Main Menu

शब्दचित्रमा प्रगतिवादी साहित्यकार घनश्याम ढकाल

जन्ममिति – वि.सं २०१० माघ १४ गते
जन्मस्थान – पुतलीबजार नगरपालिका–८, सतौं, ठूलापँधेरा, स्याङ्जा
बसोबास – पोखरा उपमहानगरपालिका–८, सिमलचौर, कास्की
अस्थायी बसोबास – कीर्तिपुर, काठमाडौं (२०६५ देखि)

माता/पिता – कौशल्या/प्रभाकर ढकाल
श्रीमती – पारू ढकाल
छोरा/छोरी – विजय ढकाल ‘विश्वास’ (सहिद), सिर्जना ढकाल, वन्दना ढकाल
बुहारी – विरजा अधिकारी ‘नमूना’

शिक्षा – स्नातकोत्तर (तथ्याङ्कशास्त्र), बीएल

प्राध्यापन – पृथ्वीनारायण क्याम्पस, पोखरा (२२ वर्षसम्म)
संस्थापक प्राध्यापक – जनप्रिय क्याम्पस, पोखरा

संलग्नता

पूर्वमहासचिव, पूर्वउपाध्यक्ष, पूर्वसल्लाहकार तथा अध्यक्ष, प्रगतिशील लेखक सङ्घ, नेपाल
अध्यक्ष, अखिल नेपाल लेखक सङ्घ, नेपाल
पूर्वउपाध्यक्ष, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, नेपाल
संस्थापक सचिव, पूर्वअध्यक्ष तथा सल्लाहकार– गण्डकी साहित्य संगम, पोखरा
सल्लाहकार – गण्डकी साहित्य परिषद्
संस्थापक – गोकुल साहित्य पुरस्कार
संस्थापक अध्यक्ष तथा संरक्षक, विजय ढकाल सहिद स्मृति प्रतिष्ठान, पोखरा
पूर्वअध्यक्ष तथा सल्लाहकार, प्रगतिशील लेखक सङ्घ, कास्की
संस्थापक सदस्य, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति
सल्लाहकार, अभिज्ञान आन्दोलन, काठमाडौँ
सल्लाहकार, नेपाल साहित्यिक पत्रकार सङ्घ आदि ।

सङ्गठनमा आबद्ध

अनेरास्ववियु, २०३० साल
कम्युनिस्ट पार्टीको निकट रहेर काम गरेको– २०३० सालदेखि
नेकपाको पूर्ण सदस्यता– २०३६ साल

लेखन आरम्भ – २०२६ सालदेखि (नौ कक्षामा पढ्दापढ्दै लेख्न सुरू)
लेखन मुख्य विधा – आख्यान र समालोचना

प्रकाशित कृतिहरू 

१. नाम कमाउने रहरमा, निबन्ध सङ्ग्रह, २०४२
२. गङ्गा–कावेरी एक्सप्रेस (चिठीलाई जवाफ), काव्य, २०४२
३. फैसला हारजीतको, कविता सङ्ग्रह, २०४४
४. अभिवादन गर्छ सगरमाथा पेरुभियाली जनक्रान्तिलाई, काव्य, २०४४
५. दरिद्रताबाट मुक्ति, निबन्ध सङ्ग्रह,२०४५
६. भरिया र यात्री, कथा सङ्ग्रह, २०४६
७. गाउँभित्र, उपन्यास, २०४७
८. सहिद मानचित्रमा नपरेको सहिद, कथा सङ्ग्रह, २०४८
९. समर्पणको बाटोमा, कथा सङ्ग्रह, २०५१
१०. माक्र्सवादी सौन्दर्यशास्त्रको विवेचना, समालोचना, २०५४
११. आजको महाभारत, कथा सङ्ग्रह, २०५५
१२. रातो आकाश, उपन्यास, २०६०
१३. भावनाका छालहरू, शोकगीतिका, २०६२
१४. ऐतिहासिक तथा द्वन्द्वात्मक भौतिकवाद, सैद्धान्तिक पुस्तिका
१५. सहिदको सालिक, कथा सङ्ग्रह, २०६६
१६. सौन्दर्यशास्त्रको आँखीझ्याल, सौन्दर्यचिन्तन पुस्तिका, २०६६

सम्पादित ग्रन्थ 

१. यथार्थवादी नेपाली समालोचना, २०६२
२. पोखरेली समालोचना, २०६५
३. माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, २०६७ (सम्पादन संयोजक)

सम्पादक – पसिना, कलम, गण्डकी संगम, चन्द्रागिरि लगायतका विभिन्न साहित्यिक पत्रिका ।

प्रधान सम्पादक – क्रमभङ्ग विचारप्रधान द्वैमासिक

पुरस्कार/सम्मान

क) राष्ट्रिय प्रतिभा पुरस्कार–२०५१ (अस्वीकार)
ख) पारिजात सृजन पुरस्कार–२०५५
ग) साहित्य सन्ध्या पुरस्कार– २०६३
घ) मनकुमारी–केदार शर्मा प्रतिभा पुरस्कार– २०६५
ङ) गोकुल साहित्य पुरस्कार–२०६९ (मरणोपरान्त)

मृत्यु – २०६८ फागुन १, काठमाडौँ

(Visited 402 times, 1 visits today)

टिप्पणी

comments