Main Menu

Wednesday, August 26th, 2015

 

थरुहट आन्दोलनप्रति राजधानीमा ऐक्यबद्धता

भदौ ९, काठमाडौं । थरुहट प्रदेशका लागि पश्चिम नेपालमा चलिरहेको आन्दोलनप्रति बुधबार राजधानीमा ऐक्यबद्धता जनाइएको छ । आदिवासी जनजाति बृहद संयुक्त मोर्चाको आव्हानमा मार्चपास सहित ऐक्यबद्धता जनाइएको हो । खुलामञ्चबाट सुरु भएको मार्चपास नयाँ बानेश्वरमा पुगेर खबरदारी सभामा परिणत भएको थियो । थारुवान प्रदेशको माग सहित कैलालीमा चलिरहेको आन्दोलनले सोमबार हिंसात्मक रुप लिएको थियो । थारु बाहुल्य क्षेत्र कैलाली र कञ्चनपुर जिल्ला सहित थारुवान राज्यको माग गर्दै थारु समुदायले निरन्तर आन्दोलन गरिरहेका छन् । सत्तारुढ दलहरूको अडानका कारण कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लासहित सुदूरपश्चिम क्षेत्रमा गाभिएपछि आन्दोलन चर्किएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत माओवादी र मधेसी जनअधिकार फोरमपूरा पढ्नुहोस्


पुनः चाभेजको पार्टीले जित्ने सम्भावना

भेनेजुएलामा डिसेम्बरमा निर्वाचन

भदौ ९, काठमाडौं । दक्षिण अमेरिकी देश भेजेजुयलामा आगामी डिसेम्बर ६ मा संसदको निर्वाचन हुने घोषणा भएको छ । निर्वाचनमा समाजवादी नेता बितेका ह्युगो चाभेजको पार्टी पिएसयुभिले तुलनात्मक रुपमा विगतभन्दा राम्रो स्थान हासिल गर्न नसक्ने सम्भावना रहे पनि विजय भने सोही पार्टीकै हुने भेनेजुयाली विश्लेषकहरुले गरेको कुरा भेनेजुयलानालाइसिस डट कमले जनाएको छ । दुई वर्षअगाडि सन् २०१३ मा समाजवादी नेता तथा भेनेजुयलाका तत्कालीन राष्ट्रपति ह्युगो चाभेजको क्यान्सर रोगबाट असामयिक निधन भएको थियो । त्यस पश्चात लगतै भएको निर्वाचनमा विजयी भई त्यस बेलादेखि भेनेजुयलामा पिएसयुभिका अर्का नेता निकोलस मदुरोले राष्ट्रपतिको पद सम्हाल्दै आएका छन् । सन् १९९८ अगाडिसम्म भेनेजुयलामा अमेरिकी समर्थकपूरा पढ्नुहोस्


अराजकताले सीमा नाघ्दैछ

टीकापुरमा एक रेडियो स्टेसन पनि आगोमा

भदौ ९, काठमाडौं । कैलालीको टीकापुरमा फैलिएको हिँसात्मक प्रदर्शनहरुले उग्र रुप लिँदैछन् । मंगलवार थारुविरोधी प्रदर्शनकारीहरुले थारुहरुका थुप्रै घरहरुमा आगो लगाउनुका साथै फुलवारी एफएम रेडियो स्टेसनलाई पनि जलाइदिएको कुरा टीकापुरस्थित क्षेत्रीय प्रहरी प्रमुख रामकुमार खनाललाई हवाला दिँदै बिबिसि नेपाली सेवाले जनाएको छ । त्यस्तै गरी एपिले जनाए अनुसार अहिले धेरै जसो थारु प्रदर्शनकारीहरु सुरक्षाका लागि नजिकको जङ्गलमा गएर लुकेका छन् । कोही भने नजिकका अन्य जिल्लाहरुमा भागेको खबर छ । सरकारले टीकापुरमा सेना परिचालन गर्ने निर्णय गरे पश्चात अहिले त्यहाँ भारी सङ्ख्यामा सेनाहरु परिचानलन गरेको बिबिसिले जनाएको छ । सरकारले थप हिंसा बढ्न नदिनका लागि क्षणिक समयका लागि सुरक्षाकर्मीहरुको उपस्थितिलाईपूरा पढ्नुहोस्