Main Menu

Wednesday, October 25th, 2017

 

धेरैको चाहना : बाबुराम वामपन्थी नै रहिरहे हुन्थ्यो

माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल हुँदै पार्टी एकीकरणसम्मको घोषणा हुँदा बाबुराम पनि त्यस अभियानमा आएको पाएर धेरै मानिसहरु खुशी भएका थिए । तर, त्यो खुशी लामो समयसम्म जोगिन सकेन । प्रदेश र संसदको पहिलो चरणको चुनावमा सिट बाँडफाँडको भित्री छलफलमा कुरा मिल्न नसकेपछि बाबुराम वाम गठबन्धनलाई छाडेर कांग्रेससँग चुनावी तालमेलमा लागेका छन् र गोरखा २ मा उनी ‘अब शत्रु कोही रहेनन्’ भनेर कांग्रेस र आफू कुनै कुरामा भिन्न नरहेको उद्घोष गर्दै हिँडेका छन् । अब उनले ‘लोकतान्त्रिक’ गठबन्धनमा प्रवेश गरेका छन् । बजारमा अहिले एमाले त ‘हिजैदेखि कम्युनिस्ट थिएन, माओवादी पनि अब रहेन’, वामपन्थ नै नरहेपछि अब केको वामपन्थीपूरा पढ्नुहोस्


पुनःनिर्माणमा आर्थिक अभाव भए अर्को दाता सम्मेलन : भुसाल

कात्तिक ८, काठमाडौँ राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले प्राविधिक जनशक्तिको अभावमा पुनःनिर्माणले जनताको सोचअनुसार गति लिन नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले पुनःनिर्माणका लागि गाउँपालिका र नगरपालिकाले माग गरे अनुरुप प्राधिकरणले प्राविधिक खटाउने जानकारी दिए । प्राधिकरणले एकमुष्ट रुपमा १ हजार १०० प्राविधिक माग गर्दा छानिएकामध्ये ९०० भन्दा बढीले काठमाडौँमै बस्न पाउँ भनी निवेदन दिँदा ग्रामीण भेगको पुनःनिर्माणमा समस्या भएको उनले बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र सचिव अन्यत्र गए पनि काम हुनसक्ने गरी संस्थागत प्रणाली विकास गर्नेतर्फ कदम अघि बढाउने प्रतिबद्धता भुसालले जनाए । “पुनःनिर्माणका लागिपूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडकमा पुनः यातायात रोकेर काम गरिने

कात्तिक ८, चितवन नारायणगढ–मुग्लिन सडक खण्ड निर्माणका लागि पुनःदिउँसो यातायात रोकेर काम थालिने भएको छ । नारायणगढ मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार छठ पर्वपछि मानिसको आवतजावत कम भएसँगै सडक रोकेर काम गरिने छ । कात्तिक १५ गतेतिरबाट दिउँसो सवारी आवागमन रोक्नका लागि स्थानीय प्रशासनसँग छलफल गरिँदैछ । ठेकेदार कम्पनीले दैनिक ८ घण्टा सवारी रोक्न माग गरेपनि ६ घण्टासम्म रोकेर काम अगाडि बढाउने तयारी रहेको चर्चा गर्दै उनले भने “अब हामी स्थानीय प्रशासनसँग छलफल गरेर दिउँसो सवारी रोकेर कामलाई तीव्रता दिन्छाैँ ।” यसअघि वर्षा शुरु हुनुपूर्व दैनिक ८ घण्टा सवारी साधन रोकेर काम गरिँदै आएको थियो । वर्षा र चाडपर्वकोपूरा पढ्नुहोस्


कोइलाहा ताल पर्यटकीय गन्तव्य बन्दै

कात्तिक ८, धनगढी कैलारी गाउँपालिका–९ स्थित कोइलाहा ताललाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उक्त ताललाई पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार जुटाउने काम भइरहेको छ । सो कामको जिम्मा नेपाली सेनालाई दिइएको छ । तालको उचित व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउन आगामी ५ वर्षका लागि रु. ५ करोड बजेट विनियोजन गरिएको छ । ताल रहेको क्षेत्रमा ४ वटा बोटिङ डुंगाको व्यवस्थाका साथै भ्यू टावर, प्रतीक्षालय, वनभोजस्थल लगायतका पूर्वाधारको निर्माण भएपछि आन्तरिक पर्यटक आउन थालेका ताल संरक्षण समितिका अध्यक्ष सिहीलाल चौधरीले बताए । “ताललाई यस क्षेत्रको मुख्य पर्यटकीय गन्तव्य बनाउन पहल भइरहेको छ”, उनले भनेपूरा पढ्नुहोस्


सप्तरीको बरसाइनबासी आइरनयुक्त पानी पिउन बाध्य

कात्तिक ८, राजविराज सप्तरीको बरसाइनमा खानेपानीको समस्या भएको छ । सप्तरी सदरमुकाम राजविराजदेखि २० किलोमिटर पश्चिममा जिल्लाको अतिविकट ठाउँमा अवस्थित बोदेवरसाइन नगरपालिकाको बरसाइन बजारमा विगत लामो समयदेखि खानेपानीको अभाव भएको पाइएको छ । सो बजारलगायत आसपास क्षेत्रमा रहेका अधिकांश गाउँघरमा खानेपानीको ट्युबेलमा आइरनयुक्त पानी आउने गरेकाले शुद्ध तथा उचित पानी खानबाट वञ्चित भएको स्थानीयबासी वीरेन्द्र साहले बताए । त्यहाँ रहेका अधिकांश टु्यबेलको पानीमा आइरन भएकाले सो पानीबाट लुगा धुँदा सेतो लुगा पनि रातो र खैरोे जस्तो हुने गरेको साहले गुनासो गरे । साथै, आइरन भएको पानीले भाँडावर्तन माझ्दा पनि रातो हुने गरेको बताउँदै दाँत माझ्दा दाँत खराब हुने र नुहाउँदापूरा पढ्नुहोस्


कृत्रिम हातखुट्टा शिविरबाट ३५ लाभान्वित

कात्तिक ८, बेनी, म्याग्दी बेनीमा २ दिनसम्म सञ्चालित कृत्रिम हातखुट्टासम्बन्धी शिविरमा ३५ जनाले सेवा लिएका छन् । सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका छन् । बेलायतमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था (मोना) यूके, एनआरएनए यूके र बेनी अस्पतालको आयोजनामा सोमबार र मंगलबार आयोजित शिविरमा कलिला बालबालिकादेखि वृद्धवृद्धाले सेवा लिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा. धीरेन मल्लले बताए । बेनी अस्पतालमा आयोजित शिविरमा २ दशकदेखि एउटै कृत्रिम खुट्टाको प्रयोग गरेका, आर्थिक अवस्था कमजोर भएर कृत्रिम खुट्टासमेत प्रयोग नगरेका बिरामी आएका थिए । अफ्रिकीपूरा पढ्नुहोस्


निःशुल्क साइकल वितरण

कात्तिक ८, तिलोत्तमा, रुपन्देही रुपन्देही तिलोत्तमा नगरपालिकास्थित ३ वटा विद्यालयका १ सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ । तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो । गरिब तथा विपन्न परिवारका जेहन्दार विद्यार्थी र टाढाटाढाबाट विद्यालय आउने बालबालिकाको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको ख्वाङ्जु कोरियन बुद्धिज्म फाउण्डेशन नेपालका प्रवक्ता गोपाल आचार्यले बताए । करिब रु. ६ लाख मूल्य बराबरका ती साइकल वितरण गरिएको हो । साइकल उपहार पाएपछि जनज्योति मावि कक्षा– ९ का विद्यार्थी आकाश परियार र कक्षा ४ कि विद्यार्थी पूर्णिमापूरा पढ्नुहोस्


३ सामुदायिक विद्यालयमा भर्चुअल क्लास

कात्तिक  ८, फलेवास, पर्वत १ दशक अघिसम्म शिक्षकले कक्षा कोठामा जे पढायो, विद्यार्थीले त्यही मात्रै सिक्थे । शिक्षकले गलत सिकाए पनि विद्यार्थीले सही मान्नुपथ्र्यो । गाउँ–गाउँमा इन्टरनेटको विस्तारसंगै भर्चुअल क्लासबाट अब भने अध्ययन अध्यापनमा परिवर्तन आएको छ ।शिक्षकले पढाएको विषय सही वा गलत के हो ? ग्रामीण भेगका विद्यार्थीले पनि थाहा पाउन र थप ज्ञान आर्जन गर्न सक्ने भएका छन् । विद्यार्थीलाई थप सुविधा दिने गरी सरकारले प्रविधिमैत्री कक्षा शुरु गरेसँगै पर्वतमा पनि यस्तो सुविधा भएको हो । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक जनशक्ति विकास केन्द्रले ब्रोडब्याण्ड प्रविधिमार्फत राजधानीबाट पढाएको पाठ दुर्गम गाउँका विद्यार्थीले आफ्नै विद्यालयमा प्रत्यक्ष हेर्न सक्छन् । मन्त्रालयले गतपूरा पढ्नुहोस्


जुवातास खेलाउँदै गरेको अवस्थामा १२ जना पक्राउ

कात्तिक ८, भक्तपुर अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका – १० चित्तपोल खड्का गाउँस्थित विशाल खड्काले सञ्चालन गरेको किराना पसलभित्र अवैध रुपमा जुवातास खेलाउँदै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय ३४ वर्षीय विशााल खड्का, ४० वर्षीय वासुदेव खड्का, ४९ वर्षीय रघुनाथ खड्का, ४० वर्षीय हरि खड्का र ३० वर्षीय ज्ञानेन्द्र खड्का रहेका छन् । त्यसैगरी काभ्रे बनेपा नपा– १ का ४८ वर्षीय किरण थापा, ३७ वर्षीय सुन्दर जिसी, ३२ वर्षीय राजन थापा, २७ वर्षीय गोकर्ण कार्की, ४८ वर्षीय सहदेव थापा, ४० वर्षीय राधाकृष्ण महत र ५०पूरा पढ्नुहोस्


यमनमा हैजा नियन्त्रणको लागि विशेष अभियान

कात्तिक ८, साना यमनमा करिब ४ महिनादेखि फैलिएको हैजाबाट २ हजार जनाभन्दा बढीको मृत्यु भएपछि यहाँको सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा हैजा नियन्त्रण विशेष अभियान सुरु गरेको छ । गएको अप्रिलदेखि अहिलेसम्म मृत्यु हुनेहरुको संख्या २ हजार १५१ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले हालै जनाएको थियो । यहाँको अवस्था अत्यन्तै नाजुक रहेकोले हैजा नियन्त्रणका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । प्रायः सबैजसो प्रान्तमा हैजाको किटाणू पाइएको बताइएको थियो । हैजाबाट ८ लाख भन्दा बढी नागरिक प्रभावित भएका थिए । विश्व स्वास्थ्य संगठनको विशेष पहलमा यहाँ यो कार्यक्रम सञ्चालन गरिएको हो । हैजाको प्रकोप फैलिएका प्रायःपूरा पढ्नुहोस्