Main Menu

Sunday, October 15th, 2017

 

इयूबाट बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षेति’ – क्लिन्टन

असोज २९, लण्डन अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको यूरोपियन यूनियन(इयू) बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताएकी छन् । क्लिन्टनले बहिर्गमन (ब्रेक्सिट)ले विभिन्न उद्योग कम्पिनीलाई आफ्ना साधनस्रोतलाई यूरोपतर्फ लग्न बाध्य तुल्याउने बिबिसी टेलिभिजनको आइतबारको प्रशारणका लागि दिएको अन्तवार्तामा बताएकी हुन् । बेलायतले इयू छोड्दा यसले आफ्नो व्यापारिक सम्बन्धलाई पुनः व्यवस्थित गर्नुपर्ने, जसका कारण संयुक्त अधिराज्यको आर्थिक पक्षमा गम्भीर अवरोध आउनसक्ने क्लिन्टनको भनाई थियो । “मलाई लाग्छ यो बेलायतका लागि धेरै ठूलो वेफाइदा हुन्छ,” डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनमा पराजित भएकी नेतृ क्लिन्टनले भनिन् । “सम्झौता हुन्न भन्नुको अर्थ व्यापारिक सम्झौतालाई महत्व नदिइनु हो । अर्थात्,पूरा पढ्नुहोस्


३२ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

असोज २९, काठमाडौँ आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनअन्तर्गत पहिलो चरणमा मंसिर १० गते निर्वाचन हुने ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । पहिलो चरणमा प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, संखुवासभा र सोलुखुम्बु, प्रदेश नं ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नं ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा निर्वाचन हुनेछ । त्यसैगरी प्रदेश नं ५ का रुकुम–पूर्वी भाग र रोल्पा, प्रदेश नं ६ का रुकुम–पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं ७ का दार्चुला, बझाङ, बाजुरापूरा पढ्नुहोस्


सिन्धुपाल्चोक २९औँ पूर्ण खोप सुनिश्चित जिल्ला

असोज २९, चौतारा सिन्धुपाल्चोकलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । स्वास्थ्य मन्त्रालयले सन् २०१७ सम्म देशलाई पूर्ण खोपयुक्त गर्ने सिलसिलामा पूर्ण खोप राष्ट्रिय निर्देशिकाको तालिकाअनुसार बालबालिकाले सबै प्रकारको खोप लिइसकेकाले आजबाट २९औँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित घोषणा सभामा जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका अध्यक्ष कृष्णगोपाल तामाङले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीले भूकम्पले तहसनहस पारेको जिल्ला भएर पनि राष्ट्रिय अभियानलाई सफल पारेकामा सराहना गर्दै पूर्ण खोप स्वास्थ्य क्षेत्रमा ठूलो फड्को भएको दाबी गरे । सो अवसरमा स्वास्थ्यपूरा पढ्नुहोस्


कर्णालीमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन शुरु

असज २९, जुम्ला स्वच्छ पानी, खाद्य सुरक्षा र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय सम्मेलन कर्णालीको जुम्लामा शुरु भएको छ । दुईदिने सम्मेलनको उद्घाटन गर्दै जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीले सन् २००९ मा सगरमाथाको कालापत्थरमा बैठक बसेर जलवायु परिवर्तनको मुद्दालाई साझा सवालका रुपमा उठान गरेको स्मरण गराए । उनले नेपालमा सन् २००९ को कालापत्थरमा भएको मन्त्रिपरिषद्को बैठकबाट विभिन्न नीति अघि सारिएको र यसलाई कार्यान्वयन तहमा जोड दिइँदै आएको जानकारी दिए । उनले जलवायु परिवर्तनले नेपाललाई विभिन्न प्रभाव पार्दै गएको बताउँदै समयमै यसको न्यूनीकरण गर्न दीर्घकालीन नीति कार्यान्वयनमा सबैको चासो जानुपर्ने र यसको अपनत्व स्थानीय सरकारले पनि लिनुपर्नेमा जोड दिए । मन्त्री चौधरीलेपूरा पढ्नुहोस्


समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

असोज २९, काठमाडौं प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले धैर्यता, संयमता र उत्साहका साथ उम्मेदवारको बन्दसूची पेश गरेकोमा प्रशंसा गरे । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनाका साथै लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गर्न सरकार र राजनीतिक दलसँग उनले आग्रह गरे । “निर्वाचनलाई सफल तुल्याउन सरकार, राजनीतिक दल र उम्मेदवारबाटपूरा पढ्नुहोस्


काश्मिरमा फेरि तनाव, भारतीय प्रहरीको गोलीबाट एकको मृत्यु

असोज २९, मुजफ्फरबाद, पाकिस्तान भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार एक झडपमा परी एकजनाको ज्यान गएको समाचार छ । भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ । अन्य पाँच जना घाइते भएको बताइएको छ । घाइते हुनेमा ४ जना बालबालिका छन् । काश्मिरको सत्ताल र निक्ल क्षेत्रमा भारतीय प्रहरीको गोली लागेर एकजना पाकिस्तानी नागरिकको ज्यान गएको र अरु पाँच जना घाइते भएका हुन् । घाइते हुनेहरु स्थानीयवासी रहेको समाचारमा उल्लेख गरिएको छ । गएको मङ्गलबार मात्र पनि भारत अधिनश्थ काश्मिरमा रहेको भारतको अर्धसैन्य बलको चेकपोष्टमा सशस्त्र हतियारधारीले आक्रमण गरी ३ जना भारतीय सुरक्षाकर्मीको हत्या गरेकापूरा पढ्नुहोस्


डेढ अर्ब लागतमा नुवाकोट र धार्के जोड्ने सडक निर्माण सुरु

असोज २९, काठमाडौँ नुवाकोट डिभिजन सडक कार्यालयले ४० किलोमिटर लामो दुई लेनको सडक (लोकसञ्चार मार्ग) निर्माण शुरु गरेको छ । झन्डै रु. डेढ अर्ब लागत लाग्ने उक्त सडकको पहिलो खण्डको १० किमी सडक शुक्रबारदेखि निर्माण शुरु भएको हो । डिपीआर रिपोर्टमा उक्त लोकसञ्चार मार्गको पहिलो खण्डका लागि रु ५० करोड ८५ लाख लाग्ने उल्लेख गरिए पनि रू. सवाँ २४ करोडमा ठेक्का सम्झौता भएको छ । जिलिङ्गको सिमखेत केउरिनी–कुमरी झ्याङ्लीपोखरी हुँदै धादिङको आचार्य पोखरीबाट धार्के बजारमा पृथ्वीराजमार्गमा जोडिने उक्त सडक तीन खण्डमा निर्माण हुनेछ । सडक कार्यालयका अनुसार पहिलो खण्ड जिलिङको सिमखेत बालुवाखानीदेखि केउरिनी हुँदै हर्रेसम्म र दोस्रो खण्ड हर्रेदेखि कुमरीकोपूरा पढ्नुहोस्


राष्ट्रपति भण्डारीद्वारा १० विधेयक प्रमाणीकरण

असोज २९, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११३ बमोजिम आज १० विधेयक प्रमाणीकरण गरेकी छन् । व्यवस्थापिका–संसद्को बैठकबाट पारित राष्ट्रिय दलित आयोग विधेयक, २०७४, अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक, २०७४, स्थानीय सरकार सञ्चालन विधेयक, २०७४, थारु आयोग विधेयक, २०७४, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४ राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् । राष्ट्रपतिको कार्यालयका अनुसार उनले उच्च अदालत तथा जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्बन्धी विधेयक, २०७४, राष्ट्रिय महिला आयोग विधेयक, २०७४, मुस्लिम आयोग विधेयक, २०७४, कर्मचारी समायोजन विधेयक, २०७४ र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७४ पनि प्रमाणीकरण गरेकीपूरा पढ्नुहोस्


प्रगतिशील शक्तिलाई सहयोग गर्छौँः वैद्य

असोज २९, काठमाडाैँ नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रगतिशील गणतान्त्रिक पक्षधरका उम्मेदवारलाई सहयोग गरिने बताएका छन् । पार्टीको यही असोज २२ देखि २६ गतेसम्म सम्पन्न प्रथम राष्ट्रिय सम्मेलनको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरु निर्वाचनमा सहभागी नभए पनि साम्राज्यवादविरुद्ध लडेका प्रगतिशील शक्तिलाई सहयोग गरिने स्पष्ट गरे । नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) बीच हुने एकतालाई दक्षिणपन्थीबीचको एकता भएको टिप्पणी गर्दै उनले नेकपा र राष्ट्रिय जनमोर्चासँग पार्टी एकता गर्नेबारेमा छलफल भइरहेको जानकारी दिए । ‘‘उहाँहरु र हामीबीच कैयाैँ कुरा मिल्दैनन् । तैपनि सच्चा कम्युनिष्ट पार्टीबीच एकीकरण गराैँ भन्ने हो’’ उनले भने, ‘‘पार्टी एकता गर्ने प्रयासपूरा पढ्नुहोस्


साढे ६ हजार मेगावाटको पञ्चेश्वरको विस्तृत वातावरणीय योजना निर्माण अन्तिम चरणमा

असोज २९, बैतडी पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल गरी विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको हो । परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनल प्रा.लि.ले वातावरणविद्, कृषि विज्ञ र सामाजिक विज्ञको टोली अध्ययन अनुसन्धानबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो । अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्याङ्कनको आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको थियो ।पूरा पढ्नुहोस्