Main Menu

Friday, August 21st, 2015

 

सात प्रदेशसहित सीमांकन परिमार्जन, फोरम लोकतान्त्रिक असन्तुष्ट

भदौ ४, काठमाडौं । प्रमुख चार दलले संविधान निर्माण गर्ने उद्देश्यले गरेको १६ बुँदे सहमतिको विभिन्न पक्षबाट विरोध भइरहेका बेला सहमति गर्ने चार दलबीच समेत विमति देखिन थालेको छ । शुक्रबार तीन प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र एनेकपा माओवादीबीच छ प्रदेशको पूर्ववत् सहमति परिमार्जन गरी सात प्रदेशमा सहमति हुन लाग्दा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले बैठक छाडेको छ । एमाओवादीले पनि कांग्रेस–एमालेले थारु बाहुल्य पाँचौ प्रदेशमा पहाडी जिल्ला थप्ने प्रस्तावमा फरक मत राखेको छ । छ प्रदेशको सीमांकन परिमार्जन गरी कांग्रेस र एमालेको अघिल्लो वर्षको साझा प्रस्तावको सेरोफेरोमा रहेर सात प्रदेशमा जाने सहमति गरिएको बैठकबाट मधेसी जनअधिकार फोरमपूरा पढ्नुहोस्


प्यालेस्टाइनी मुक्तिका पक्षमा भारतीय अधिकारकर्मीको सम्मेलन हुने

भदौ ४, काठमाडौं । गाजामा हुँदै आएको इजरायली आक्रमणको विरोध तथा प्यालेस्टाइनी मुक्ति संघर्षका पक्षमा दिल्लीमा दुई दिने गोष्ठी हुने भएको छ । अघिल्लो वर्ष गाजामा इजरायलले गरेको नरसंहारको पहिलो वार्षिकीको दिन पारेर दिल्लीमा यस्तो गोष्ठी हुन लागेको हो । शनिबार र आइतबार (भदौ ५ र ६) मा विचार गोष्ठी, कविता वाचन, डकुमेन्ट्री प्रदर्शन, फोटो प्रदर्शन, पेन्टिङ प्रदर्शन, पोस्टर प्रदर्शन, सांस्कृतिक कार्यक्रम लगायतका प्रस्तुति रहने आयोजकले जनाएको छ । शनिबार दिउँसो प्यालेस्टाइनी मुक्ति संघर्ष, त्यसको ऐतिहासिक परिप्रेक्ष्य र चुनौतीबारे गोष्ठी हुने बताइएको छ । उक्त गोष्ठीमा एन.डी. जयप्रकाश, पेग्गी मोहन, असद जैदी, पंकज सिंह, फिरोज मिठीबोरवाला, आनन्द सिंह लगायतले बोल्नेछन्पूरा पढ्नुहोस्


मंगलग्रहमा सेल्फी

भदौ ४, काठमाडौं । स्मार्ट फोनको प्रचलन बढेपछि सेल्फी अर्थात् आफ्नो फोटो आफै र आफ्नै हातबाट खिच्ने चलन चलेको छ । यस्तो काम अब मंगलग्रहमा पठाइएको यन्त्रमानव क्युरियोसिटी रोभरले पनि गर्न थालेको छ । अमेरिकी अन्तरिक्ष एजेन्सीले हालै क्युरियोसिटी रोभरले खिचेको सेल्फी फोटोलाई सार्वजनिक गरेको छ । त्यस सेल्फीमा रोभरले मंगलग्रहको सतहमा ड्रिल गरी खाल्डो खनेको देखाइएको छ । नासाका अनुसार क्युरियोसिटी रोभरले यसअघि पठाएका सेल्फीहरुभन्दा अहिले हालै पठाएको सेल्फीमा धेरै नजिक तलबाट खिचिएको र जमिन प्रष्टसित देख्न सकिने फोटो पठाएको छ । यो फोटो ‘बक्स्कीन’ क्षेत्रको हो र यो पछिल्लो मंगल अभियानले त्यहाँको माटो विश्लेषणका लागि छानिएको महत्वपूर्ण सातौं स्थानपूरा पढ्नुहोस्


नासा भन्छ : पृथ्वीमा कुनै छुद्रग्रह ठोकिन आउनेवाला छैन

भदौ ४, काठमाडौं । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाका वैज्ञानिकहरुले निकट भविष्यमा पृथ्वीमा कुनै छुद्रग्रह ठोकिन आउने सम्भावना नरहेको बताएका छन् । हालै बिभिन्न ब्लग, फेसबुक तथा वेभलगायत बिभिन्न मिडियाहरुमा भाइरलको रुपमा ‘आउँदो सन् २०१५ को सेप्टेम्बर १५ देखि २८ सम्मको समयावधिमा पृथ्वीमा छुद्रग्रह ठोकिन आउँदैछ’ भनी फैलिएको हल्लामा कुनै आधार नभएको उनीहरुले जनाएका छन् । हल्ला अनुसार आउँदा सेप्टेम्बर १५ देखि २८ भित्र मध्य आन्ध्रमहासागरीय टापू देश प्यूर्टोरिको नजिक एउटा ठूलो छुद्रग्रह खस्न आउँनेवाला छ, जसले आन्ध्र महासागर तथा संयुक्त राज्य अमेरिका र मेक्सिको देशका समुद्री किनारी स्थानहरुमा भयानक एवं निर्मम विध्वंश मच्चाउनेछ । तर, यो हल्लालाई नासाको क्यालिफोर्नियास्थित पासाडेनामा रहेकोपूरा पढ्नुहोस्


विस्फोटनमा संलग्न दुई मुख्य शंकास्पद व्यक्तिहरुको पहिचान खुल्यो : थाई प्रहरी

भदौ ४, बैंकक । थाई प्रहरीले गत सोमवार २० जनाको ज्यान जाने र १ सय २० जना घाइते हुने गरी गराइएको बम विस्फोटनमा सलग्न मुख्य दुई शंकास्पद व्यक्तिहरुको पहिचान खुलेको दावी गरेको छ । ती दुई व्यक्तिहरु एरावन मन्दिरमा जडित सिसि क्यामेराले खिचेको भिडियो तस्वीरमा प्रष्ट रुपमा देखिएको बताइन्छ । थाई प्रहरीले यसअघि शंका गरिएका एक चिनीया पर्यटक र उसका थाई गाइड भने घटनामा संलग्न नभएको ठहर गरेको छ । बिबिसिका अनुसार मुख्य शंकास्पद व्यक्तिहरु अझै थाइल्याण्डमै लुकेर बसेको थाई प्रहरीको विश्वास रहेको छ । र, उनीहरुका अनुसार ती व्यक्तिहरु विदेशी होइनन् । तर, एपिले जनाए अनुसार थाई प्रहरीले विस्फोटनमापूरा पढ्नुहोस्


ग्रीसका प्रधानमन्त्रीले राजीनामा दिए

भदौ ४, एथेन्स । ग्रीसका प्रधानमन्त्री एलेक्सि सिप्रासले अचानक राजीनामा दिएको बिबिसिले जनाएको छ । गत जनवरीमा मात्र निर्वाचित भएका उनले राजीनामा सँगसँगै चाँडै नै पुनः संसदको निर्वाचन गराउने पनि घोषणा गरेका छन् । अहिलेसम्म निर्वाचनको मिति बाहिर नल्याइसकिए पनि त्यो आगामी सेप्टेम्बर २० तिर हुन सक्ने अनुमान गरिएको छ । समाचारमा जनाइए अनुसार प्रधानमन्त्री सिप्रासले आगामी हुने निर्वाचनमा उनको वामपन्थी सिरिजा पार्टीको नेतृत्व गर्नेछन् । तर, भर्खरै उनले लिएको सार्वजनिक खर्च कटौतीसम्बन्धी नीतिबाट रिसाएका आफ्नै पार्टीका असन्तुष्ट सदस्यहरुको चुनौतीलाई सामना गर्नुपर्नेछ । भर्खरै मात्र प्रधानमन्त्री सिप्रासले ग्रीसका युरोपेली ऋणीहरुबाट आर्थिक उद्धारको प्याकेज पाउन सरकारको खर्च कटौती नीतिका लागि उनीहरुसँगपूरा पढ्नुहोस्