Main Menu

Monday, October 9th, 2017

 

अन्तर्राष्ट्रिय मिडिया सम्मेलन शुरु

असोज २३, काठमाडौँ अभिव्यक्ति स्वतन्त्रताको प्रर्वद्धन र मिडियामा सीमान्तकृत समुदायको आवाज विषयक अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आजदेखि राजधानीमा शुरु भएको छ । नेपाल पत्रकार महासंघ र इन्टरनेशनल अलर्टको आयोजनामा भएको उक्त सम्मेलनको उद्घाटन व्यवस्थापिका– संसद्की सभामुख ओनसरी घर्तीमगरले गर्दै लोकतन्त्रका विविध आयाममध्ये अभिव्यक्तिको स्वतन्त्रता एउटा मूलमन्त्र भएको बताइन् । सभामुख घर्तीमगरले लोकतन्त्रलाई संस्थागत गर्दै समय सापेक्ष विकास गर्नको लागि अभिव्यक्तिको मुख्य साधन आमसंञ्चार माध्यम रहेको बताइन् । उनले राज्यको अन्य ३ अंगले गर्ने कार्यसम्पादनलाई स्वतन्त्र ढंगले पर्गेल्ने मुख्य काम सञ्चार माध्यमले गरेकाले पनि आमसञ्चार माध्यमलाई राज्यको चाैँथो अंग मानिएको बताइन् । मंसिरमा हुन गइरहेको प्रदेश र संघीय निर्वाचन पश्चात संविधान कार्यान्वयनकोपूरा पढ्नुहोस्


राप्रपा सरकारमा सहभागी हुने

असोज २३, काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टी आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई सुनिश्चित बनाउन सरकारमा सहभागी हुने भएको छ । पार्टीको आज बसेको आकस्मिक केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा देखिएको अन्योलताले चुनाव समयमा हुन नसक्ने हुँदा पार्टीले सरकारमा प्रतिनिधित्व गरेर भए पनि चुनावको वातावरण बनाउन अधिकांश नेताले सुझाएपछि सरकारमा जाने निर्णय गरेको हो । बैठकमा अध्यक्ष थापाले नेपाली काँग्रेसले सरकार र गठबन्धनमा सहभागी हुन गरेको प्रस्तावका बारेमा जानकारी गराएका थिए । उक्त बैठकले वृहत लोकतान्त्रिक गठबन्धनमा सहभागी भई आगामी चुनावमा भाग लिने निर्णय गरेको छ । चुनाव परिचालनका लागि विभिन्न समिति गठन गर्ने प्रवक्ता भुवन पाठकले जानकारीपूरा पढ्नुहोस्


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण एक वर्ष ढिलो हुने

असोज २३, काठमाडौँ अबको ८ महिनाभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप १ वर्ष ढिलो हुने भएको छ । विसं २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण शुरु भएको राष्ट्रिय गौरवको उक्त आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण १ वर्ष लम्बिने भएको हो । ‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी र नेपाली स्थानीय ठेकेदारबीचको विवादले झण्डै ८ महिना विमानस्थल निर्माणको काम अवरुद्ध भएको थियो । हालसम्म विमानस्थलको भौतिक प्रगति ३२ प्रतिशत तथा वित्तीय प्रगति २३ प्रतिशत रहेको छ । भौतिकतर्फ बाँकी ६७ प्रतिशत काम गर्ने अब जम्मा ८ महिनाकोपूरा पढ्नुहोस्


अदालतका नासु घुस लिँदालिँदै पक्राउ

असोज २३, बनेपा जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु. १ लाख २५ हजार घुस लिँदालिँदै आज धुलिखेलबाट पक्राउ परेका छन् । अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । उनले कुन मुद्दा मिलाउने भन्दै सो रकम घुस लिएको खुल्न सकेको छैन ।


माओवादी केन्द्र र नेकपा (संयुक्त) बीच पार्टी एकता हुने

असोज २३, काठमाडौँ नेकपा(संयुक्त)ले नेकपा(माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने भएको छ । सो पार्टीको आज सम्पन्न पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । सो पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले त्यसलाई अनुमोदन गरेपछि एकता प्रक्रिया सार्थक रुपमा अगाडि बढ्ने जानकारी दिए । बैठकमा सो पार्टीका महासचिव सुनिल मानन्धरले पार्टी एकताको प्रस्ताव राखेका थिए । एकताका लागि माओवादी केन्द्रसँग छलफल भइरहेको र केही प्राविधिक तथा राजनीतिक विषय मिलाउन बाँकी रहेको उनको भनाइ छ । आगामी संघीय तथा प्रदेशसभाको निर्वाचनमा माओवादी केन्द्रको निर्वाचन चिन्ह हसिया हथौडामा चुनाव लड्ने निर्णय गरेको नेकपा (संयुक्त)लेपूरा पढ्नुहोस्


एनआरएन रुसद्वारा विकट गाउँमा एम्बुलेन्स सहयोग

असोज  २३, फलेवास (पर्वत) रोजगारीका लागि रुसमा रहेका नेपालीको सहयोगमा यहाँको एक विकट गाउँमा एम्बुलेन्स सञ्चालनमा आएको छ । गैरआवासीय नेपाली संघ रूसको सहयोगमा दक्षिण पर्वतको विहादी गाउँपालिका–३ मा रहेको रानीपानी स्वाथ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो । एनआरएन रुसमा आबद्ध नेपालीले एम्बुलेन्स खरिदका लागि रु. २० लाख संकलन गरेका थिए । एम्बुलेन्स सेवा नहुँदा थुप्रै बिरामीले बाटोमै ज्यान गुमाउनुपरेको अवस्थालाई मध्यनजर गर्दै प्रवासीले रकम संकलन गरी एम्बुलेन्स खरिदका लागि पठाएका हुन् । आइतबार रानीपानी स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पर्वत क्षेत्र नं २ बाट निर्वाचित सांसद विकास लम्साल र एनआरएन रुसका अध्यक्षपूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी तीव्र

असोज २३, चितवन नेपाल पोल्ट्री महासंघले यहाँ गर्न लागेको अन्तर्राष्ट्रिय पोल्ट्री तथा लाइभस्टक एक्स्पो, २०१७ को तयारी तीव्र पारेको छ । आगामी कात्तिक १७ गतेदेखि ३ दिनसम्म भरतपुरको औद्योगिक प्रदर्शनीस्थलमा एक्स्पो हुँदैछ । महासंघका उपाध्यक्ष टीकाराम पोख्रेलका अनुसार एक्स्पोमा विदेशी १०० वटा र नेपाली १०० वटा कक्ष रहने छ । भारत, चीन, अमेरिका, जर्मनी, फ्रान्सलगायत देशका व्यवसायीले कक्ष बुकिङ गरिरहेका छन् । करिब १२ देशका व्यवसायी सहभागी हुने अनुमान गरिएको सो एक्स्पोमा पोल्ट्रीसँग सम्बन्धित सबैखाले उत्पादनको कक्ष रहने छ । एक्स्पोका संयोजक एवं महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री क्षेत्रका पछिल्लो प्रविधि एक्स्पोमा प्रदर्शन गरिने बताए । उनका अनुसार कम लागतमापूरा पढ्नुहोस्


केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालयको प्रस्ताव

असोज २३, काठमाडौँ संघीय संरचनाअनुसार मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । हाल विद्यामान ३१ वटा मन्त्रालयलाई घटाएर १५ वटा मात्र मन्त्रालय राख्न प्रस्ताव गरिएको हो । मुलुकलाई संघीय संरचनामा विद्यमान मन्त्रालयलाई समायोजन गर्दा १५ वटा मन्त्रालय रहने सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवहरि न्यौपानेले जानकारी दिए । सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय रहने गरी खाका तयार पारेसँगै मन्त्रालयको संख्या आधा घटने भऐको हो । प्रवक्ता न्यौपानेले पहिले १८ वटा मन्त्रालयको खाका तयार पारे पनि राज्य व्यवस्था समितिको निर्देशनमा १५ वटा मन्त्रालय बनाइएको बताए ।पूरा पढ्नुहोस्


नयाँ संस्कारसहितको पार्टी बनाउन एकता – अध्यक्ष दाहाल

असोज २३, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी बनाउने बताए । उनले भने, “पार्टी एकता भन्नु नै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको विघटन हो । पुरानै अवस्थामा कोही पनि रहँदैनन् । नयाँ आधारमा नयाँ पार्टी बनाउने कुरा हो ।” पार्टी एकता भन्नु नै माओवादी केन्द्रकोपूरा पढ्नुहोस्


बांगलादेशतर्फ जाँदै गरेका रोहिन्ज्या चढेको डुंगा दुर्घटना हुँदा १० बालबालिकासहित १२ को मृत्यु

असोज २३, ढाका म्यानमारबाट भागेर बंगलादशेतर्फ जाने क्रममा कम्तीमा १२ जना रोहिन्ज्याको ज्यान गएको छ । म्यानमार र बंगलादेशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर पार गर्ने क्रममा उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । आइतबार राति उक्त नदीमा डुंगा डुबेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले सोमबार बिहान बंगालको खाडीनजिकै नाफ नदी छेउमा शवहरु तैरिएर रहेको अवस्थामा भेटेको जनाएको छ ।  कोक्स बजार जिल्लामा पर्ने नाफ नदी तटमा १० जना बालबालिकासहित १ महिला र अर्का १ पुरुष गरी १२ जनाको शव भेटिएको बंगलादेशको प्रहरीले जनाएको छ ।  सो नदी किनारमा करिब ५ लाख म्यान्माली शरणार्थीको शिवीर रहेको छ । उनीहरु अत्यन्तैपूरा पढ्नुहोस्