Main Menu

Tuesday, August 25th, 2015

 

मानवअधिकारवादीहरुको ध्यान यता छ ?

सेनाहरु थारु वस्तीमा आगो लगाउँदै

भदौ ८, कैलाली । सोमवारको हिँसात्मक घटनालाई निहुँ बनाएर सरकारले टीकापुरमा सेना परिचालन गरेपछि अहिले त्यहाँ सेनाले थारु आन्दोलनकारी तथा सर्वसाधारणको घरघरमा आगो लगाइरहेको भक्तपुरपोष्ट डट ब्लगपोष्ट डट कमले जनाएको छ । समाचार अनुसार टीकापुर अस्पतालमा कार्यरत एक चिकित्सकले नाम नखुलाउने शर्तमा उक्त अस्पतालको अवस्था अहिले निकै भयावह रहेको बताएका छन् । उनका अनुसार अस्पताल प्रशासनले स्वास्थ्य सेवाको सुविधा मान्छेको अनुहार हेरी उपलब्ध गराउन थालेको छ । अस्पतालका थारु कर्मचारीहरुलाई घर पठाइएको खबर छ । त्यस्तै गरी टीकापुरमा अखण्ड पक्षधरले थरुहट नेता कार्यकर्ताको घरघरमा पनि आगो लगाइरहेको खबर सोही ब्लगपोष्टले जनाएको छ । सभासद रामजनम चौधरीले दिएको जानकारी अनुसार कर्फ्युकोपूरा पढ्नुहोस्


बालुवाटारमा राजनीतिक समाधान खोज्ने सहमति !

के थारु समुदायको आवाज सत्ता पक्षले सुनिदेला ?

भदौ ८, काठमाडौं । एसएसपि लक्ष्मण न्यौपाने सहित सातजना प्रहरी र एकजना २ वर्षे बालक समेत गरी ८ जनाको ज्यान जाने गरी कैलालीको टीकापुरमा भएको सोमवारको अनपेक्षित हिंसात्मक झडपपछि संविधान जसरी पनि बनाउँछौं भनी लागिरहेका ४ प्रमुख दलहरु थप अप्ठेरोमा परेका छन् । उनीहरुले मंगलवार वालुवाटारमा बैठक बसी थारु समुदायको आन्दोलनकाम आन्दोलनको सन्दर्भमा राजनीतिक रुपले समाधानको उपाय खोज्ने निर्णय पनि गरेका छन् । आदिवासी थारु समुदायको बाहुल्यता भएको सुदूर पश्चिममा उनीहरुकै बाहुल्य हुने गरी प्रदेश बिभाजन भएमा आफूहरुको हालीमुहाली चलिरहेको राजनीतिक मैदानमा आँच आउने देखेपछि यसअघि गैरथारु सत्तारुढ राजनीतिक नेता तथा समुदायले अखण्डको आन्दोलन चलाएका थिए । र, उनीहरुको आवाजलाईपूरा पढ्नुहोस्


के भन्छन् सिके राउत ?

‘मधेस भूगोलको सुखदुःख हाम्रो साझा कुरा हो’

killing-vehicle-back-law

भदौ ८, काठमाडौं । लामो समयदेखि मधेसमाथि नेपालको केन्द्रीय सत्ताबाट भइआएको क्षेत्रीय र सांस्कृतिक उत्पीडनको अन्त्यका लागि पटक–पटक राजनीति आन्दोलनहरु भए । दश वर्ष लामो माओवादी जनयुद्धले क्षेत्रीय उत्पीडनको मुद्दालाई केन्द्रीय राजनीतिमा स्थापित गरेको थियो । पहिलो संविधानसभा निर्वाचन हुनुपूर्व भएको मधेस विद्रोहले पनि संघीयता र स्वायत्तताको मुद्दामा राज्यलाई सम्झौतामा आउन बाध्य पारेको थियो । तर नेपालको स्थायी सत्ता अहिले पनि मधेसमा उत्पीडन र बहिष्करण कायम राख्न चाहन्छ भन्ने यथार्थ दोस्रो संविधानसभाले प्रस्तावित गरेको विवादित संघीयता र नागरिकतासम्बन्धी व्यवस्थाले पुष्टि गरेको छ । मधेस होस् या थरुहट, लिम्बुवान होस् या नेवा प्रदेश : जनताको आत्मसम्मान र पहिचानको अधिकारलाई संविधानतः प्रत्याभूतिपूरा पढ्नुहोस्