Main Menu

अन्तरराष्ट्रिय वैज्ञानिक अनुसन्धान प्रयोगशालाको विकास गर्नुपर्ने

nast-developement-primeministerभदौ २५, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालभित्रै एक अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान प्रयोगशालाको विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट) को ४०आैँ प्राज्ञ सभालाई आज सम्बोधन गर्दै प्रतिष्ठानका कूलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले संसारका वैज्ञानिकलाई आमन्त्रण गर्न सकिने खालको वैज्ञानिक प्रयोगशाला स्थापना गर्न नास्टले दीघकालीन योजना ल्याउनुपर्ने बताए । आजभोलि नाष्टले जे गरिरहेको छ, त्यो आफ्नो स्रोत र साधनको क्षमताको दृष्टिकोणमा उपलब्धिमूलक नै छ तर त्यतिमै हामीले सन्तोष मान्ननहुने  प्रधानमन्त्रीले बताए।
नेपालमै उत्पादित युवा जनशक्तिले अन्तर्राष्ट्रिय प्रयोगशालामा अत्यन्त राम्रो काम गरिहेको सन्दर्भमा त्यस्तो प्रकृतिको काम नेपालमै सिर्जना गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए ।

प्रधानमन्त्री देउवाले नाष्टले गर्ने गतिविधि केही सानातिना अनुसन्धान र खोजमा मात्र सीमित नभएर अन्तर्राष्ट्रिय रूपमा परिचित गराउने अनुसन्धान र खोजतर्फ पनि लाग्न ध्यानाकर्षण गराए । देशको चौतर्फी विकासको लागि विज्ञान तथा प्रविधिको क्षेत्रको चुस्त उन्नति गर्नु आवश्यक छ, आजको २१ औँ शताब्दीको यो अवसरमा हामीले देशको विकास गर्नुपर्दा कतिपय क्षेत्रमा आफ्नो मौलिक सिर्जनात्मक विकास गर्नुपर्ने देखिन्छ, त्यसका लागि प्रतिष्ठानले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने प्रधानमन्त्री देउवाले बताए ।

प्रधानमन्त्री देउवाले जडीबुटी एवं बहुमूल्य प्रकृतिजन्य उपहारको सोधखोज, अनुसन्धान र प्रशोधन गरी मुलुकलाई धेरै फाइदा दिलाउनुपर्नेमा पनि उनले जोड दिए । प्राज्ञ सभाले चालु आव २०७४/७५ का लागि चालु खर्चतर्फ रू. १९ करोड १२ लाख ४८ हजार र पुँजीगत खर्चतर्फ रू. ५ करोड ९३ लाख ५५ हजार बजेट पारित गरेको छ । 

(Visited 154 times, 1 visits today)

टिप्पणी

comments