Main Menu

थाइल्याण्डमा बम विस्फोटन

c1_658688_150817221849_620x413
भदौ १, बैंकक, थाइल्याण्ड । सोमवार साँझ ७ बजेतिर थाइल्याण्डको राजधानी बैंककमा ठूलो बम विस्फोट भएको खबर छ । मध्य बैंककको एरावन नामको एक हिन्दू मन्दिरनिर भएको उक्त विस्फोटनमा कम्तीमा पनि १९ जनाको ज्यान गएको र १२० जना गम्भीर घाइते भएको बिबिसिले जनाएको छ ।

विस्फोटनको बेला एरावन मन्दिरमा ठूलो भिडभाड रहेको जनाइएको छ । विशेषगरी विदेशी पर्यटकहरु आकर्षित हुने उक्त मन्दिरमा विस्फोटनमा परी मर्नेहरुमा थाइल्याण्ड घुम्न आएका चिनियालगायत थुप्रै विदेशीहरु रहेका छन् । अहिलेसम्म व्स्फिोटनको जिम्मेवारी कसैले लिएको छैन । थाई रक्षामन्त्री प्रविट वोङ्गसुवोनका अनुसार आक्रमणकारीहरुले थाई अर्थतन्त्रलाई नराम्रो असर पार्न विदेशी पर्यटकहरुलाई निशाना बनाएको हुन सक्छ ।

थाइल्याण्डमा पनि मुस्लिम बिद्रोहीहरु रहेका छन् । कसैकसैले यो विस्फोटन तिनीहरुले गराएको अनुमान गरेका छन् । तर, यदि मुस्लिमहरुले विस्फोटन गराएको भए यो घटना उनीहरुको प्रभाव रहेको दक्षिणी क्षेत्रमा हुनुपर्दथ्यो । त्यसकारण यसको सम्भावना पनि न्यून नै देखिन्छ । अर्को, चिनीया पर्यटकहरुलाई निशाना बनाएको जस्तो देखिएकोले यो कहिँ चिनीया उइगुर बिद्रोहीहरुको काम पो हो कि भनी शंका गर्नेहरु पनि छन् । तर, यसको प्रमाणिकताको पनि पुष्टि हुन सकेको छैन ।

थाईल्याण्डमा अहिले सैनिक सरकार छ । राजतन्त्रीय उच्च घरानीय तथा धनी मध्यम वर्गको बर्चश्व रहेको थाई सैनिक नेतृत्वले गत सन् २०१४ मे महिनामा मात्र यिनलक सिनावात्राको प्रजातान्त्रिक सरकारलाई भ्रष्टाचारको आरोप लगाई अपदस्थ गरेको थियो । खासगरी गाउँका गरिव किसानहरुलाई राज्यबाट अनुदान दिने सिनावात्रा सरकारको नीतिबाट असन्तुष्ट सेनाले सरकार अपदस्थ गरेको थियो । र, लामो समयदेखि थाइल्याण्डमा उच्च घरानीया एवं धनी मध्यम वर्ग र गाउँका किसानहरुबीच भइरहेको द्वन्द्वलाई उक्त घटनाले झन पेचिलो बनाएको थियो । सोमवारको बम विस्फोटन त्यो द्वन्द्वसँग सम्बन्धित छ या छैन प्रष्ट भएको छैन ।

(Visited 128 times, 1 visits today)

टिप्पणी

comments