Main Menu

विद्यालयमा शौचालय नभएपछि छात्राले आफैं बनाए शौचालय

असोज २६, बझाङ

विद्यालयमा शौचालयको अभाव भएपछि छात्राहरु मिलेर शौचालय निर्माण गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–६ मा रहेको मजखोरी माध्यमिक विद्यालयका छात्राले ढुङ्गा, काठ र पानी आधा घण्टा टाढाको बाटोबाट आफैँले बोकेर आफ्नै खर्चमा शौचालय निर्माण गरेका हुन् ।

विद्यालयमा छात्रछात्राका लागि एउटै मात्र शौचालय रहेकाले अलग्गै शौचालय नहुँदा दिनैपिच्छे छात्र र छात्राको झगडा भइरहने गरेको थियो ।

“कति जना दिदीले त विवाद बढ्दै गएपछि विद्यालय नै छोडे । महिनावारी भएको समयमा त ५ दिनसम्म विद्यालयमा आउनै छोड्नुपर्छ,” कक्षा ९ की मनिसा धामीले बताइन् ।

गाउँ निकै विकट भएकाले शिक्षा कार्यालयबाट अनुगमन गर्न पनि कोही आउने गरेको छैन । शौचालयका लागि आएको रकम कहाँ जान्छ, कसैलाई थाहा छैन । छात्राको समस्या शिक्षकले नबुझेपछि निकै समस्या भएको छात्राहरु बताउँछन् । विद्यालयमा दलित सहयोग समाजले व्यवहार परिर्वतनअन्तर्गत किशोर–किशोरी समूह गठन गरी विभिन्न खाले तालीम दिएपछि आफ्नो आँखा खुलेको र शौचालय निर्माण गरेको छात्राहरु बताउँछन् ।

(Visited 189 times, 1 visits today)

टिप्पणी

comments