Main Menu

Sunday, August 23rd, 2015

 

ठाउँको ठाउँ गोली हानेर दण्ड दिने हो भने निर्दोषहरू पनि प्रहरीको शिकार हुन सक्छन्

‘सहिद घैंटेका पदचापहरूको अनुशरण गरौं !’

भदौ ६, काठमाडौँ । भदौ ३ गते गुण्डा–नेता कुमार श्रेष्ठ घैंटे प्रहरीको गोली प्रहारले काठमाडौंमा मारिएपछि नेपाली कांग्रेसको स्थानीय इकाइले घैंटेलाई सहिद घोषणा गर्नुपर्ने माग नै पास गर्यो बैठकबाट । घैटे मारिएको टोल सामाखुसीदेखि लैनचौरसम्म एक खण्ड सडकको नाम पनि कुमार घैंटे मार्ग बनाउने निर्णय गरिएको छ । नेपाली कांग्रेसका सभासद् भीमसेनदास प्रधानको सभापतित्वमा बसैको बैठकले यो निर्णय गरेको हो । कुमार श्रेष्ठ स्मृति प्रतिष्ठान बन्ने र त्यसको संरक्षकमा कांग्रेसी नेताहरू जगदीश नरसिंह केसी र धनराज गुरुङ रहने पनि टुंगो भएको बुझिएको छ । यति मात्र हैन, नुवाकोटको बटार र काठमाडौंको सामाखुसीमा घैंटेको पूर्ण कदको सालिक राख्ने पनि उनीहरूले निर्णयपूरा पढ्नुहोस्


संविधान निर्माणको बेला किन छुट्टै भेला ?

सोल्टीमोड भेलाले उठाएको प्रश्न

गत हप्तान्तमा काठमाडौंको सोल्टीमोडमा एमाओवादीभित्रका एकथरि नेता–कार्यकर्ताहरुको एक भेला सम्पन्न भएको छ । पूर्व एकताकेन्द्र–मसाल निकटका केही कार्यकर्ताहरुको पहलमा आयोजित भनिएको भए पनि उक्त भेलामा पूर्व एकताकेन्द्र मसालका नारायणकाजी श्रेष्ठ तथा गिरीराजमणी पोखरेललगायत वरिष्ठ नेताहरुको भने उपस्थिति देखिएन । भेलाले एमाओवादीका वर्तमान संस्थापन पक्ष तथा विपक्षको नेतृत्वले अबको समाजवादी क्रान्तिको नेतृत्व गर्न नसक्ने ठहर गरी पार्टी र आन्दोलनलाई नयाँ ढङ्गले पुनरनिर्माण गरी अगाडि बढाउनु पर्ने निष्कर्ष निकालेको बताइएको छ । त्यस भेलाले नयाँ आन्दोलनको बहसको निम्ति ‘समाजवादका लागि बैचारिक अभियान’ नामक फोरम समेत बनाएको छ । उता जनयुद्ध कालदेखि नै सँगसँगै हिँडेका पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता वावुरामपूरा पढ्नुहोस्


आदिवासी जनजाति आन्दोलन किन कमजोर हुँदैछ ?

भदौ ६, काठमाडौं । पहिचानसहितको संघीय प्रदेश निर्माण लगायतका माग गर्दै गरिएको नेपाल बन्दको प्रभाव राजधानीमा कमजोर देखिएको छ । आदिवासी जनजाति महासंघले नयाँ संविधानमा पहिचान, धर्मरिनपेक्षता, समावेशी–समानुपातिक व्यवस्थाको सुनिश्चितताको माग गर्दै दुई दिने नेपाल बन्द आयोजना गरेको थियो । प्रमुख चार दलले पहिले छ प्रदेश र पछि सात प्रदेशको सीमांकनको खाका सार्वजनिक गरेपछि महासंघसहित उत्पीडित जनजाति समुदायले त्यसप्रति विरोध जनाउँदै आएको छ । महासंघले पश्चिम नेपालमा थारु र मगर बहुल क्षेत्रमा बासस्थानको निरन्तरताका आधारमा प्रदेश विभाजन गरिनुपर्ने मागसहित आइतबार र सोमबार बन्द घोषणा गरेको थियो । आन्दोलनकारी शक्ति कमजोर भएको र जनताको निराशा बढ्दै गएकाले आन्दोलनका कार्यक्रमहरू अपेक्षित सफलपूरा पढ्नुहोस्


उत्तर र दक्षिण कोरियाबीच वार्ता हुने

भदौ ६, काठमाडौं । सीमा क्षेत्रमा अत्यधिक तनाव बढ्दै गएपछि त्यसलाई न्यूनीकरण गर्न दुबै देशका उच्च स्तरीय अधिकारीहरुबीच आइतवार साँझ प्रत्यक्ष वार्ता गराउन उत्तर र दक्षिण कोरियाली सरकार तयार भएको कुरा दक्षिण कोरियाका अधिकारीहरुले बताएका छन् । समाचारमा जनाइए अनुसार उत्तर र दक्षिण कोरियाका अधिकारीहरुबीचको प्रत्यक्ष वार्ता यो यस वर्षको दोश्रो पटकको हो । वार्ताको घोषणा दुबै देशका अधिकारीहरुबीच शनिवार भएको घण्टौंसम्मको कुराकानीपछि गरिएको खबर बिबिसिले दिएको छ । कुराकानीका लागि दुबै देशका नेताहरुका सहयोगीहरु सीमा क्षेत्रको पानमुनजोम गाउँमा भेला भएका थिए । हालसालै दक्षिण कोरियाले उत्तर र दक्षिणको सीमा क्षेत्रमा ‘युद्धको अर्धावस्था’ भएको सन्देश लाउडस्पिकरबाट दिँदै गरेपछि उत्तर कोरियालेपूरा पढ्नुहोस्


नवप्रवेशी बोर्नमाउथको पहिलो जित

भदौ ६, काठमाडौँ  । इङ्ग्लिस प्रिमियर लिगको नवप्रवेशी बोर्नमाउथले क्यालम विल्सनको ह्याट्रिकको सहयोगमा शनिवार अप्टन पार्कमा वेस्ट ह्यामलाई ४–३ गोलअन्तरले नाटकिय रुपमा पराजित गरेको छ । यो बोर्नमाउथको इङ्ग्लिस प्रथम श्रेणीको फुटबल लिगमा इतिहासकै पहिलो जित हो । विल्सनले पहिलो हाफमै दुई गोल गरेका थिए । दुबै गोल वेस्ट ह्यामका रक्षक आरन क्रेसवेलको गल्तीहरुमा भएका थिए । दोस्रो हाफको सुरुवातमै मार्क नोबलले पेनाल्टिमार्फत् गोल गर्दा वेस्ट ह्याम खेलमा फर्कने संकेत मिलेको थियो । त्यसको केही समयपछि नै शिकु कुयातले वेस्ट ह्यामको लागि बाराबरी गोल गरेपनि ६६ औँ मिनेटमा मार्क प्यूले बोर्नमाउथलाई फेरि अग्रता दिलाए । ७९ औँ मिनेटमा कार्ल जेन्किन्सनलेपूरा पढ्नुहोस्