Main Menu

Saturday, August 29th, 2015

 

साफ यु-१९ फुटबलमा नेपालको शानदार जित

भदौ १२, काठमाडौँ । नेपालले भारतलाई टाईब्रकेरमा ५–४ गोलअन्तरले हराई पहिलो साफ यु–१९ फुटबल प्रतियोगिता जित्न सफल भएको छ । एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको खेलको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा भारतका स्ट्राइकर मोइनुद्दिनको स्पट किक नेपालका गोलकिपर सोजित गुरुङ्गले रोकेपछि नेपाल च्याम्पियन बन्न सफल भएको हो । नेपालले उमेर समूहको कुनैपनि प्रतियोगिता जितेको यो पहिलो अवसर हो । त्यस्तै, कुनै पनि राष्ट्रिय टोलीले सन् १९९३ पछि कुनै अन्तर्राष्ट्रिय प्रतियोगता जितेको पहिलोचोटी हो । सन् १९९३ मा पनि नेपालले पहिलो दक्षिण एसियाली खेलकुदमा भारतलाई नै टाइब्रेकरमै पराजित गरी उपाधि जितेको थियो । तेज तामाङ्गले ३१ औँ मिनेटमापूरा पढ्नुहोस्


पारिजातको एक कविता :

पारिजातको कविता -“आन्दोलन”

(संविधान लेखिँदैछ । शोषित र उत्पीडितहरु आफ्ना हक, अधिकार, स्वतन्त्रता र पहिचानका लागि अझै लडिरहेका छन् । लडेर ल्याएको संविधानसभाले पनि अझै ठग्छ कि भनेर उनीहरु सडकमा आएका छन् । यसै समयमा प्रसिद्ध साहित्यकार पारिजातको कविता ‘आन्दोलन’ सान्दर्भिक ठानी यहाँ प्रस्तुत गरिन्छ । – सं.)   आन्दोलन चुँडालेर बन्धनबाट आँप, बेल र पीपलको पातहरूका एउटी विवश बेहुलीको चाहना जस्तो उम्कन नसक्ने होइन मुक्ति पर्यावरण नमिलेको माटोमा फुट्न नसकेको दाखको विरुवा होइन मुक्ति ज्यूँदो मान्छेको मुटु ज्यूँदो मान्छेले हत्केलामा यसै निचोर्न सक्तैन एउटाले अर्कोलाई मार्नैपर्छ यसो गर्नलाई तथापि होस् गर्नु त्यो मुटु मृतकको मुटु हुनेछ ।   मण्डप भित्र मन्त्रहरूले कतिपूरा पढ्नुहोस्


अध्यक्ष मोहन वैद्यद्वारा हस्ताक्षरित विज्ञप्ति

सेना परिचालन रोक : माओवादी

भदौ १२, काठमाडौं । नेकपा–माओवादीले सेना परिचालन रोक्न राष्ट्रपतिलाई आग्रह गरेको छ । मोहन वैद्य नेतृत्वको माओवादीले पञ्चायतकालीन कानुन अघि सारेर सेना परिचालन गर्नु नेपाली सेनाको अवमूल्यन र दुरुपयोग भएको भन्दै शुक्रबार राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाएको हो । सरकारले कैलालीको टीकापुरमा भएको घटनापछि स्थानीय प्रशासन ऐन २०२८ अनुसार शान्ति सुरक्षा कायम गर्ने भन्दै सेना परिचालन गरेको थियो । राष्ट्रपति डा. रामवरण यादवलाई बुझाइएको ज्ञापन पत्रमा माओवादीले कैलाली टीकापुरको घटनालाई राज्यआतंकका विरुद्ध जनताको स्वतस्फूर्त प्रतिरोध भनेको छ । अध्यक्ष वैद्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘राज्यआतंकको ज्यादी बढ्दै गएको स्थितिमा कैलालीको टीकापुर लगायत विभिन्न जिल्लाहरूमा जनताले स्वस्फूर्त रुपमा प्रतिरोध गरेका छन्, त्योपूरा पढ्नुहोस्