Main Menu

Monday, August 24th, 2015

 

स्थानीयको प्रश्न : तल कफ्र्यु लगाइरहने, माथि संविधान बनाइरहने ?

टीकापुर घटना किन भयो ?

भदौ ७, काठमाडौं । कैलालीको टीकापुरमा सोमबार भएको घटनाले राष्ट्रिय राजनीतिलाई तरंगित बनाएको छ । सुदूर पश्चिमलाई अखण्ड बनाउने नाममा थारु बाहुल्य क्षेत्रलाई विभाजन गर्ने निर्णयको विरोध गर्दै थारु समुदायले निरन्तर आन्दोलन गरिरहेको छ । सोमबार कैलालीको टीकापुरमा आन्दोलनकारी शक्ति र प्रहरीबीच झडप हुँदा आधा दर्जनभन्दा बढी  प्रहरी र आन्दोलनकारीको ज्यानै जाने घटना भयो । टीकापुर घटना विगतमा थरुहट पक्षधर आन्दोलनकारीमाथि अखण्ड पक्षधरले गरेको दुव्र्यवहार र अवरोधको प्रतिशोध हुन सक्ने स्थानीय पत्रकार गणेश चौधरी बताउँछन् । ‘सोमबारको घटना अनपेक्षित थिएन, यो योजनाबद्धजस्तो देखिन्छ,’  पत्रकार चौधरीले मूल्यांकन अनलाइनसँग कुरा गर्दै भने, ‘यसअघि थरुहट प्रदेशका पक्षधरले धनगढीमा गरेको प्रदर्शनमा अखण्ड सुदूरपश्चिम पक्षधरपूरा पढ्नुहोस्


आन्दोलन शुद्ध राजनीतिक प्रक्रितिको हो

कैलालीको टीकापुरमा सातजना प्रहरीको ज्यान गयो

भदौ ७, टीकापुर । ७ जना प्रहरीसहित थुप्रै मानिसहरुको ज्यान जाने गरी आन्दोलन भड्किएपछि भर्खरै सरकारले कैलाली लगायतका जिल्लाहरुलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । अहिले  आन्दोलनकारीहरुतर्फ पनि सयौ मानिसहरु गम्भीर घाइते भएको खबर छ । त्यस क्षेत्रमा अहिले सरकारले नेपाली सेना परिचालन गर्न लाग्दैछ । सेना परिचालन गरेर सरकारले के गर्न खोजेको हो बुझ्न सकिएको छैन । अहिले कैलालीमा चलिरहेको आन्दोलन शुद्ध राजनीतिक प्रक्रितिको हो । दलहरुले थारु वाहुल्य क्षेत्रलाई बिभाजित गरी ६ वा ७ प्रदेशको खाका सार्वजनिक गरेपछि थारुहरु आक्रोशित भई सडकमा आएका हुन् । त्यहाँका थारु जनता फेरि पनि राज्यबाट ठगिन लाग्यो भनेर उत्तेजित भएका छन् । त्यसकारण सरकारलेपूरा पढ्नुहोस्


झडपमा एसएसपि सहित ४ प्रहरीको मृत्यु

टीकापुरमा थरुहट आन्दोलनले चर्को रुप लियो

भदौ ७, कैलाली । कैलालीको टीकापुरमा थरुहटको माग गर्दै आन्दोलनमा उत्रेको जनसमुदाय र प्रहरीबीच झडप हुँदा आज दिउँसो एसएसपि लक्ष्मण न्यौपाने सहित ४ प्रहरी जवानको मृत्यु भएको खबर छ । खबर अनुसार आन्दोलनकारीहरु तर्फ पनि केही हताहती भएको छ, तर संख्या कति भन्ने कुरा खुलेको छैन । समाचार अनुसार दिउँसो १० औं हजार जनसमुदायले थरुहटको माग गर्दै र्याली निकालेमा कैलालीको मुनुवा गाविसको सिलम चौराहमा पुग्नासाथ त्यहाँस्थित सरकारी कार्यालयअगाडि प्रहरी र प्रदर्शनकारीहरुबीच झडप भयो । सुरु भएको केही छिनमै झडपले ठूलो हिँशात्मक रुप लिन पुगेको र त्यही क्रममा एसएसपि र अन्य ४ जना प्रहरीहरुको मृत्यु भएको जनाइएको छ । खबर अनुसार आन्दोलनकारीहरुलेपूरा पढ्नुहोस्


यो मनोवैज्ञानिक युद्ध मात्र हो – कोरियन टाइम्स

दक्षिण कोरियाले उत्तरबिरुद्ध प्रचारबाजी नरोक्ने

भदौ ७, काठमाडौं । गत आइतवारदेखि सीमा गाउँ पानमुनजोममा उत्तर र दक्षिण कोरियाका उच्च स्तरीय अधिकारीहरुबीच भइरहेको बैठकमा दक्षिणले सीमा क्षेत्रमा उसले गरिरहेको उत्तर विरुद्धको जारी प्रचारबाजी बन्द नगर्ने अडान लिएको छ । दक्षिण कोरियाका अधिकारीहरुले उत्तरले सीमा क्षेत्रको ‘नो माय्न्स जोन’ मा जमिनमुनि विस्फोटक पदार्थ बिच्छ्याएको र त्यसमा परी गत महिनाको अन्त्यतिर आफ्ना दुई सेना घाइते भएको आरोप उत्तरमाथि लगाएको छ । उत्तर कोरियाले भने त्यस आरोपलाई सधैँ खण्डन गर्दै आएको छ । यसै निहुँमा दक्षिण कोरियाको सेनाले उत्तर र दक्षिणको सिमानामा लाउडस्पिकरहरु राखी उत्तरबिरुद्ध प्रचारबाजी गरिरहेको छ । र, उत्तर कोरियाले भने यस कार्यलाई रोक्न अनुरोध गर्दै यदिपूरा पढ्नुहोस्