Main Menu

फोक्सिङकोटको रानीवासमा मारुनी नाच

असोज १८, रामपुर

fokshinkot-ranibash-maruni-danceविजयादशमीको अवसर पारेर पाल्पाको रम्भा गाउँपालिका–२, फोक्सिङकोटको रानीवासमा मारुनी नाच नाचिएको छ ।

मगर समुदायमा नाचिने लोपोन्मुख मारुनी नाच फोक्सिङकोटको रानीवास र झर्लेङमा मात्र नाच्ने गरिन्छ । हरेक वर्ष आश्विन शुक्ल महाष्टमीका दिन दुर्गा भवानीको मन्दिरमा रातभर मारुनी नाचेर जाग्राम बस्ने चलन रहीआएको छ । मारुनी नाचमा भर्खरका युवकलाई फरिया, टिकीया, सारी, कण्ठ, चोली ऐतिहासिक पहिरन पहिर्याई मारुनी तयार गरेर नाच नाच्ने गरिन्छ ।

मारुनीसँगै पुच्र्छुङ्गे र मादले समेत नाच्ने गर्छन् । मारुनी नाचका गुरु अर्थात् रौराले गीतको थालनी गरेर दुई समूहमा नाच्ने गरिन्छ । सरस्वती देवीको बन्दनासँगै रामायण, कृष्णलीला, ख्याली, डाँडी, मझौटे गीत यो नाचमा गाउने गरिन्छ । रानीवासमा हरेक वर्ष बडादशैँ, तिहार र हरिबोधनी एकादशीको भोलिपल्ट तथा मंसिरे पुजाको भोलिपल्ट मारुनी नाच नाच्ने गरिएको एवत सारुले बताउनुभयो । मारुनी नाचको माध्यमबाट गाउँको लागि रकमसमेत जुटाउने गरिएको छ ।

यसपटक बडादशैँमा नाचिएको मारुनी नाचबाट रु. २४ हजार ५२४ बराबरको रकम संकलन भएको मारुनी नाचका अगुवा देवेन्द्र सारुले बताए । नाचमा सहभागी हुन टाढाटाढा रहेका पनि गाउँ फर्कने गरेका छन् फोक्सिङकोट रानीवासको मारुनी नाचका बारेमा विभिन्न अध्येताले अध्ययन अनुसन्धान समेत गरेका छन् ।

हालैमात्र पद्मकन्या बहुमुखी क्याम्पस, काठमाडौँका प्राध्यापक डा. मुकुन्द शर्माले मारुनी नाचको विषयमा विद्यावारिधि गरेका छन् । नाचको जगेर्ना गर्न नयाँ पुस्ताले पहल गर्नुपर्ने रौरा नरबहादुर सिंजालीले बताए । मारुनी नाचबाट संकलित रकम गाउँका विकास निर्माण तथा सामाजिक क्षेत्रमा खर्च गर्दै आएको समूहले जनाएको छ ।

(Visited 355 times, 1 visits today)

टिप्पणी

comments