Main Menu

Tuesday, August 18th, 2015

 

इतिहासमा नागरिक आन्दोलन


‘नेपाली भारतीय साहित्य विद्रोही मुडमा छ’

राजा पुनियानी साहित्यको सामाजिक दायित्वप्रति सचेत युवा कवि हुन् । उनी कविताको कलात्मक चेतना र शैलीगत परिष्कारमा सुक्ष्म रूपमा ध्यान दिन्छन् । समकालीन भारतीय नेपालीभाषी कविहरूबीच उनले आफ्नो विशिष्ट परिचय बनाइसकेका छन् । अघिल्लो वर्ष उनको फुटकर कविता ‘कश्मीर’ पाठकहरूबीच निकै प्रशंसित भयो । फुटकर लेखनबाहेक पुनियानीको लामा कविताहरूको संग्रह ‘अर्को लश्कर’ प्रकाशित छ । कवि पुनियानीसँग ‘मूल्यांकन’का लागि सङ्गीत श्रोताले गरेको साहित्य–संवाद : ———————- मूल्यांकन : तपाईंले कश्मिरमाथि जुन कविता लेख्नुभएको छ, त्यस कविता रचनाको अन्तर्कथा के हो ? सिलगढ़ीमा बसेर कश्मिरबारे लेख्न तपाईंलाई केले घच्घच्यायो ? राजा : सवाल संवेदनशील छ। छोटोमा दिइएको उत्तरले कन्फ्युजन निम्त्याउन सक्छ। त्यसैलेपूरा पढ्नुहोस्


बन्दी छोराको पत्र

आमा ! यो अँधेरो कालकोठरीभित्र तपाईंको मायालु न्यानो काखदेखि म धेरै टाढा छु देशका धेरै धेरै सन्ततिहरुका साथमा बन्दी जीवनका अति यातना र कष्टपूर्ण घडीहरु खप्दै म मेरा प्रिय संगी र, आत्मीय स्वजनहरुदेखि पनि धेरै टाढा छु । मेरो शिरमा स्नेहपूर्ण कोमल हातहरु सुम्सुम्याउँदै आमा ! तपाईंले गहिरो ममताका शीतल स्पर्शहरु छर्न सक्नुहुन्न तपाईंको समुद्रजस्तै विशाल मातृत्वको प्रशान्त सागरमा अथाह डुबेर म पनि पूर्णिमाको चन्द्रझैं अगाध रमाइरहन सक्तिँन । तर तैपनि आमा ! म जति टाढा रहूँ तपाईंदेखि तपाईंको प्रेमाकुल मुटुको अंगालोदेखि अनि मेरो असंख्य प्रियजनहरुदेखि मेरो मन सधैं तपाईंकै प्यारो काखमा हुन्छ मेरो मन सधैं–सधैं मित्रहरुकै रमाइलो साथमा हुन्छपूरा पढ्नुहोस्


धर्म र नेपाली कम्युनिस्ट

१. विषय प्रवेश मानव जगतमा दुई विश्वदृष्टिकोण छन् । चेतना (प्रत्यय) लाई प्राथमिक मान्ने प्रत्ययवाद र पदार्थलाई प्राथमिक मान्ने भौतिकवाद । परिवर्तनको श्रोत पदार्थभन्दा बाहिर खोज्ने अतिभूतवाद र परिवर्तनको श्रोत पदार्थभित्र नै खोज्ने द्वन्द्ववाद । समष्टिमा अतिभूतवादी प्रत्ययवाद र द्वन्द्वात्मक भौतिकवाद । सबै धर्महरु मूल रूपमा अतिभूतवादी प्रत्ययवादको दार्शनिक मान्यताको जगमा उभिएका हुन्छन् । द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको आविष्कारसहित कम्युनिस्ट आन्दोलनको जन्मभन्दा पहिले भएका सबैप्रकारका राजनीतिक आन्दोलनहरुले विश्वदृष्टिकोणमा परिवर्तनको मुद्दा उठाएका थिएनन् । तर कम्युनिस्ट आन्दोलन एउटा यस्तो राजनीतिक आन्दोलनका रुपमा उपस्थित भयो जसले हजारौं मतहरुमा व्यक्त अधिभूतवादी प्रत्ययवादका विरुद्ध चुनौती दियो । यस अर्थमा कम्युनिस्ट आन्दोलन सारतत्वमा विश्वदृष्टिकोण परिवर्तनको आन्दोलनपूरा पढ्नुहोस्


सात राजनीतिक दल र नेकपा माओवादीवीच भएको १२ बुँदे सहमति

ऐतिहासिक १२-वुँदे समझदारी-पत्र नेपालमा लामो समयदेखि चल्दै आएको निरंकुश राजतन्त्र र लोकतन्त्र ९म्झयअचबअथ० वीचको संघर्ष आज अत्यन्त गम्भीर र नयाँ मोडमा पुगेको छ । विगत दश वर्षदेखि जारी सशस्त्र द्धन्दको अग्रगामी राजनीतिक निकासद्धारा समाधान गर्दै शान्ति स्थापना गर्नु आजको आवश्यकता भएको छ । त्यसैले निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्दै राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सवै क्षेत्रका वर्गीय, जातीय, लिंगीय, क्षेत्रीय आदि समस्याहरुको समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्दै पूर्ण लोकतन्त्रको अवधारणालाई कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता भएको छ । देशमा विद्यमान उक्त परिप्रेक्ष्य र सन्दर्भमा संसद भित्रका सात राजनीतिक दलहरु र नेकपा (माओवादी) वीच विभिन्न ढङ्गले वार्ता भई निम्नपूरा पढ्नुहोस्


माइक छोड्दै नछोड्ने वक्ताहरु !

गाग्राको कुराबाट शुरु गरी आग्रासम्मको बयान छाँट्ने हुस्सू वक्ताहरुले कहिले पाठ सिक्लान्? ० केही समयअघि राजधानीमा आयोजित एक साहित्यिक भेटघाटमा एकजना वक्ताले साह्रै नै ‘बोर’ गरे। ‘कार्यक्रम डेढ घण्टामा सकिने छ’ भनी त्यस कार्यक्रममा सहभागीहरुलाई आयोजकहरुले बल्ल बल्ल जुटाएका थिए। तर कार्यक्रम लम्बिएर साढे तीन घण्टा लामो भइसकेको थियो। अन्तिमभन्दा अगाडिका वक्ताको पालो उनी बोल्दै थिए। उनले यत्ति लामो बोले, उनको कुरा सुन्दा सुन्दा दिक्क लागेर आधाभन्दा बढी मान्छेहरु त उठेरै हिँडे। बाँकी मानिसहरुलाई पनि अत्यन्तै ठूलो धर्मसंकट आइलाग्यो। साँझ परिसकेको थियो, टाढासम्म पुग्नुपर्ने मानिसहरुलाई गाडी नपाइने डरले सताइरहेको थियो र अर्को कुनै काममा बेलैमा जानु पर्नेहरुलाई त झन् साह्रैपूरा पढ्नुहोस्


मानव शरीर कम्प्युटरको हार्डवेयर हो र आत्मा चाहिँ सफ्टवेयर

विज्ञान र आध्यात्मवाद

धेरैलाई के लाग्न सक्छ भने आत्माको अस्तित्वको कुरा गर्नासाथ आध्यात्मवादी होइन्छ । त्यसैले आत्माको कुरै नगरौं, सबै कुरा भौतिक पदार्थसँग गाँसिएका हुन्छन्, त्यसैको मात्र कुरा गरौं भन्ने उनीहरुको आग्रह हुन्छ । तर, नगरौं भन्दाभन्दै पनि हरेक क्षणमा आत्माको कुरा अगाडि आइहाल्छ । म, तिमी, तपाईं, उनी, तिनी सबैको पहिचान आत्माले नै गरेको हुन्छ । त्यस्तै मेरो, तिम्रो, तपाईंको, उनको, तिनको आदि सबैमा आत्माले नै काम गरेको हुन्छ । रुचि, अरुचि, माया, ममता, पे्रम, घृणा, रीस, राग, इष्र्या सबैमा पनि आत्माले नै काम गरेको हुन्छ । त्यसैले भौतिकवादीले जति नै पन्छाउन खोजे पनि उसलाई आत्माको कुरोले कहिल्यै छोड्दैन । मान्छे जहाँपूरा पढ्नुहोस्


नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणा पत्र (सेप्टेम्बर, १९४९)

विगत चालीस वर्षमा दुई विश्व युद्धहरू भए । पहिलोको फलस्वरूप विश्वको ६ खण्डको एक खण्ड भू-भग पूँजीवादी घेराबाट मुक्त भएको छ र समाजवादी सोवियत सङ्घको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान ऍतिहासिक यथार्थतामा फेरिएको छ । यो महान ऍतिहासिक यथार्थता पूँजीवादी तथा सामन्ती दासत्व-विरुद्ध विद्रोह गर्न सबै मुलुकहरूका शोषित र श्रमजीवी जनतालाई निरन्तर आह्वान हो । अतः बेलायत, फ्रान्स र अमेरिकाका पूँजीवादी शासकवर्गहरूले सोवियत सङ्घको विरुद्ध हिटलरी फासिस्टवादलाई उठाए र प्रत्यक्ष रूपले दोस्रो विश्व युद्धलाई बाटो तयार पारे तथा खोले । तर दोस्रो विश्व युद्धको फलस्वरूप, सोवियत ध्वस्त नभएको मात्र होइन, बरू पूर्वी तथा दक्षिण-पूर्वी युरोपका कैयन मुलुकहरूलेपूरा पढ्नुहोस्


चीनमा अल्पसंख्यक जनजातिसम्बन्धी नीति

१. जातीय समानता चीन एक एकात्मक बहुजातीय मुलुक हो । यहाँ अहिले ५६ वटा जातीय समूह छन् । हानको मात्र जनसंख्या ९३% रहेको चीनमा अन्य ५५ वटा जातीय समूहको जनसंख्या ७% मात्र रहेको छ । तर जनसंख्या कम भए पनि उनीहरुले ओगटेको भूमि क्षेत्रफल भने चीनको कूल भूमिको ६२% रहेको छ । तैपनि विकासको दृष्टिले हानको तुलनामा यिनीहरु निकै पछि परेका छन् । त्यसो हुनुको कारण चीनमा लामो समयदेखि सत्तामा रहेका हान जातिका प्रतिक्रियावादी शासकहरुले उनीहरुलाई अलग जातीय समूहको रुपमा मान्यता नदिनु र दमन, उत्पीडन गर्नु नै रहेको थियो । सन् १९४९ को जनक्रान्तिपछि बनेको सरकारले चीनको अल्पसंख्यक जनजातिहरुलाई (Nationalities)पूरा पढ्नुहोस्


जापाता र किसान आन्दोलन

मेक्सिकोका क्रान्तिकारी नायक इमिलियानो जापाताले नेतृत्व गरेको किसान आन्दोलन विश्वकै महत्वपूर्ण किसान आन्दोलन मानिन्छ । जापाताले सन् १९१० देखि १९१९ सम्म जमिनदार वर्गपक्षधर राष्ट्रपति पोर्फिरियो दायजको निरङ्कुश शासनविरुध्द भूमिसुधारको नारामा सशस्त्र किसान आन्दोलन चलाएका थिए । उनले मोरलोस राज्यको त्यलाहुइकान नामक आदिवासी अमेरिकी गाउँबाट किसान आन्दोलन चलाउँदै देशभरिको क्रान्तिको रुप दिएका थिए । सङ्घर्षगाथा राज्यले किसानहरुको जमिनमा हस्तक्षेप गरी भकाभक केही कम्पनीको हातमा जमिन दिनथालेपछि जमिनको रक्षा र जीविका सुरक्षाका लागि किसानहरु एकजुट हुन थाले । त्यसबेला जापाता र उनका सहयोगीहरुले विश्वकै लागि आफ्नो आन्दोलन र मागका विषयमा स्पष्ट पार्ने प्रयास गरे । उनीहरुले आन्दोलनका मान्यताहरु अगाडि सार्दै आफ्नो सङ्घर्षकापूरा पढ्नुहोस्