Main Menu

Thursday, September 7th, 2017

 

नारच्याङमा जलविद्युत् आयोजनाका काम धमाधम

  भदौ २२, म्याग्दी । जलविद्युत्मा प्रचुर सम्भावना बोकेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा भित्रिएका जलविद्युत् आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएका छन् । नारच्याङमा अहिले पाँचवटा जलविद्युत् आयोजनाले निर्माण अगाडि बढाएका छन् । जलविद्युत् आयोजनाले पूर्वाधार निर्माणलाई तीव्रता दिएसँगै नारच्याङ छिट्टै जलविद्युत् गाउँका रुपमा विकास हुने भएको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने घलेम्दीखोलाबाट विद्युत् उत्पादन गर्न लागेको घलेम्दीखोला जलविद्युत् आयोजनाले आगामी चैतभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्यसहित पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । घलेम्दी हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको ५ मेगावाट क्षमताको सो आयोजनाको करिब १ हजार ७०० मिटर लामो सुरुङ निर्माण सकिएको छ । सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै बाँधतर्फ सामान ढुवानीपूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट राति पनि खुल्ला

  भदौ २२, चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको आज यहाँ सम्पन्न बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णयसमेत गरेको छ । गत असार २५ गतेबाट सो सडक रातको समयमा बन्द गर्ने गरिएको थियो । मुग्लिनबाट आउने सवारीलाई साँझ ७ देखि बिहान ५ बजेसम्म रोकिँदै आएको छ भने नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ देखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ । रातिको समयमा पहिरोको जोखिम बढेपछि सवारी साधन रोकिएको र मौसममा सुधार आएसँगै चाडपर्वलाईपूरा पढ्नुहोस्


सुन तस्करी प्रकरणमा थप दुई पक्राउ

  भदौ २२, रसुवा । ८८ किलो सुन प्रकरणमा रसुवाबाट दुईजना सवारी चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख शरतकुमार थापाक्षेत्रीका अनुसार पक्राउ पर्नेमा रसुवा जिल्ला स्याफ्रुबेँसीका दम्बा तामाङ र सिन्धुपाल्चोकका दिलीप खड्का रहेका छन् । यी दुई सवारी चालकमध्ये तामाङले चिनियाँ भू-भागमा र खड्काले नेपाली भू-भागमा सुन बोकेको मोटर ओहोरदोहोर गराउने भूमिका निर्वाह गरेको पाइएकाले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ पठाइएको प्रहरी प्रमुख थापाक्षेत्रीले बताए । रसुवागढीदेखि बेत्रावतीसम्म रसुवा जिल्लाको आधार इलाकाभित्र नेपाल प्रहरीको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मको तीन र नेपाली सेनाको तीनवटा जाँच परीक्षणको पोस्ट रहे पनि नेपाल–चीनको सीमा क्षेत्रको पोस्टबाहेक अन्य पोस्टमा बापूरा पढ्नुहोस्


स्थानीय तह सञ्चालनको लागि बाटो खुल्दै, विधेयक आइतबार संसद्मा पेश हुने

पूर्णप्रसाद मिश्र भदौ २२, काठमाडौँ । स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भदौ २५ गते व्यवस्थापिका– संसद्को पूर्ण बैठकमा पेश हुने भएको छ । विकास समितिले गठन गरेको उपसमितिले विधेयकमाथि दफावार छलफल गरी बुधबार प्रतिवेदन पेश गरेपछि आजको बैठकमा यस्तो जानकारी गराइएको हो । उपसमितिले विधेयकका सबै विषयमा सहमति जुटाए पनि स्थानीय तहको महासङ्घ गठन गर्ने सम्बन्धमा एकमत भएन । यसमा सहमति गर्न तीन दिनको समय दिइएको समिति सभापति रवीन्द्र अधिकारीले बताए । प्रमुख दलका सचेतक र शीर्ष नेतासँग परामर्श गरी आइतबार विधेयकलाई अन्तिम रुप दिइने उनको भनाइ थियो । “भदौ २५ गते आइतबार बिहान समितिको बैठकपूरा पढ्नुहोस्


भलिबल खेलाडी प्रतिभा मालीलाई नेदरल्याण्डमा प्रशिक्षण लिने मौका

मुना कार्की भदौ २२, काठमाडौँ । राष्ट्रिय महिला भलिबल खेलाडी प्रतिभा मालीले नेदरल्याण्डमा प्रशिक्षण लिने मौका पाएकी छन् । नेदरल्यान्ड भलिबल सङ्घले तीन साताको प्रशिक्षणका लागि मालीलाई निमन्त्रणा पठाएको नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । गत महिना मात्र नेपाल भ्रमणमा आएका नेदरल्यान्ड भलिबल सङ्घका विकास प्रबन्धक पिटर भ्यान तरेलले प्रतिभालाई प्रशिक्षणका लागि निमन्त्रणा पठाएका हुन् । महासचिव चन्दले राष्ट्रिय खेल भएकाले व्यक्तिगत मात्र नभई भलिबल खेलको विकासका लागि उक्त प्रशिक्षणले सघाउ पुग्ने बताए । उनका अनुसार माली त्यहाँ रहँदासम्मको सम्पूर्ण खर्च आयोजकले नै व्यहोर्नेछ । काठमाडौँको नैकाप तीनथानाकी माली अहिले १६ वर्षकी भइन् । सानै उमेरमा भलिबलपूरा पढ्नुहोस्