Main Menu

Sunday, October 29th, 2017

 

स्पेनद्वारा क्याटलोनियामाथि प्रत्यक्ष शासन शुरु

 कात्तिक १२, म्याड्रिड, स्पेन स्पेनले शनिबारदेखि लागु हुने गरी क्याटलोनियामा प्रत्यक्ष शासन शुरु गरेको छ । स्पेनले क्याटलोनियालाई दिएको स्वायत्त राज्यको अधिकार कटौति गर्दै उक्त राज्यका कार्यकारी तथा उच्च अधिकारीलाईसमेत बर्खास्त गरेको जनाएको छ । क्याटलोनियाको क्षेत्रीय संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेपछि आफू स्वतन्त्र भएको घोषणा गरेको थियो । स्पेनी नागरिकले म्याड्रिडमा स्पेनको एकताका पक्षमा प्रदर्शन गरिरहँदा आएको सरकारको क्याटलोनियामाथि प्रत्यक्ष शासन शुरु भएको औपचारिक घोषणासँगै क्याटलोनियाको विखण्डनको पक्षमा उभिएका क्षेत्रीय नेता चाल्र्स पुज्डमोन र उप–नेता अरिअल जङ्करस लगायतका केही अधिकारीलाई जिम्मेवारीबाट हटाएको छ । केन्द्र सरकारले उप–प्रधानमन्त्री सोराय साएन्ज डे सान्तमारियालाई क्याटलोनिया क्षेत्र हेर्नेगरी जिम्मेवारी तोकेको छ ।पूरा पढ्नुहोस्


कि कसो ?

कमरेड दीपक मनांगे

अन्ततः एमालेले कमरेड दीपक मनांगेलाई टिकट दिएरै छोड्यो । तर, कमरेड मनांगेलाई टिकट दिन एमालेलाई गाह्रो चाहिँ साह्रै गाह्रो भयो । किनभने उनलाई टिकट दिनकै लागि मनांगमा पहिला अर्का उम्मेदवारलाई आफ्नो आधिकारिक उम्मेदवार उठाउनुपर्यो । त्यसपछि कमरेड मनांगेलाई ‘बागी’ बनाउनुपर्यो । मनांगे ‘बागी’ बनेपछि आधिकारिकलाई नाम फिर्ता लिन लगाउनुपर्यो । अनि त्यसपछि बागीलाई नै आधिकारिक बनाउनुपर्यो । यसरी एउटा घुमाउरो बाटो भएर मनांगेको हातमा टिकट पार्नुपर्यो । अथवा भनौं एउटा नाटक गर्नुपर्यो । कमरेड प्रचण्डले बोल्न मिलेको भए यस्तो नाटकलाई ‘कलाविहीन नाटक’ भन्नुहुन्थ्यो होला । यतिबेला उहाँले पनि बोल्न मिलेन । चुनाव ताका टिकट लिनेहरूको घुइँचै हुन्छ । त्यसैले टिकटपूरा पढ्नुहोस्


विर्तामोडमा निषेधाज्ञा हटेन

कात्तिक १२, सुरुङ्गा(झापा) झापाको विर्तामोडमा शुक्रबार दिउँसोबाट लगाइएको निषेधाज्ञा अझैं हटाइएको छैन । निषेधाज्ञा नहट्दा सर्वसाधारणलाई समस्या भएको छ । अर्जुनधारा नगरपालिका–११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारबाहीको माग गर्दै विर्तामोडमा झडप भएपछि शुक्रवार दिउँसो १ः३० बजेबाट पूर्वमा नयाँ बसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्ता बजारसम्मको क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । सो क्रममा प्रहरीले चलाएको गोली लागेर अर्जुनधारा–११ का ३० वर्षीय नरेश थापाको शुक्रबार मृत्यु भएको थियो । शनिबार प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका थापाको परिवारलाई रु १० लाख राहत उपलब्ध गराउन तत्काल गृह मन्त्रालयलाईपूरा पढ्नुहोस्


वामगठबन्धन घोषणापत्र तयार, आर्थिक समृद्धि मूल एजेण्डा

कात्तिक १२, काठमाडौँ ‘कम्युनिस्टको नेतृत्वमा परिवर्तन र उपलब्धि, कम्युनिस्टकै नेतृत्वमा सामाजिक न्याय र समृद्धि’ भन्ने मूल नाराका साथ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, २०७४ को घोषणापत्र तयार पारेका छन् । घोषणापत्रलाई दोस्रो चरणको उम्मेदवारी दर्तापछि सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिँदै दुवै पार्टीले देशको आर्थिक समृद्धिको नेतृत्व लिने र नेपालको संविधानले व्यवस्था गरेको समाजवादको कार्यान्वयनका लागि दिशानिर्देश गर्नेसमेत उल्लेख गरेका छन् । आर्थिक समृद्धिको आधार कृषि, पर्यटन, जलविद्युत्, जडीबुटी तथा जनशक्तिको उचित व्यवस्थापन गर्ने लक्ष्य राखेको वाम गठबन्धनले आफूहरु नै लोकतन्त्रको असली पहरेदार र हिमायती भएको घोषणापत्रमा समेटेको छ । केही दलले आफूहरु मात्रै लोकतन्त्रकोपूरा पढ्नुहोस्


दुर्घटनाको शोकमा आज सप्तरीका सबै स्थानीय तह बन्द

कात्तिक १२, राजविराज राजविराजबाट काठमाडौँ जाँदै गरेको बस शनिबार बिहान त्रिशुली नदी खसेर दुर्घटनामा परी सप्तरीका मात्रै झण्डै डेढ दर्जन व्यक्तिको मृत्यु भएपछि जिल्लाका सबै स्थानीय तहले आज शोक मनाउने भएका छन् । सबै स्थानीय तहमा आज एक दिनको बिदा दिने र शोक मनाउने निर्णय भएको राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले जानकारी दिए । सप्तरी जिल्लामा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा स्थानीय तह छन् । यसैबीच, संघीय समाजवादी फोरम नेपाल र नेकपा (एमाले) सप्तरीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवले शनिबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरुको शीघ्र स्वाथ्य लाभको कामनापूरा पढ्नुहोस्


अपांगता भएकाले परिचयपत्र पाएनन्

कात्तिक १२, नवलपरासी प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजन भएको नवलपरासीमा अपांगता भएका ५० प्रतिशतभन्दा बढी व्यक्ति परिचयपत्र पाउनबाट वञ्चित भएका छन् । बर्दघाट सुस्ता पूर्व क्षेत्र र बर्दघाट सुस्ता पश्चिम क्षेत्रमा विभाजन भएको जिल्लामा करिब १२ हजार अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ । तीमध्ये ५ हजार ५०० जनाले मात्र अपांगता परिचयपत्र पाएका छन् । परिचयपत्र बनाउने कार्यालय टाढा हुनु, नागरिकता नहुनु लगायतका समस्याका कारण धेरै व्यक्ति अपांगता परिचयपत्र पाउनबाट वञ्चित रहेका महिला तथा बालबालिका कार्यालयका प्रमुख उर्वरा लुर्इंटेलले जानकारी दिइन् । अपांगता भएका व्यक्तिले संविधानमा व्यवस्थाअनुसारको सेवा सुविधा नपाएको गुनासो गर्दै यसलाई पूर्णरुपले कार्यान्वयन गर्नपूरा पढ्नुहोस्