Main Menu

Thursday, August 20th, 2015

 

संविधानसभामा एमाओवादी भूमिका

धोका, कमजोरी वा सीमा ?

भदौ ३ , काठमाडौं । संविधानसभा निर्वाचनलाई राष्ट्रिय एजेन्डाको रूपमा स्थापित गरेको माओवादी आन्दोलनले त्यही एजेन्डामार्फत् उत्पीडित वर्ग तथा समुदायका अधिकार संविधानमा सुनिश्चित गर्ने लक्ष्य लिएको थियो । जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन र विभिन्न उत्पीडित क्षेत्र, लिंग, समुदायका आन्दोलनको मागलाई नयाँ संविधानले सम्बोधन गर्छ कि गर्दैन भन्ने आशंका यतिखेर बढिरहेको छ । अहिले एकीकृत नेकपा माओवादी संविधानको मस्यौदामा विगतका विविध आन्दोलनहरूले उठाएका आवाज र मागहरूका पक्षमा वकालत गर्न करीबकरीब एक्लै जुधिरहेको दाबी गरिरहेको छ । संविधानको खाकाभित्र समेटिएका कतिपय प्रगतिशील प्रावधान हटाउन र यथास्थितिवाद घुसाउन नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला नेतृत्वको मस्यौदा समिति सक्रिय भएको र सम्बन्धित कमिटीमा छलफल भई टुंगो लागिसकेकापूरा पढ्नुहोस्


देश झन् झन् चिसो हुँदैछ : सिके लाल

लामो समय राजनीतिक एवम् सामाजिक–सांस्कृतिक विषयमा लेख्दै आएका सिके लाल समकालीन नेपाली समाजका एकजना प्रखर र मुखर बौद्धिक हुन् । नेपाली राजनीतिका उतारचढाव, सामाजिक सम्बन्धका जटिलता र बहिष्कणरको मुद्दालाई गम्भीरतापूर्वक अध्ययन गरिरहेका लालसँग नयाँ संविधान निर्माण राजनीतिक सन्दर्भको सेरोफेरोमा रहेर सङ्गीत श्रोताले गरेको कुराकानी : मूल्यांकन : जारी हुने अन्तिम तयारीमा रहेको मस्यौदा संविधानको अन्तर्वस्तुलाई तपाईंले कसरी हेर्नुभएको छ । अन्तरिम संविधान–२०६३ र २०४७ सालको संविधानको सापेक्षमा यो कति फरक छ ? सिके लाल : अन्तरिम संविधानभन्दा यो संविधान अग्रगामी देखिँदैन, बरु पछि फर्केको छ । अन्तरिम संविधानमा एउटा संघीयता शब्द मात्रै थियो, खाका थिएन । अब त्यो खाका राखिदिएरपूरा पढ्नुहोस्


दलित आन्दोलनको तेस्रो चरण सुरु

भदौ ३,  काठमाडौं । संयुक्त दलित आन्दोलन नेपालले भाद्र १ मा सार्वजनिक गरेको तेस्रो चरणको आन्दोलनको पहिलो दिन भाद्र २ गते काठमाण्डौं, वानेश्वरमा शीर्ष नेताहरुसहितको सांग्लो जुलुसले प्रवाह गरेको सन्देश संविधानमा दलित अधिकार कटौती गर्नेहरुको कानमा आजै पुग्यो या पुगेन, त्यो बेग्लै कुरा हो तर आन्दोलनको यो तस्रो चरण संपन्न हुन थाल्दा दलितमुक्ति आन्दोलनका विविध घटकहरुमा भावनात्मक ऐक्यवद्धता बढेर गएको र उनीहरुको सहभागितामा उर्जा थपिएको देखिन्छ । आन्दोलनमा संलग्न १ दर्जन दलित अभियन्ता संस्थाहरुले भाद्र १२ सम्मका लागि जारी गरेको आन्दोलनमा यसपछि ७५ जिल्लामा हस्ताक्षर संकलन, नागरिकसंवाद, अन्तरसंवाद, ध्यानाकर्षण, जनप्रदर्शन, सांस्कृतिक प्रतिरोध र मोटर साइकल र्याली हुँदै १२ गते विशेषपूरा पढ्नुहोस्


भारदहको गोली र मृतकलाई ५० लाखको वाचा

भदौ ३, काठमाडौं। सप्तरीको भारदहमा भदौ १ मा प्रहरीले गोली चलाउँदा संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता राजीव कुमार राउतको मृत्यु भएको र अरु केही घाइते भएकोमा ५ जना गंभीर अवस्थामा रहेका छन् । संघीय मधेशी मोर्चाले प्रेस विज्ञप्तीमार्फत् जनाएअनुसर त्यहाँ ठेगाना खुल्न नसकेका संतोष झाकोसमेत विभत्स हत्या भएको थियो । स्थानीय इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेको जनसमुहले प्रहरीमाथि पेट्रोल बम र गोली समेत प्रहार गरेको प्रहरीको दावी रहेको र ५ जना प्रहरीहरु पनि घाइते भएका थिए । त्यहाँ पटकपटक प्रहरी र प्रदर्शनकारीहरुवीच मुठभेड भएको घटनाको प्रतिकृयास्वरुप त्यस भेकमा थप आक्रोश पैदा गरेको छ । गृहमन्त्रीले संविधानसभामा प्रहरीले आत्मरक्षाका लागि गोलीपूरा पढ्नुहोस्


संघीय गठबन्धन बन्यो

भाद्र ३, काठमाडौँ । उत्पीडित आदिवासी जनजाति, मधेसी, खस, शिल्पी/दलित, मुस्लिम, महिला, अल्पसङ्ख्यक, सिमान्तकृत समुदाय तथा पिछडा वर्गको प्रतिनिधित्व गर्न सक्ने एउटा अग्रगामी क्रान्तिकारी गठबन्धनको आवश्यकता महशूस गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र पहिचानमा आधारित सङ्घीय गठबन्धनमा रहेका ८ वटा दलहरूले भाद्र ३ मा बैठक बसी “सङ्घीय गठबन्धन” निर्माण गर्ने सहमति गरेका छन् । सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्ण, तराई मधेस सदभावना पार्टी, नेपालका अध्यक्ष महेन्द्र राय यादव, थरुहट तराई पार्टी, नेपालका अध्यक्ष भानुराम चौधरी, सङ्घीय लिम्बुवान पार्टी, नेपालका अध्यक्ष कुमार लिङ्देन “मिराक”, सामाजिक लोकतान्त्रिकपूरा पढ्नुहोस्


बम विस्फोटमा विदेशी हात छैन : थाई सरकार

भदौ ३, बैंकक । बीस जनाको ज्यान जाने र १ सय २० जना घाइते हुने गरी गत सोमवार स्थानीय समय अनुसार साँझ ७ बजे बैकक शहरको एरावन हिन्दू मन्दिरको प्राङ्गणमा भएको बम विस्फोटमा कुनै अन्तरराष्ट्रिय आतंककारीको हात हुन नसक्ने थाई सरकारले जनाएको छ । अनुसन्धानको प्रारम्भिक निष्कर्ष यही नै भएको सत्तारुढ थाई सैनिक जुन्ता सरकारका प्रवक्ता कर्णेल विन्थाइ सुभरीले आज बैंककमा बताए । तर, अझै अधिकारीहरुका अनुसार बम विस्फोटनका प्रमुख शंकास्पद व्यक्ति विदेशी नै थियो । बैंकक प्रहरीका अनुसार आक्रमणमा १० जना व्यक्तिहरु संलग्न थिए । उनीहरुले मन्दिरमा रहेको सिसि क्यामेराले दिएको फुटेजअनुसार प्रमुख शंकास्पद व्यक्तिको स्केच बाहिर सार्वजनिक गरेकापूरा पढ्नुहोस्


स्वास्थ्य : जनअधिकार कि किनबेचको वस्तु ?

चिकित्साशास्त्र अध्ययन संस्थानका पदाधिकारीहरुको नियुक्तिमा राजनीतिक हस्तक्षेपलाई सहन नसकेर डा. गोविन्द के.सी.ले नयाँ आन्दोलनको शुरुवात गरेका थिए। प्राज्ञिक क्षेत्रमा अवाञ्छित राजनीतिक हस्तक्षेपका विरुध्द उठेको यो आन्दोलनको दायरा फराकिलो हुँदै गयो र त्यसको केन्द्रमा चिकित्सा-शिक्षाको गुणवत्ताको मुद्दा आयो। नीजिक्षेत्रका मेडिकल कलेजहरुको यथार्थ अवस्था, तिनले विद्यार्थीसंग लिने गरेको चर्को शुल्क, नियामक निकायहरुमा रहेको विकृति, निरीक्षणका बेला हुने गरेका पाखण्डपूर्ण नाटकहरु आदि सतहमा आए। गोविन्द केसीको यो आन्दोलनको दायरा विस्तार हुँदै जाने क्रममा अझ बढी सार्वजनिक चासोको कुरा – स्वास्थ्यसेवामा जनताको पहूँचको कुरा आउन थाल्यो। र, योसंग जोडिएर आयो – मेडिकल कलेजहरु अब उपत्यकामा थप्ने हैन, मोफसलमा लानुपर्छ भन्ने कुरा। चिकित्सा शिक्षासंग जोडिएकापूरा पढ्नुहोस्


‘हरेक भाषाको सिनेमा राष्ट्रिय हो’

गौतम घोष (जन्म १९५०) भारतका एकजना प्रख्यात चलचित्रकर्मी हुन् । उनले ‘पार’, ‘पतङ्ग’, ‘पद्म नदिर माझी’ र ‘मोनेर मानुष’ जस्ता बहुचर्चित सिनेमाका निर्देशन गरेका छन् । भारतका १६ वटा राष्ट्रिय र थुप्रै अन्तर्राष्ट्रिय अवार्डबाट पनि उनी विभुषित छन् । सत्यजीत रे, उस्ताद विस्मिल्लाह खान, दलाई लामा लगायतका थुप्रै विषयमा उनले डकुमेन्ट्री पनि निर्माण गरेका छन् । घोषसँग गरिएको कुराकानीमा आधारित यो लेख अङ्ग्रेजी पत्रिका ‘फ्रन्टलाइन’को भारतीय सिनेमाको सय वर्ष विषयक विशेषाङ्क (अक्टुबर २०१३) बाट अनुवाद गरिएको हो । ……………………………………… अहिले हामीसँग उपलब्ध ‘राजा हरिश्चन्द्र’ सिनेमालाई नै भारतको पहिलो पूर्ण सिनेमा मान्ने गरिन्छ । तर, त्यसभन्दा अगाडि पनि सन् १९०३ देखिपूरा पढ्नुहोस्