Main Menu

Thursday, October 12th, 2017

 

हिँड्दा हात ‘लेफ्ट-राइट’ किन हल्लिन्छ ?

हिँडिरहेको मानिसलाई हेर्नुहोस्, दायाँ खुट्टा अगाडि बढ्दा बायाँ हात अगाडि जान्छ र बायाँ खुट्टा अगाडि बढ्दा दायाँ हात अगाडि जान्छ । यो कुरा हामी आफ्नै हिँडाइमा पनि याद गरिरहेका हुन्छौँ । र, बालबालिकाहरूलाई विद्यालयहरूमा ‘लेफ्ट–राइट’ भनेर यसरी हिँड्न नै पनि सिकाइन्छ । हिँड्दा आखिर किन हल्लिन्छ त हाम्रो हात ? सतही रुपमा हेर्दा हिँड्दा हात हल्लाउनु अनावश्यक जस्तै लाग्न सक्छ । साथै हात हल्लिँदा अनावश्यक रुपमा केही मात्रामा ऊर्जा खर्च भएको जस्तो लाग्न सक्छ । तर, यसले हाम्रो हिँडाइमा ठूलो असर पार्छ र ऊर्जा खर्च हुनुको साटो झन् बचत हुन्छ । कसरी त ? हामी हिँड्दा जुन खुट्टा अगाडि सार्छौं,पूरा पढ्नुहोस्


भियतनाममा दुई दिनदेखिको अविरल वर्षाबाट ३७ को मृत्यु, ४० बेपत्ता

  असोज २६, हनोई दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भीषण वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तीमा पनि ३७ जनाको जनाको मृत्यु भएको समाचार छ । बाढीका कारण करिब ४० जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त पछिल्लो समाचार अनुसार आज पनि बाढीको प्रकोप घटेको छैन । हराइरहेका व्यक्ति जीवितै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार वर्षा नरोकिएकोले बाढी झन् बढेको छ । यसले गर्दा उद्वारकार्य कठिन भएको छ । भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउँठाउँमा पहिरो गएको छ । बाढीका कारण करिब ३ हजारपूरा पढ्नुहोस्


विद्यालयमा शौचालय नभएपछि छात्राले आफैं बनाए शौचालय

jhapa-36-thousand-houses-wo-toilet

असोज २६, बझाङ विद्यालयमा शौचालयको अभाव भएपछि छात्राहरु मिलेर शौचालय निर्माण गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यमिक विद्यालयका छात्राले ढुङ्गा, काठ र पानी आधा घण्टा टाढाको बाटोबाट आफैँले बोकेर आफ्नै खर्चमा शौचालय निर्माण गरेका हुन् । विद्यालयमा छात्रछात्राका लागि एउटै मात्र शौचालय रहेकाले अलग्गै शौचालय नहुँदा दिनैपिच्छे छात्र र छात्राको झगडा भइरहने गरेको थियो । “कति जना दिदीले त विवाद बढ्दै गएपछि विद्यालय नै छोडे । महिनावारी भएको समयमा त ५ दिनसम्म विद्यालयमा आउनै छोड्नुपर्छ,” कक्षा ९ की मनिसा धामीले बताइन् । गाउँ निकै विकट भएकाले शिक्षा कार्यालयबाट अनुगमन गर्न पनि कोही आउने गरेको छैन । शौचालयकापूरा पढ्नुहोस्


शिक्षा ऐन नवौँ संशोधन कार्यान्वयन गर्न नदिइने

  असोज २६, काठमाडौँ संयुक्त विद्यार्थी संगठनले शिक्षा ऐन नवौँ संशोधन विधेयक–२०७४ कार्यन्वयनमा जान नदिने निर्णय गरेको छ । नौ विद्यार्थी संगठनको आज बसेको संयुक्त बैठकले संशोधनमार्फत अयोग्य शिक्षकलाई स्थायी गर्न थालिएको र त्यसले लाखौँ बालबालिकाको भविष्य बिगार्ने जनाउँदै कार्यान्वयनमा जान नदिने निर्णय गरेको अनेरास्ववियु (क्रान्तिकारी) काउपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । बैठकले विधेयकलाई प्रमाणित नगर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ । यस्तै शिक्षा ऐन नवौँ संशोधन र र प्राविधिक शिक्षा तथा तालिम परिषद्बाट कलेजलाई बदनियत रुपमा सम्बन्धन दिने काम गरेको जनाउँदै उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक बहिष्कार गर्ने निर्णय गरिएको छ । यसैगरी बैठकले एमबिबिएसमा भर्ना हुने विद्यार्थीको शुल्क सरकारलेपूरा पढ्नुहोस्


एनआरएनमा पनि लाग्यो चुनावी माहोल, अध्यक्षमा गुरुङ र भट्टको उम्मेदवारी

  असोज २६, काठमाडौँ गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान अध्यक्ष शेष घलेकी पत्नीसमेत रहेकी गुरुङले आज पत्रकार सम्मेलनको आयोजना गरी आगामी शनिबारदेखि शुरु हुन लागेको संघको महाधिवेशनमा उम्मेदवारी घोषणा गरेकी हुन् । उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले ‘नेपालीका लागि नेपाली’ भन्ने ‘पवित्र’ उद्देश्यका साथ शुरु भएको संघमा आफूले गैरआवासीय नेपालीको माग र अपेक्षालाई पूरा गर्ने र महिला सशक्तीकरण र सहभागितालाई संस्थाको मेरुदण्डका रुपमा स्थापित गर्ने विश्वास व्यक्त गरिन्पूरा पढ्नुहोस्


फोरम र संयुक्त मार्क्सवादी एकीकरण

congress-leader-aryal-construct-20-houses

  असोज २६, काठमाडौँ संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी) आज एकीकरण भएका छन् । यहाँ आज आयोजित कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादव र मार्क्सवादीका महासचिव प्रकाश अधिकारीले दुवै पार्टी अब एक भएको घोषणा गरे । कार्यक्रममा फोरमका अध्यक्ष यादवले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा आफ्नो पार्टीलाई स्थापित गरिने बताए । यादवले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवै अतिवादी शक्तिका रुपमा विकास हुन थालेको बताउँदै यस्तो अवस्थामा मध्यममार्गी धारको नेतृत्व आफ्नो पार्टीले गर्ने बताए । संविधानप्रति असहमत रहँदारहँदै पनि जनताको संघर्षबाट प्राप्त हक अधिकारलाई ग्रहण गर्न, प्राप्त उपलब्धि खोसिन नदिनका लागि निर्वाचनमा आफ्नो पार्टीले भाग लिएकोपूरा पढ्नुहोस्


मेलम्चीको सुन्दरीजल प्रशोधन केन्द्रमा परीक्षण शुरु

  असोज २६, काठमाडौँ मेलम्ची खानेपानी विकास समितिले सुन्दरीजलमा निर्माण सम्पन्न भएको अत्याधुनिक पानी प्रशोधन केन्द्रका ३ कक्षमा सफलतापूर्वक पानी परीक्षण गरेको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७.५ किमी सुरुङ खनेर ल्याइने पानी सुन्दरीजलमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । चैतसम्म दैनिक १७ करोड लिटर पानी राजधानी आउने भए पनि हालसम्म जापान सहयोग नियोग जाइकाको आर्थिक सहयोगमा ८ करोड ५० लाख लिटर पानी प्रशोधन गर्ने केन्द्र निर्माण सम्पन्न भएको समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले‍ जानकारी दिए । केन्द्रका ८ प्रशोधन केन्द्रमध्ये हालसम्म ३ केन्द्र परीक्षणमा सफल भएको छ । मेलम्चीको पानी आउन सुरुङको काम १.५ किमी बाँकी भएकाले वाग्मतीको पानीपूरा पढ्नुहोस्


अनुदानबाट गोरखामा २,६६४ घर बन्यो

असोज २६, गोरखा सरकारले दिएको अनुदान लिएर गोरखामा २ हजार ६६४ वटा भूकम्प प्रतिरोधी घरको निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय गोरखाका प्रमुख शिव पौडेलका अनुसार ६१ हजार लाभग्राहीमध्ये ५४ हजार ६२७ जनाले पहिलो किस्ता अनुदान बुझिसकेका छन् । यस्तै, ९ हजार ६९३ जनाले दोस्रो किस्ता रकम तथा २ हजार ६६४ जनाले तेस्रो किस्ता रकम बुझेका छन् । अनुदान बैंकमार्फत वितरण गरिएको हो । पौडेलका अनुसार भूकम्पले क्षति पुगेका घर मर्मत गर्न २ हजार १९ जनाको नाम आएको छ । प्रबलीकरणका लागि १ लाख रुपैयाँका दरले भूकम्पपीडितले अनुदान रकम पाउँछन् । यस्तै, १० हजारपूरा पढ्नुहोस्


नैतिकताको आधारमा माओवादीले सरकार छाड्नुपर्छ : राणा

असोज २६, भक्तपुर राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर राणाले नेकपा (माओवादी केन्द्र)ले नैतिकताको आधारमा सरकार छाड्नुपर्ने बताएका छन् । आज रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष राणाले माओवादीले आफू सरकारमा पनि सामेल हुने र प्रतिपक्षसँग गठबन्धन गरी सरकारमै बसिराख्ने काम राजनीतिक बेइमानी हो भने । अध्यक्ष राणाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उपत्यकाभित्रै भएको निर्माण व्यवसायी महासङ्घका अध्यक्षको हत्याले सुरक्षा अवस्था कमजोर रहेको तथ्य प्रस्ट्याएको बताए । उनले राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच अबको २/४ दिनमै पार्टी एकता हुने विश्वास पनि व्यक्त गरे ।


हुलाकी राजमार्ग निर्माणमा ढिलाइ

असोज २६, धनगढी सडक निर्माण गर्न रेखाङ्कन गरिएको क्षेत्रमा रूख कटानीका लागि अनुमति नदिँदा कैलाली जिल्लामा निमार्णाधीन हुलाकी राजमार्ग वसन्ता खण्डमा लामो समयदेखि अघि बढ्न सकेको छैन । वसन्ता वन क्षेत्रको करिब २ किलोमिटर लामो भागमा रूख काटेर सडक निर्माण गर्नुपर्नेमा समयमै रूख कटानीको अनुमति नआएका कारण उक्त खण्डको हुलाकी राजमार्गको निर्माण कार्य रोकिएको हुलाकी राजमार्ग आयोजना प्रमुख तुरन्त मण्डलले बताए । सो क्षेत्रमा करिब १ हजारवटा रूख काट्नुपर्ने देखिएको छ । रूख कटानसम्बन्धी फाइल वन विभागवाट मन्त्रालयमा पुगेको बताइए पनि अहिलेसम्म कटान आदेश नआएकाले काम रोकिएको उनको गुनासो थियो । यता धनगढी बजार क्षेत्रको क्याम्पस चोकबाट ८ र २पूरा पढ्नुहोस्