Tuesday, October 17th, 2017
बेनी अस्पतालको फोहर जर्मन इन्जिनियरले गर्दै
असोज ३१, बेनी, म्याग्दी बेनी अस्पतालमा दैनिक हुने फोहरको उचित व्यवस्थापनमा जर्मनबाट आएका दुई मेडिकल इन्जिनियरले सघाइरहेका छन् । करिब तीन साता अगाडि नेपाल आएका जर्मनीको एक विश्वविद्यालयमा मेडिकल इन्जिनियरिङमा अध्ययरत मेक्सिमिलियनल र एन्टोनियाले अस्पतालभित्र दैनिक संकलन गरिने फोहरको वर्गीकरण र विसर्जनको विधिसहित अन्तर्राष्ट्रिय मापदण्डको फोहर विसर्जनका लागि इन्सिनेटर प्रविधि जडान गरेका छन् । जर्मनको एक गैरसरकारी संस्था र बेनी अस्पतालको संयुक्त लगानीमा जर्मन र भारतमा निर्मित सो प्रविधि उपयोगमा ल्याउनुका साथै अस्पतालभित्र जलाउन मिल्ने र नमिल्ने फोहरको वर्गीकरण र विसर्जन गर्ने तरिका, फोहर संकलन गर्दा अपनाउनुपर्ने विधिलगायतका विषयमा चिकित्सक, स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई तालीमसमेत दिइएको अस्पताल प्रमुख डा. रोशनपूरा पढ्नुहोस्
अन्तरक्रिया
एक्काइसौं शताब्दीमा समाजवादको यात्रा कतातिर ?
गत बीसौं शताब्दी समाजवादी क्रान्तिको युग थियो । सन् १९१७ मा संसारमा पहिलो पटक रुसमा लेनिन र बोल्शेविक पार्टीको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न भयो । दोश्रो विश्वयुद्धको समापन पश्चात सोभियत संघको समर्थन र सहयोगमा पूर्वी युरोपमा पूर्वी जर्मनी, रुमानीया, युगोश्लाभिया, अल्वानीया, चेकोश्लाभाकियालगायत थुप्रै देशहरुमा पनि समाजवादी क्रान्ति सम्पन्न भयो । चीनमा १९४९ मा नौलो जनवादी क्रान्ति भयो । त्यस क्रान्तिले समाजवादका लागि आधार निर्माण गर्यो र लगतै चीनले पनि क्रान्तिपछि समाजवादी कार्यक्रमहरुलाई लागु गर्दै गयो । उता ल्याटिन अमेरिकाको देश क्युवामा सन् १९५९ मा फिडेल क्यास्ट्रो र चे ग्वे भाराको नेतृत्वमा सशस्त्र संघर्ष भई क्रान्ति सम्पन्न भयो । क्रान्ति पश्चातपूरा पढ्नुहोस्
भविष्यको योजना
विगतको समीक्षा र वर्तमानको विश्लेषणपछि अब हामी भविष्यको योजना निर्माणको बिन्दुमा आइपुगेका छौँ । यसका ४ संघटकहरु छन्– (१) क्रान्तिको लक्ष्य, (२) क्रान्तिका साधनहरु, (३) क्रान्तिको विधि, र (४) समाजवादको स्वरुप । १. क्रान्तिको लक्ष्य विश्वमा सर्वहारा वर्गको राजनीतिक आन्दोलन शुरु भएपछि तीनवटा सामाजिक परिवेशहरु आए– (१) प्रतिस्पर्धी पूँजीवाद (२) एकाधिकारी पूँजीवाद, र (३) अर्ध–सामन्ती र अर्ध–उपनिवेशी अवस्था (उपनिवेशवाद) । १) प्रतिपर्धी पूँजीवाद :- प्रतिस्पर्धी पूँजीवादको अवस्थामा पूँजीपति वर्गहरुको बीचमा तीव्र प्रतिस्पर्धाको कारण सम्पूर्ण विश्वभरि पूँजीवाद कमजोर भएको थियो । त्यसकारण सम्पूर्ण विश्वभरि एकैपटक समाजवादी क्रान्ति संभव थियो । त्यही अवधिमा माक्र्सवादको उदय भएको थियो, जसले क्रान्तिको लक्ष्यको रुपमा समाजवादपूरा पढ्नुहोस्
वर्तमानको विश्लेषण
आज हामी एउटा नयाँ विश्वमा छौं । यो नयाँ विश्वमा सोभियत संघ छैन, शोषित–उत्पीडित वर्गहरुको आशा–केन्द्र समाजवादी सत्ता छैन, कुनै जमानामा संसार हल्लाउने कम्युनिस्ट आन्दोलनमा गतिरोध आएको छ र शक्तिशाली श्रमिक संगठनहरु शिथिल भएका छन् । सम्पूर्ण विश्वमा पूँजीवादीहरुको करिब एकल वर्चस्व (प्रभुत्व) स्थापित भएको छ, जसको प्रतिरोध या त हुँदैहुँदैन या प्रभावहीन हुन्छ । तर पनि, सोभियत संघ नभएकोले यो विश्व नयाँ भएको होइन । त्यसको विपरित, यो विश्वको नयाँ स्वरुपको कारण सोभियत संघको अन्त्य भएको छ र पूँजीवादीले पनि अस्तित्व बचाउन आफूलाई बदलेको छ । विगतमा नै ढल्छ भनिएको पूँजीवाद अझ हराभरा भएर आएको छ । पहिले आपसमापूरा पढ्नुहोस्
विगतको समीक्षा
युरोपमा प्रजातान्त्रिक क्रान्ति सम्पन्न भएपछि सवै समस्याहरुको समाधान हुन्छ भन्ने मान्यता स्थापित भएको थियो । तर त्यो मान्यता भङ्ग हुन धेरै समय लागेन । सन् १७८९ मा सम्पन्न फ्रान्सेली क्रान्तिको आदर्श स्वतन्त्रता, समानता र भातृत्वको परिणाम ठीक विपरित भयो । स्वतन्त्रता लुटतन्त्रमा बदलियो, समानता असमानतामा बदलियो र भातृत्व मत्स्य न्यायमा बदलियो । समाजका अधिकांश मानिसहरु सर्वहारामा परिणत भए । प्रजातन्त्रअल्पतन्त्रमा फेरियो । समाजमा एकातिर अति सम्पन्नता र अर्कोतिर अति विपन्नता एकत्रित भयो । तब मानिसहरुले यसको विकल्प खोज्न थाले । केही विचारकहरुले यसको विकल्प समाजवाद हो भन्ने धारणा अगाडि ल्याए । तिनीहरुमध्ये प्रमुख सेन्ट साइमन, चार्ल्स फूरिये र रोबर्ट ओवेनपूरा पढ्नुहोस्