Main Menu

Sunday, October 1st, 2017

 

वार्ताका लागि तयार हुन्छ कि भनेर

अमेरिका उत्तर कोरियाको सम्पर्कमा छ– विदेशमन्त्री टिलर्सन

असोज १५,  बेइजिङ  अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा नै रहेको बताएका छन् । चीन भ्रमणमा रहेका टिलर्सनले  उक्त कुरा चिनीया अधिकारीहरुसँगको कुराकानीमा बताएका हुन् । उनले भने- उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ र आणविक हतियारको घमण्ड त्याग्न सक्छ कि भनेर हामी सम्पर्कमै छौँ र हाम्रो पहिलो सर्त पनि वार्ता नै हो । चीनमा आफूले चिनियाँ अधिकारीहरुसँग वार्ता गरिसकेपछि उनले अमेरिका उत्तर कोरियासँग सम्पर्कबिहीन नबनेको र सकेसम्म आफ्ने प्रयास शान्तिपूर्ण वार्ताबाटै समाधान निकाल्नेमा रहेको जानकारी दिए । अमेरिकी बिदेशमन्त्रीको यो भनाइ रुसी बिदेशमन्त्री सर्गेइ लाभरोभले ‘अमेरिकाले उत्तर कोरियाका विरुद्ध सैनिक कारबाहीपूरा पढ्नुहोस्


बल्खुमा आगलागी

असोज १५,  काठमाडौँ  बल्खु कुलेश्वरस्थित फलफूल बजार अगाडि सुकुम्बासी बस्तीमा गए राति ११ बजेतिर शुरु भएको भीषण आगलागीमा हालसम्म कम्ती ४० घर नष्ट भएका छन् । मानबहादुर विकको घरबाट दियो बाल्दाबाल्दै शुरु भएको आगलागीमा करिब १५ वटा ग्यास सिलिण्डर पनि पड्केका थिए । एक चर्च पनि परेको स्थानीयवासीले बताएका छन् । लत्ताकपडा पनि सबै जलेको बताइएको छ । नेपाली सेनाका पाँच वटा दमकलले आगलागी नियन्त्रणमा लिएका थिए । विस्तृत विवरण बाँकी छ ।   रासस