Main Menu

Thursday, October 26th, 2017

 

गोरखा जिल्ला सधैँ अग्रगमनको पक्षमा छ – अध्यक्ष प्रचण्ड

कात्तिक ९, काठमाडौँ नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतदेखि नै गोरखा जिल्ला राजनीतिक र सामाजिक आन्दोलनमा जहिले पनि अग्रगमन र प्रगतिका पक्षमा उभिएको बताएका छन् । गोरखामा क्रियाशील नयाँ शक्ति पार्टी नेपालका करिब २५ नेता तथा कार्यकर्तालाई यहाँ आज आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउँदै उनले अग्रगमनका पक्षमा रहेका सबै शक्ति वाम गठबन्धनका पक्षमा उभिने जिकिर गरे । उनले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोच र विचारले जित्ने विश्वास व्यक्त गरे । कार्यक्रममा लामो समयदेखि नयाँ शक्तिका केन्द्रीय परिषद् सदस्य जीतबहादुर घले, तमु परिषद्का केन्द्रीय सहइन्चार्ज आनन्दबहादुर घले, गाउँपालिका संयोजक डम्बरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा. जीतबहादुरपूरा पढ्नुहोस्


टनकपुर नाकाबाट थप ५ मेगावाट विद्युत् ल्याइने

कात्तिक ९, काठमाडौँ नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि टनकपुर नाकाबाट थप ५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । गत वर्ष सोही नाकाबाट ३५ मेगावाट प्राधिकरणले विद्युत् आयात गर्दै आएको थियो । यो हिउँदमा थप ५ मेगावाट गरी कूल ४० मेगावाट विद्युत् सो नाकाबाट आयात गर्न लागिएको हो । विद्युत् आयातसम्बन्धी द्विपक्षीय सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतको पावर ट्रेड कर्पोरेशन (पिटिसि) इन्डियाका तर्फबाट डा. राजीवकुमार मिश्राले हस्ताक्षर गरे । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सम्झौता यही कात्तिक १५ बाट लागू भई आगामी जेठमा सकिनेछ । यो पुरानै सम्झौताको नवीकरण भएको उनको भनाइ छ ।पूरा पढ्नुहोस्


उत्पीडित रोहिन्ज्याको कठिन बांगलादेश यात्रा तस्बिरमा [फोटो फिचर]

कात्तिक ९, कक्स, बंगलादेश म्यान्मारको सरकारी सेनाले ५ लाखभन्दा बढी रोहिन्ज्या मुस्लिमहरुलाई उत्तरी रखाइन प्रदेशबाट लखेटेर पठाइसकेको छ । संयुक्त राष्ट्रसंघीय मानवअधिकार संस्थाका अनुसार सेनाले उनीहरुको घर तथा वस्तीमा आगो लगाएर ‘जातीय सफई’ अभियान चलाएको छ । म्यानमार छाडी बांगलादेश पुग्न सफल भएका रोहिन्ज्याहरुका अनुसार सेनाले रोहिन्ज्याहरुको हत्या गर्ने, यातना दिने र बालिकाहरुको बलात्कार गर्ने गरिरहेका छन् । म्यानमारको सेनाले भने उनीहरुले रोहिन्ज्या विद्रोही सेनालाई मात्र निशाना बनाइरहेको बताउँदै आएको छ । तर संयुक्त राष्ट्र संघका अनुसार यहाँ सेनाले जातीय नरसंहार मच्चाइरहेको छ । बंगलादेशको राष्ट्रसंघीय राजदूतका अनुसार गत अगस्ट महिनादेखि ६ लाखभन्दा बढी रोहिन्ज्याहरुले सिमाना पार गरिसकेका छन् ।पूरा पढ्नुहोस्


समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना : प्रचण्ड

कात्तिक ९, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताएका छन् । लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ( विसं १७४३–१९५५)’ पुस्तक आज यहाँ विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाले संसद् विघटन भएको तर मंसिर १० र २१ गते तोकिएको निर्वाचन नभएमा स्वतः संसद् पुनःस्थापना हुने दावी गरे । उनले यस विषयमा आजै बाम गठबन्धनले आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए । उनले भने, “अग्रगामी र परिवर्तनका पक्षधर मिलेको देख्न नचाहने प्रतिगामी तत्वले निर्वाचनपूरा पढ्नुहोस्


४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कात्तिक ९,  काठमाडौँ दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएका हुन् । दोस्रो चरणमा प्रतिनिधि सभातर्फ १२८ र प्रदेश सभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ । दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नं. १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं. २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा रपूरा पढ्नुहोस्


रसुवाका उम्मेदवारहरु गाउँगाउँमा

कात्तिक ९, रसुवा आगामी मंसिर १० गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले आजदेखि गाउँगाउँमा मत माग्न शुरु गरेका छन् । १ क्षेत्र र २ प्रदेशबाट ३ जना प्रतिनिधि चयन हुने रसुवामा २३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका र निर्वाचन चिह्न पाएलगत्तै उम्मेदवारहरु मतदातामाझ गइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा ११ जना, १ नं प्रदेशमा ७ र २ नं प्रदेशमा ५ जना उम्मेदवारको मनोनयन दर्ता भएकामध्ये २ जना प्रतिनिधिसभामा र १ जना प्रदेश सभामा महिला उम्मेदवार रहेको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए । प्रतिनिधिसभा र प्रदेश सभामा लोकतान्त्रिक गठबन्धनबाटपूरा पढ्नुहोस्


धौलागिरि हिमालको प्रतिविम्ब देखिने बराहताल

कात्तिक ९, बेनी, म्याग्दी धौलागिरि हिमालको प्रतिविम्ब (फोटो) स्पष्टरुपमा देखिने पश्चिम म्याग्दीको मालिका–१, निस्कोटस्थित बराहताल संरक्षणको पर्खाइमा छ । साविक निस्कोट गाविस— ९ मा पर्ने तथा निस्कोट गाउँको शिरानमा रहेको बराहताल आवश्यक संरक्षण, प्रचारप्रसार तथा प्रवद्र्धनको पर्खाइमा रहेको हो । करिब २ रोपनी क्षेत्रफलमा फैलिएको बराहतालले प्रचुर मात्रामा पर्यटकीय सम्भावना बोकेको छ । समुद्री सतहदेखि झण्डै २ हजार २ सय मिटरको उचाइमा अवस्थित रहेको ताल र तालको आसपासबाट विभिन्न हिमशृंखला देखिन्छ । त्यहाँबाट संसारको सातौँ तथा नेपालको छैठौँ अग्लो धौलागिरि हिमालसहित गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मानापाथीलगायतका आधा दर्जन बढी मनोरम हिमशृंखलाको प्रत्यक्ष अवलोकन गर्न पाइन्छ । तालनजिकै एउटा तामाको घैंटोपूरा पढ्नुहोस्


भेडी गोठबाट आधुनिक होटेलतर्फ अन्नपूर्ण क्षेत्र

कात्तिक ९, पोखरा आजभन्दा ४० वर्षअघिसम्म अन्नपूर्ण आधार शिविर जाने पर्यटक बस्ने ठाउँ भनेको भेडी गोठ र स्थानीयवासीले बनाएका चित्रा वा भकारीले बारेका झुपडी नै हुन् । अन्नपूर्ण पदयात्रा मार्गका स्थानीय समाजसेवी एवम् संरक्षण उपसमिति भनुवाका उपाध्यक्ष जंगबहादुर गुरुङको मानसपटलमा यो सम्झना ताजै छ । पछिल्लो तीन दशकयता भने पर्याप्त होटल नरहे पनि पदयात्रा मार्गमा रहेका सिनुवा, बाम्बो, हिमालयन, दोभान, देउराली, माछापुच्छरे आधार शिविर र अन्नपूर्ण आधार शिविरमा जम्मा २६ वटा होटेल सञ्चालनमा रहेको उनले जानकारी दिए । अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप)द्वारा २०४३ सालदेखि संरक्षण हुँदै आएको यस क्षेत्रमा एक्यापको हालसम्मको निर्धारित मापदण्डअनुसार प्रत्येक होटलमा ६ वटा कोठाका दरलेपूरा पढ्नुहोस्


उदयपुर सिमेन्ट उद्योगबाट ३ महिनामा ५० करोडको सिमेन्ट बिक्री

कात्तिक ९, गाईघाट, उदयपुर देशकै ठूलो र सरकारी स्वामित्वमा रहेको जलजलेस्थित उदयपुर सिमेन्ट उद्योगले ३ महिनाभित्र रु. ५० करोड मूल्यको सिमेन्ट बिक्री गरेको छ । साउनको पहिलो हप्तादेखि अहिलेसम्म उद्योगले ६ लाख २० हजार बोरा सिमेन्ट बिक्री गरेको छ । अहिलेसम्मकै अत्यधिक सिमेन्ट बिक्री गर्न सफल भएको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए । गैँडा छाप सिमेन्टको माग अत्यधिक बढेर जाँदा बिक्री र माग धान्नै गाह्रो भएको उनको भनाइ छ । अहिले उद्योगबाट उत्पादित गैँडाछाप सिमेन्टको मूल्य प्रतिबोरा रु. ८२९ रहेको छ । सो उद्योगले दैनिक ६०० मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ ।


अबको नेपाल विकासको बाटोमा : सञ्चार मन्त्री

कात्तिक ९, काठमाडौँ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताएका छन् । नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लगायतका लोकतान्त्रिक पार्टी आबद्ध लोकतान्त्रिक गठबन्धनद्वारा यहाँ आज आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले समृद्ध नेपाल निर्माणका लागि आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आह्वान गरे । सिन्धुपाल्चोक जिल्लाको शिक्षा, स्वास्थ्य, रोजगारी, बाटोको विकासका लागि पनि लोकतान्त्रिक गठबन्धनले सिन्धुपाल्चोकबाट आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन जित्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । सिन्धुपाल्चोक जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवारसमेत रहुनभएका बस्नेतले सरकारले छिट्टै प्रत्येकपूरा पढ्नुहोस्