Main Menu

जीवनी

गणित शिक्षकदेखि सभामुखसम्म महरा

फागुन २५, काठमाडौँ चार दशकदेखि निरन्तर वामपन्थी राजनीतिमा सक्रिय नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराको प्रतिनिधिसभाको सभामुखमा एकल उम्मेदवारी परेको छ । शालीन व्यक्तित्व महराविरुद्ध कुनै पनि राजनीतिक दलले उम्मेदवारी अगाडि सारेनन् । राजनीतिक दलबीच समन्वयकारी भूमिका निर्वाह गर्न सफल महरालाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको सभामुखको शालीन व्यक्तित्व र सन्तुलित व्यवहारले संसद् र संसदीय पद्धतिको गरिमा अभिवृद्धि हुने विश्वास गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा सुमधुर सम्बन्ध राख्न सफल महरालाई राष्ट्रिय संकटमा गाँठो फुकाउन पर्दा धेरैले सम्झने गरेका छन् । उनको व्यक्तित्व एवं कूटनीतिक क्षमता पार्टीभित्रको आन्तरिक तथा मुलुकले झेल्दै आएको द्वन्द्व समाधानमा महत्वपूर्ण योगदान पुगेको धैरेको विश्वासपूरा पढ्नुहोस्