Main Menu

Saturday, August 22nd, 2015

 

संविधान निर्माणमा फेरि गतिरोध देखियो

भदौ ५, काठमाडौं । शुक्रबार भएको सिमांकन परिमार्जनले संविधान निर्माणमा थप गतिरोध सिर्जना गरेको छ । सत्ता पक्षीय दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले आफूहरुको सात प्रदेशका प्रस्तावमै अडान लिएपछि एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरमले असहमति जनाएका छन् । सुदूर पश्चिमलाई अखण्ड राख्ने नाममा थारु बहुल कैलाली र कञ्चनपुरलाई छैटौँ प्रदेशबाट छुट्याउने कांग्रेस एमालेको अडानप्रति विमति राख्दै एनेकपा माओवादीले सहमतिमा फरक मत राखेको छ भने फोरम लोकतान्त्रिक सडक आन्दोलनमै जाने निर्णय गरिसकेको छ । शुक्रबार साँझै पत्रकार सम्मेलन गरेर मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारले भने, ‘सात प्रदेशको निर्णयमा हाम्रो असहमति छ । आठ प्रदेशमा नजाने हो भने देशमापूरा पढ्नुहोस्


ग्रीसमा सिरिजा पार्टीको फुट

भदौ ५, काठमाडौं । गत शुक्रवार मात्रै पदबाट राजीनामा दिई नयाँ चुनावको घोषणा गरेका प्रधानमन्त्री एलेक्सी सिप्रासको सत्तारुढ वामपन्थी पार्टी सिरिजा फुट्न पुगेको छ । संस्थापन पक्षसँग सम्बन्ध बिच्छेद गर्न पुगेका बिद्रोही पक्षले छिट्टै नै नयाँ पार्टीको स्थापना गरी संचालनमा ल्याउने तयारी गरिरहेको खवर बिबिसिले दिएको छ । सरकारले युरोपेली युनियन र युरो बैंकबाट उद्धार ऋण प्राप्त गर्न उनीहरुले थोपर्ने शर्तहरु मानेको बिरुद्ध संसद र पार्टीभित्र आवाज उठाइरहेको सत्तारुढ पार्टीका अर्का नेता तथा पूर्व ऊर्जामन्त्री पानाजियोटिस लाफाजानिसले नयाँ पार्टीको नेतृत्व गर्ने भएका छन् । नेता लाफाजानिस प्रधानमन्त्री एलेक्सी सिप्रासले उद्धार ऋण प्राप्त गर्नकै निम्ति आफ्ना युरोपेली साहुहरुसमक्ष ग्रीसले घुँडा टेक्नुहुन्नपूरा पढ्नुहोस्