Main Menu

Sunday, August 30th, 2015

 

सत्ताधारी भन्छन् जसरी नै संविधान जारी गर्ने

थारु–जनजातिले पनि आन्दोलन नछाड्ने

भदौ १३, काठमाडौं । सिंहदरवार र वानेश्वरमा भदौभित्र जसरी नै संविधान जारी गर्ने तयारीको ऐलान चलिरहँदा तराईदेखि हिमालसम्मका थारु, मधेशी तथा जनजातिहरुले पहिचान मेट्ने गरी ७ प्रदेशको सिमाङ्कन गरिएको भनी त्यसविरुद्ध आन्दोलन नरोक्ने घोषणा गरेका छन् । सरकारले आह्वान गरेको वाताृमा बस्न मधेशी मोर्चाले चार बुँदे शर्त अघि सारेको छ भने थरुहट/थारुवान संयुक्त संघार्ष समितिले सात । उनीहरुले राखेका शर्तहरु यस प्रकार छन्ः  १. वार्तामा प्रमुख दलका शीर्ष नेताहरु सहभागी हुनुपर्ने, २. थरुहट आन्दोलनको क्रममा पक्राउ गरिएकालाई रिहाइ गरिनुपर्ने, ३. बेपत्ताको सार्वजनिक गरिनुपर्ने, ४. घाइतेको उपचार र मृत्यु भएकालाई सहिद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, ५. कैलालीको टीकापुरमा करफ्यूको बेलामा थारुपूरा पढ्नुहोस्


उनी विदेशी हुन् : थाई प्रहरी

बैंकक बिस्फोटनका शंकास्पद एकको पक्राउ

भदौ १३, काठमाडौं । थाई प्रहरीले गत दुई हप्ताअगाडि बैंककमा २० जनाको ज्यान जाने गरी गराइएको बम विस्फोटनसँग सम्बन्धित एक शंकास्पद व्यक्तिलाई गत शनिवार पक्राउ गरेको बिबिसिले जनाएको छ । बिदेशी नागरिक ठानिएका ती व्यक्तिलाई थाई प्रहरीले बैंककबाहिर  नजिक पर्ने  नोङ जोक भन्ने स्थानबाट गिरफ्तार गरेको समाचारमा जनाइएको छ । थाई प्रहरी प्रवक्ता प्रउत थाभोर्नसिरीका अनुसार पक्राउ पर्ने व्यक्ति बसेको अपार्टमेन्टबाट प्रहरीले १० वटा राहदानीलगायत बम बनाउनका लागि प्रयोग हुने विस्फोटक सामग्रीहरु बरामद गरेको छ । प्रवक्ता प्रउतका अनुसार २८ वर्षे ती व्यक्ति गत दुई हप्ताअगाडि बैंककको एरावन हिन्दू मन्दिरमा गराइएको बम बिस्फोटनको योजना बनाउने सञ्जालका एक अपराधी भएको थाईपूरा पढ्नुहोस्


मधेशी नेताहरुले लिखित पत्र बुझाए

शर्त मानेमा वार्तामा बस्न मधेशी मोर्चा तयार

भदौं १३, काठमाडौं । तराई–मधेशमा आन्दोलनरत बिभिन्न मधेशवादी दलहरु सम्मिलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारले आह्वान गरे अनुसार वार्तामा बस्न चार शर्त अघि सारेको छ । शनिवार साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटी मोर्चाका तर्फबाट आएका प्रतिनिधि नेताहरुले एक लिखित पत्र बुझाएका थिए । प्रधानमन्त्रीलाई पत्र बुझाउन तराई मधेश लोकतान्त्रिक पार्टीका महामन्त्री गोबिन्द चौधरी, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, तराई मधेश सद्भावना पार्टी, नेपालका नेता रामनरेश यादव र सद्भावना पार्टीका नेता रामकिशोर सिंह बालुवाटारमा पुगेका थिए । उनीहरुले प्रधानमन्त्रीसँग करिब डेढ घण्टा कुराकानी गरेका थिए । भेटघाटको समयमा प्रधानमन्त्री सुशील कोइरालाको साथमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल, मन्त्री द्वय महेश आचार्यपूरा पढ्नुहोस्


जनकलाकार सबै एकै ठाउँंमा बसाैं : रामेश

स्रष्टाहरू पारिजात पुरस्कारबाट सम्मानित

  भदौं १३, काठमाडौ । गत शनिवार पारिजात स्मृति केन्द्रले राजधानीमा एक कार्यक्रमको आयोजना गरी तीन स्रष्टा तथा एक सङ्घर्षशील नारीलाई पारिजात सम्मान पुरस्कारबाट सम्मान गर्यो । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा सम्पन्न भएको उक्त सम्मान कार्यक्रममा साहित्यकार पुरुषोतम सुवेदीलाई पारिजात सिर्जन सम्मान–२०७१, साहित्यकार शारदारमण नेपाललाई पारिजात बालसाहित्य सम्मान–२०७१, कलाकार जीवन शर्मालाई पारिजात कला सम्मान–२०७१ बाट सम्मान गरिए । त्यस्तै गरी पारिजात सङ्घरषशील नारी सम्मान–२०७१ बाट मिठाईदेवी विश्वकर्मालाई सम्मान गरिए । सम्मानित सबैलाई सम्मान पत्र कार्यक्रमका प्रमुख अतिथि तथा प्रसिद्ध जनगायक एवं जनसंगीतकार रामेश श्रेष्ठले हस्तारन्तरण गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै जनगायक एवं जनसंगीतकार रामेशले राजनेताहरुको अदूरदृष्टिको कारणले जनसाहित्यपूरा पढ्नुहोस्


पराकम्प जाने क्रम अझै जारी

बिहान सबेरै धादिङ केन्द्र भई पराकम्प

भदौ १३, काठमाडौं । आज बिहान सबेरै ३.०९ बजे धादिङको निलकण्ठनजिकको स्थानलाई केन्द्र बिन्दु बनाई ४.३ म्याग्निच्युडको पराकम्प गएको खानी तथा भूगर्भ बिभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । जमिनबाट ६.२ माइल अर्थात् ९.९७७९३ किलोमिटर तल गहिराइमा उद्गम बिन्दु भएको उक्त पराकम्पले केन्द्रबिन्दु वरपर चाल पाउने गरी नै जमिन हल्लाइदियो । गोर्खाको बारपाकलाई केन्द्र बिन्दु बनाई गत बैशाख १२ गते गएको ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पले जमिनमुनि १५ मिटर तल गहिराइमा बनाएका सयौं चिराचिराको कारण आज बिहान सबेरै गएको सहित जम्मा ३ सय ८६ पराकम्प गइसकेको बताइन्छ । विश्वमा महाभूकम्प वा शक्तिशाली भूकम्प पश्चात सयौं र हजारौं पराकम्पहरु महिनौं मात्रपूरा पढ्नुहोस्