Main Menu

Wednesday, October 4th, 2017

 

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

local-elections-ballot-paper-voter-list

असोज १८, काठमाडौँ निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सञ्चालनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेको छ । आयोगको मंगलबार बसेको बैठकले ७७ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र अन्य न्यायाधीशलाई न्यायपरिषद्को सिफारिसमा निर्वाचन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । साथै, न्याय सेवा आयोगको सिफारिसमा न्याय सेवाका द्वितीय श्रेणी अधिकृतलाई निर्वाचन अधिकृतमा असोज १९ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नियुक्त हुनुभएका उक्त पदाधिकारीबाटै आफ्नो निर्वाचन क्षेत्रभित्रपर्ने २/२ वटा प्रदेशसभाका निर्वाचन क्षेत्रको समेत निर्वाचन सञ्चालन गर्ने जिम्मेवारी दिइएको पनि प्रवक्ता ढकाललेपूरा पढ्नुहोस्


चीनद्वारा ‘विश्वकै अग्लो’ विद्युत खम्वाको निर्माण गर्दै

असोज १८, हाङ्झाउ, चीन चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म सवैभन्दा अग्लो मानिएको लण्डनको विग वेन भन्दा ४ गुणा अग्लो अर्थात् ३८० मिटर अग्लो हुने झेजियाङ विद्युत निर्माण कम्पनीले मङ्गलबार जानकारी गराएकोे छ । यो चीनकै दामाओसानमा घोषणा भएको ३७० मिटर अग्लो विद्युत खम्वाभन्दा १० मिटर अग्लो हुने र विश्वकै सवैभन्दा अग्लो विद्युतकोखम्वा (टावर)को रुपमा विश्व कीर्तिमान रहने निर्माण कम्पनीको दावी छ । सन् २०१८ को अन्त्यसम्म निर्माण सम्पन्न गरी सन् २०१९ को शुरुदेखि नै यसलाई प्रयोगमा ल्याइने योजना कम्पनीको रहेकोपूरा पढ्नुहोस्


यसबर्षको भौतिकशास्त्रतर्फको नोवेल पुरस्कार तीन जनालाई

असोज १८, स्टकहोम, स्वीडेन सन् २०१७को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार वैज्ञानिकत्रय रेनर विस, बारी सि बारिस र किप एस थोर्नलाई दिइने घोषणा ‘रोयल एकेडेमी अफ साइन्सेस इन स्टकहोम’ले मङ्गलबार गरेकोे छ । म्यासाच्युसेट इन्स्टिच्युट अफ टेक्नोलोजीका विसले आधा पुरस्कार र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका बारिस र थोर्नले अर्को आधा पुरस्कार संयुक्त रूपमा दिइएको नोबेल पुरस्कारको भौतिकशास्त्रतर्फ निर्णायक समितिले जनाएको छ । पुरस्कार गुरुत्वाकर्षण तरङ्गसम्वन्धि अध्ययन गर्ने लेजर इन्टरफेरोमिटर ग्राभिटेसनल–वेभ अब्जरभेटरी (लिगो) डिटेक्टर नामक उपकरण निर्माणका लागि निर्णायक भूमिका खेलेवापत प्रदान गरिएको हो । उनिहरूले विश्वास गरिँदै आएको गुरुत्वाकर्षण तरङ्गलाई पहिलो पटक पत्ता लगाउन गरेको भूमिकाका लागि पुरस्कार दिइएको हो । “यससँगैपूरा पढ्नुहोस्


अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन

असोज १८, चितवन खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ । जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ । विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा नेपालमा भित्र्याउने क्रम शुरु भएसँगै खसी बोकाको उत्पादन बढ्दो रहेको छ । अफ्रिकासँगै अष्ट्रेलियाबाट पनि उन्नत बोयर जातको बाख्रा र बोका ल्याउने क्रम बढेर गएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ मा रहेको सेन्ट्रल नेपाल गोट फार्ममा अहिले २८ वटा बोयर जातका बाख्रा र बोका अष्ट्रेलियाबाट ल्याइएको छ । विभिन्न पेशा र व्यवसाय संगालेका ६पूरा पढ्नुहोस्


बेनीमा अल्लो कपडा उद्योग स्थापना

असोज १८, बाबियाचौर, म्याग्दी  बेनीमा लेकाली क्षेत्रको जंगलमा खेर गइरहेको अल्लो पुवा प्रशोधन गरेर कपडा उत्पादन गर्ने उद्योग स्थापना भएको छ । दक्षिण कोरियामा रोजगारी गरेर फर्किएका एक युवाले सदरमुकाम बेनीमा अल्लो कपडा उद्योग स्थापना गरेका हुन् । रघुगंगा गाउँपालिका–३ पिप्लेका खोजेन्द्रबहादुर मल्लले मुग्लानी क्लोथ एण्ड ह्याण्डीक्राफ्ट उद्योग खोलेका हुन् । उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवालाई प्रशोधन गरी कपडा उत्पादन गर्ने उद्योग स्थापना गरेको मल्लले बताए । इपिएस भिसामा ५ वर्ष दक्षिण कोरियामा काम गरेर गतवर्ष स्वदेश फर्किएका मल्लले स्थानीयस्तरमै स्वरोजगार बन्ने र अरुलाई पनि रोजगारी दिने उद्देश्यले उद्योग सञ्चालन गरेको बताए । पहिलो चरणमा अल्लो प्रशोधनको कामपूरा पढ्नुहोस्


नेपाली फुटबल टोलीको घोषणा

असोज १८, काठमाडौँ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले एएफसी एशियन कप छनोटअन्तर्गत ताजिकिस्तानविरुद्वको चौथो खेलको लागि नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही असोज २४ गते ताजिकिस्तानमा हुने उक्त खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २३ सदस्यीय नेपाली टोलीको आज घोषणा गरे । छनोट हुने टोलीको गोलरक्षकमा एलन न्यौपाने, बिकेश कुथू र किरणकुमार लिम्बू, छन् । त्यसैगरी डिफेण्डरमा देवेन्द्र तामाङ, बिराज महर्जन, अनन्त तामाङ, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ, राजेन्द्र रावल र दिनेश राजवंशी छन् । ‘मिडफिल्डर’मा भरत खवास, सुनिल बाल, विशाल राई, हेमन्त थापामगर र सुजल श्रेष्ठ छन् भने ‘स्ट्राइकर’मा बिमल घर्तीमगर, जर्ज प्रिन्स कार्की,पूरा पढ्नुहोस्


अवरुद्ध सिद्धबाबा सडक एकतर्फी सञ्चालन

असोज १८, रामपुर (पाल्पा) पाल्पा–बुटवल सडकखण्डअन्तर्गत पर्ने सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको छ । आज सडक मर्मतका लागि ४ घण्टासम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रुले निकै सास्ती भोग्नु परेको छ । ५ दिनदेखि लगातार सडकमाथिबाट ठूल्ठूला चट्टानसहितको ढुंगा खसेर सडक छिनछिनमै खुल्ने र बन्द हुने भइरहेको छ । सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरो खसेर धेरै यात्रुले अकालमै ज्यान गुमाउनु परेको छ । यही राजमार्ग भएर पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पोखरा, पर्वतलगायतका जिल्लामा जाने यात्रुले बेलाबेलामा निकै सास्ती भोग्नुपरेको छ ।


मुस्ताङको टुकुचेमा १३.६ मेगावाटको जलविद्युत् आयोजना निर्माण

असोज १८, मुस्ताङ  मुस्ताङको थासाङ गाउँपालिका– १ टुकुचेमा १३.६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना निर्माण भएको छ । आयोजनाबाट उत्पादित विद्युत् तिहार अघिनै केन्द्रीय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको छ । माउण्ट कैलाश इनर्जी प्रालिले आयोजनाको बाँध, सुरुङ, फोरवे, पेनस्टक, पावरहाउस निर्माण र उपकरण जडान सकिएपछि भदौको पहिलो हप्तादेखि परीक्षण उत्पादन शुरु गरेको हो । असोज अन्तिममा केन्द्रीय लाइनमा बिजुली जोड्ने तयारी गरेको आयोजनाका साइट म्यानेजर सुदिप खड्काले बताए । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रशारण लाइन र २ वटा सव स्टेशन बनाएको छ । ४ वर्षमा आयोजना निर्माण पूरा भएको हो । बेनी–जोमसोम सडककोपूरा पढ्नुहोस्


सिद्धबाबामा सडक अवरुद्ध ,ढुंगा खस्दा २ घाइते

असोज १८, पाल्पा सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडक खण्डको सिद्धबाबा नजिकै सडक माथिबाट ढुंगासहित आज पहिरो खस्दा २ जना घाइते भएका छन् । घाइतेलाइ अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएकाले उनीहरुको नाम खुल्न नसकेको दोभान प्रहरीले जनाएको छ । लु १७ प १८७३ नम्बरको मोटरसाइकलमा सवार २ ढुंगा खस्दा घाइते भएका हुन । दशैँ देखि तिनाउ गाउँपालिका– २ दोभान र सिद्धबाबाकोबीच विद्युत् हेडबक्समाथि ढुंगासहितको ठूलो पहिरो खस्दा पटक/पटक सडक अवरुद्ध बनेको छ । आज पनि सडक मर्मत गर्ने भनिए पनि पहिरोले सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । १० देखि २ बजेसम्म सडक मर्मत गर्ने भनेर यातायात सञ्चालनमा रोक लगाएपूरा पढ्नुहोस्


१६ वटा हिमाल र ३७ वटा गाउँ देखिने एउटै ठाउँ-‘गुफाको डिल’

असोज १८, बेनी, म्याग्दी संसारकै सातौँ अग्लो धौलागिरि हिमाललगायत १६ वटा शिखरको हिमश्रृंखला, म्याग्दी र पर्वतका विभिन्न ३७ वटा गाउँ देखिने म्याग्दीको पर्यटकीय एवं रमणीयस्थल ‘गुफाको डिल’ पर्यटकको पर्खाइमा रहेको छ ।  म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा अवस्थित ऐतिहासिक महत्वको जगन्नाथ मन्दिर नजिकै पर्ने गुफाको डिल धार्मिक तथा पर्यटकीय आकर्षणका रुपमा रहेको छ ।  जगन्नाथ मन्दिर दर्शन एवं पूजाआजाका लागि पुग्ने जो कोही पनि एकैछिन भनेर गुफाको डिलमा पुग्ने गरेका छन् । बेनीको शिरमा रहेको गुफाको डिलबाट धौलागिरिसहित अन्नपूर्ण, माछापुच्छ्ररे निलगिरि, मानापाथी, गुर्जा, गणेश हिमाललगायतका दर्जनौँ हिमालको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । धौलागिरि हिमालमा मात्रै विभिन्न छवटा चुचुरा छन् । त्यहाँपूरा पढ्नुहोस्