Main Menu

Sunday, September 10th, 2017

 

नैकाप गोल्डकप भोलिदेखि

भदौ २५, काठमाडौँ । चन्द्रागिरी स्पोर्टस् क्लबको आयोजनामा सोमबारदेखि नैकाप गोल्डकप २०७४ खुल्ला फुटबल प्रतियोगिताको आयोजना हुँदैछ । ३२ टिम सहभागी रहने उक्त फुटबल प्रतियोगिता फुलपातीको दिनसम्म चल्ने आयोजकले जनाएको छ । प्रतियोगिता सीधै नकआउट प्रणालीमा गरिनेछ । नयाँ नैकाप, चन्द्रगिरी – १४ को फुटबल मैदानमा आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी २ लाख २५ हजार रहेको छ । प्रतियोगिताको उपविजेताले रु. १ लाख २५ हजार र सेमिफाइनलिष्टले १५–१५ हजार प्राप्त गर्नेछन् । हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगिताको यस वर्षको संस्करणको लागि हालसालै मैदानको स्तरोन्नति गरिएको थियो । प्रतियोगितामा पहिलो खेल भोलि प्रयासरत नेपाल र चन्द्रागिरी नगरपालिका – १५ ढुङ्गेअड्डापूरा पढ्नुहोस्


समानुपातिक निर्वाचनमा भाग लिन १७ दलको निवेदन

  भदौ २५, काठमाडौँ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन १७ राजनीतिक दलले पहिलो दिन नै निर्वाचन आयोगमा निवेदन दिएका छन् । उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आजदेखि आगामी मंगलबारसम्म निवेदन पेश गर्न निर्वाचन आयोगले सूचना जारी गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकैसाथ गर्ने सरकारले निर्णय गरिसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिकपूरा पढ्नुहोस्


ओखरपौवामा सहमतिपछि उठ्न थाल्यो काठमाडौँको फोहर

  भदौ २५, नुवाकोट । प्रभावित क्षेत्रका बासिन्दाले राखेको माग पुरा गर्ने सहमतिपछि आजदेखि काठमाडौँ उपत्यकाको फोहर ओखरपौवामा फाल्न थालिएको छ । प्रभावित क्षेत्रका बासिन्दाका माग पूरा गर्न पाँचबुँदे सहमति तथा कार्यदल गठन गरेपछि फोहर फाल्न शुरु गरिएको ककनी गाँउपालिका– २ का वडाध्यक्ष केदार पौडेलले जानकारी दिए । काठमाडौँको फोहर बोकेका गाडी आज बिहानैदेखि फोहर फाल्न आउन थालेका उनले बताए । काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्का, ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्यालसहित फोहर प्रभावित क्षेत्र ककनी गाँउपालिका– १, २ र ३ तथा धादिङको धुनीवेशी नगरपालिका– १ र २ का वडाध्यक्षसहितको सरोकारवालाको बैठकले मागको सम्बन्धमा कार्यदल गठन गरी त्यसले पेश गरेको प्रतिवेदनपूरा पढ्नुहोस्


तीनपाङ्ग्रे सवारीलाई महानगरमा निषेध

  भदौ २५, रत्ननगर (चितवन) । चितवनको भरतपुर महानगरपालिकाले यहाँको यातायात व्यवस्थापनमा समस्या देखिएपछि गएको जेठयता भित्रिएका तीन पाङ्ग्रे सवारीलाई चक्रपथमा निषेध गर्ने निर्णय गरेको छ । वीरगञ्ज यातायात अञ्चल कार्यालयबाट अनुमति लिई गएको जेठदेखि चितवनमा सञ्चालनमा आएको तीनपाङ्ग्रे सवारीलाई आगामी असोज १ गतेदेखि लागू हुने गरी रिङरोडमा निषेध गर्ने निर्णय भएको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए । उक्त निर्णय अटेर गर्नेलाई सामान जफत गरी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । असोज १ गतेसम्म सूचनामार्फत सबैलाई जानकारी गराउने नगरपालिकाको योजना छ । “जेठअघि नै आएका तीनपाङ्ग्रे भने जोर-बिजोर प्रणालीमा चल्छन् । पछि भित्रिएका अरू चक्रपथमा चल्दैनन्,” ट्राफिक प्रहरीपूरा पढ्नुहोस्


वर्तमान संविधान अग्रगामी छ – उपप्रम गच्छदार

current-constitution-forerunner

  भदौ २५, वीरगन्ज । उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले दलित, महिला, मधेशी, जनजाति सबैलाई अधिकारसम्पन्न बनाएकाले वर्तमान संविधान अग्रगामी भएको बताएका छन् । नेपाल लोकतान्त्रिक फोरमद्वारा वीरगन्जको माइस्थानमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान उपयुक्त भएको बताए । संविधानले दलित तथा महिलाहरुलाई ३३ प्रतिशत स्थान सुनिश्चित गरेका कारण अहिले दलित महिलाले निर्वाचनमा भाग लिन पाएको उनको भनाइ थियो । केही दलले आफ्नो निजी स्वार्थका लागि जतिसुकै संविधानको विरोध गरेपनि यसले हिमाल, पहाड र तराई सबैलाई समानताको अधिकार दिएको बताए । २ नं प्रदेशको राजधानी जनकपुरलाई बनाउन आफूलाई दबाबपूरा पढ्नुहोस्


दुर्घटनामा मृत्यु हुने सबैको नाम-ठेगाना सार्वजनिक, सडक सुधार गर्न प्रशासनको निर्देशन

  भदौ २५, त्रिशूली (नुवाकोट) । नुवाकोटमा हिजो भएको सडक दुर्घटनामा मृत्यु भएका सबैको नाम र ठेगाना सार्वजनिक भएको छ । काठमाडौँबाट नुवाकोटको खरानीटारका लागि हिँडेको बस टोखा–छहरे सडक खण्डको नुवाकोटको शिवपुरी–७ ठाना भञ्ज्याङमा बा१ख ६३४८ नं को दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दुर्घटनामा तादी गापा–३ की २१ वर्षीया शशी बोगटी, तादी गापा–५ की ४५ वर्षीया लक्ष्मी न्यौपाने, सोही वडाकी ६७ वर्षीया ठूलीमाया तामाङको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा सूर्यगढी गापा–५ माछापोखरीका २३ वर्षीय दिनेश श्रेष्ठ, पञ्चकन्या गापा–४ का ५४ वर्षीय लालबहादुर तामाङ र शिवपुरी गापा–८ की ३७ वर्षीयापूरा पढ्नुहोस्


सरकारमा जान राप्रपा (प्रजातान्त्रिक) तयार

  भदौ २५, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) सरकारमा आज सहभागी हुने भएको छ । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न तथा आगामी असोज २ गतेको तेस्रो चरणको स्थानीय तह र मंसिरमा हुने प्रादेशिक एवं केन्द्रीय निर्वाचनको कार्यक्रमलाई पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा आज सहभागी हुन लागेको अध्यक्ष पशुपतिशम्शेर जबराले जानकारी दिए । व्यवस्थापिका– संसद्मा १८ सांसद रहेको पार्टीले वन तथा भू संरक्षण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्ने बताइएको छ । राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते विभाजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको सो पार्टीले करिब दुई साता अगाडि दलका रुपमा मान्यता प्राप्तपूरा पढ्नुहोस्


अस्पतालमा सुत्केरी भुइँँमा उपचार गराउन बाध्य

भदौ २५, चितवन । भरतपुर अस्पतालमा प्रसूतिका लागि आउने बिरामीमध्ये झण्डै आधा भुइँमा नै सुतेर प्रसूति गराउन बाध्य छन् । अस्पतालका प्रसूति रोग विभाग प्रमुख डा. सुनिलमणि पोख्रेल अस्पतालमा प्रसूति गराउन आउने आधाआधि महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउछन् । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उनले बताए । भरतपुर महानगरपालिकामा प्रमुख र उपप्रमुख दुवै महिला छन् । महानगरमा प्रमुख र उपप्रमुखको शपथपछिको ३२ आैँ दिनका दिन आज दोस्रो पटक भरतपुर अस्पताल पुग्नुभएका उनिहरुले प्रसूति गृहको निरीक्षण गरेका थिए । प्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाह जब प्रसूति गृह पस्नुभयो, भुइँभरी प्रसव अवस्थाका बिरामी महिलापूरा पढ्नुहोस्


अन्तरराष्ट्रिय वैज्ञानिक अनुसन्धान प्रयोगशालाको विकास गर्नुपर्ने

भदौ २५, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालभित्रै एक अन्तर्राष्ट्रिय वैज्ञानिक अनुसन्धान प्रयोगशालाको विकास गर्नुपर्ने बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान(नास्ट) को ४०आैँ प्राज्ञ सभालाई आज सम्बोधन गर्दै प्रतिष्ठानका कूलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले संसारका वैज्ञानिकलाई आमन्त्रण गर्न सकिने खालको वैज्ञानिक प्रयोगशाला स्थापना गर्न नास्टले दीघकालीन योजना ल्याउनुपर्ने बताए । आजभोलि नाष्टले जे गरिरहेको छ, त्यो आफ्नो स्रोत र साधनको क्षमताको दृष्टिकोणमा उपलब्धिमूलक नै छ तर त्यतिमै हामीले सन्तोष मान्ननहुने  प्रधानमन्त्रीले बताए। नेपालमै उत्पादित युवा जनशक्तिले अन्तर्राष्ट्रिय प्रयोगशालामा अत्यन्त राम्रो काम गरिहेको सन्दर्भमा त्यस्तो प्रकृतिको काम नेपालमै सिर्जना गर्नुपर्ने बताउँदै उनले त्यसका लागि सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिएपूरा पढ्नुहोस्


जेहेन्दार विद्यार्थीलाई अस्ट्रेलियामा छात्रवृत्ति

भदौ २५,  काठमाडौँ  । अस्ट्रेलियाको ला ट्रोब विश्वविद्यालयले जेहेन्दार नेपाली विद्यार्थीलाई स्नातक र स्नातकोत्तर तहमा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । उक्त विश्वविद्यालयले आज  काठमाडौँमा पत्रकार सम्मेलन गरी १५ देखि २५ प्रतिशतसम्म शैक्षिक शुल्कमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिइने जनाएको छ । विश्वविद्यालयका प्रा पल माथरले अन्तर्राष्ट्रियस्तरको शिक्षाका लागि नेपाली विद्यार्थी विश्वका विभिन्न मुलुकमा जाने गरेकाले केही हदसम्म भए पनि उनीहरुको आवश्यकता पूरा गर्न विश्वविद्यालयले छात्रवृत्तिको योजना लागू गरेको बताए । हाल विश्वविद्यालयमा १५० नेपाली विद्यार्थी अध्ययनरत छन् ।