्ष निकाली सरकारले टीकापुरबाट तुरुन्त सेना फिर्ता बोलाउन माग गरेको थियो । त्यस्तै गरी मोहन वैद्य किरणले नेतृत्व गरेको नेकपा–माओवादीले कैलाली, बर्दिया, बाँके, दाङ, सर्लाही, रौतहटलगायत तराईका बिभिन्न क्षेत्रमा भएका आन्दोलनहरु नितान्त राजनीतिक भएकाले तिनीहरुको समाधान राजनीतिक रुपले नै गरिनुपर्ने माग गरेको छ । बुधवार राजधानीमा भएको एक पत्रकार सम्मेलनमा अध्यक्ष मोहनपूरा पढ्नुहोस्


थारुबिरुद्ध आगजनी जारी

टीकापुरमा सेना–प्रहरी गिरफ्तारीमा अझै सक्रिय

भदौं १०, काठमाडौं । काठमाडौंमा कांग्रेस–एमालेका नेताहरु आफूहरु थारुहरुको हितको विपक्षमा नरहेको बताइरहँदा टीकापुर कैलालीमा भने आदिवासी जनता थारुहरु सेना–प्रहरी र अखण्ड पक्षधर गैरथारुहरुको दोहोरो मारमा पर्ने क्रम जारी छ । सेना–प्रहरी थारु नेता–कार्यकर्ताहरुलाई घरघरमा गई धरपकड गर्न व्यस्त देखिन्थे भने अखण्ड पक्षधरहरु थारु वस्तीमा आगजनी तथा तोडफोडमा सक्रिय रहे । यो दृश्य बुधवार पनि जारी रहेको समाचार हाम्रा कैलालीका संवाददाताले बताएका छन् । थारु आन्दोलनकारीहरुको के आरोप रहेको छ भने गत भदौ ७ गते प्रहरी र थारु प्रदर्शनकारीहरुबीच भएको झडपमा परी मृत्यु हुने र घाइते हुनेहरुमा प्रहरी तर्फको क्षतिको विवरण सरकारले बाहिर ल्यायो । तर, त्यहाँ प्रदर्शनकारीहरु कति मारिएपूरा पढ्नुहोस्