Main Menu

भियतनाममा दुई दिनदेखिको अविरल वर्षाबाट ३७ को मृत्यु, ४० बेपत्ता

 

असोज २६, हनोई

vietnam-flood-death-toll-37दुई दिनदेखि भियतनामको उत्तरी र मध्य क्षेत्रमा जारी रहेको भीषण वर्षा र त्यसपछि आएको बाढी पहिरोका कारण कम्तीमा पनि ३७ जनाको जनाको मृत्यु भएको समाचार छ ।

बाढीका कारण करिब ४० जना स्थानीय नागरिक हराइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । प्राप्त पछिल्लो समाचार अनुसार आज पनि बाढीको प्रकोप घटेको छैन ।

हराइरहेका व्यक्ति जीवितै भेटिने सम्भावना कम रहेको उद्वारकर्मीहरुले जनाएका छन् । उनीहरुका अनुसार वर्षा नरोकिएकोले बाढी झन् बढेको छ । यसले गर्दा उद्वारकार्य कठिन भएको छ ।

भीषण वर्षाका कारण कतिपय बाँधहरू भत्किएका छन् भने ठाउँठाउँमा पहिरो गएको छ । बाढीका कारण करिब ३ हजार घरमा क्षति पुगेको छ । यसले गर्दा यहाँको जनजीवन अस्तव्यस्त भएको छ ।

हनोइको प्राकृतिक विपद् उद्धार तथा नियन्त्रण समितिले ठूलो मात्रामा जनधनको क्षति पुगेको बताएको छ ।

बाढीका कारण सबैभन्दा बढी प्रभावित हुनेमा होवा बिन प्रान्त परेको छ । सो प्रान्तमा मात्र ११ जनाको ज्यान गएको छ । यहाँबाट २१ जना हराइरहेका छन् ।

मङ्गलबारदेखि भीषण वर्षा जारी छ । बाढी पहिरोले थान्ह होआ र होआ बिन प्रान्तमा रहेका जलविद्युत योजनामा क्षति पुर्याएको छ ।

बाढीबाट विस्थापित भएका हजारौँ नागरिकलाई शिवीर बनाएर राखिएको छ । सरकारले ती राज्यमा सङ्कटकालीन अवस्थाको घोषणा गरेर उद्वारलाई सक्रिय बनाएको बताएको छ ।

(Visited 121 times, 1 visits today)

टिप्पणी

comments