Main Menu

Saturday, September 9th, 2017

 

मेक्सिकोको भूकम्पमा मृत्यु हुनेको संख्या ६१ पुग्यो

भदौ २४, पास (मेक्सिको) । मेक्सिकोमा बिहीबार अबेर राती आएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ६१ पुगेको छ । दक्षिणपश्चिमी सहर पिजिजिआपानदेखि ९६ किलोमिटर टाढा केन्द्रविन्दु रहेको भूकम्प ३३ किलोमिटर गहिराइको रहेको पनि अधिकारीहरुले जनाएका छन् । “भूकम्प गएको बेला मैले बेलुकाको खाना खाइरहेको थिएँ,” एक जना स्थानीयले भने, “म तत्काल घर बाहिर दौडिएँ । त्यहाँ सडकमा सयभन्दा बढी मानिस आइसकेका थिए । तीमध्ये अधिकांश रात्री पोशाकमा रहेका थिए ।” भूकम्प गएको २० मिनेटमा विद्युत सेवा अवरुद्ध भएको थियो । अधिकांशले आफ्ना कार खुल्ला ठाँउमा रोकेका थिए । रातभरी उनीहरु त्यसैमा सुतेका थिए । भूकम्पले १२ वटापूरा पढ्नुहोस्


घटनास्थलमै ३ जनाको मृत्यु

नुवाकोटमा विभत्स बस दुर्घटना

भदौ २४, नुवाकोट । काठमाडौँबाट नुवाकोटको खरानीटार जाँदै गरेको बा १ ख ६३४९ नं को बस नुवाकोटको शिवपुरी गाउँपालिका– ७ ठाना भञ्याङमा आज दुर्घटना हुँदा तीनजना महिलाको घटनास्थलमै मृत्यु भएको र २९ जना घाइते भएका छन् । मृतकको पहिचान खुल्न सकेको छैन् । घाइते अधिकांशको अवस्था गम्भीर रहेको र उपचारको लागि काठमाडौँ पठाइएको छ । दुर्घटना घुम्ती मोड्दा भएकोे र बस सडकबाट ३ सय ५० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक मधुकर विष्टले जानकारी दिनुभयो । रासस तस्विर : Funney Rojat Tamang को फेसबुकबाट ।


म्यानमार भित्रै विस्थापित रोहिन्ज्या को लागि सरकारी सहयोग

  भदौ २४, याङ्गुन । रखाइन रज्यभित्रै विस्थापित भएका रोहिन्ज्या मुस्लिम समूदायलाई म्यानमार सरकारले सहयोगको बन्दोबस्त गर्न लागेको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार जानकारी दिएको छ । म्यानमारको राखाइन राज्यमा जारी हिंसाको १६ औँ दिनमा आज पहिलोपटक केही मानवीय सहयोग गर्न लागेको सरकारको तर्फबाट जानकारी आएको छ । राखाइन राज्यमा रोहिन्ज्या मुस्लिम समूदायमाथि भएको यस आक्रमणको कारण दशौँ हजार व्यक्ति राखाइन राज्यभित्रै विस्थापित भएका छन् । विस्थापित ती व्यक्तिहरु पहाडी इलाकामा खाद्य पदार्थ, पानी, शरणार्थी स्थल र औषधी उपचारबिना नै बसेका छन् । बङ्गलादेशले म्यानमार सरकारलाई देशभित्रै विस्थापित भएका रोहिन्ज्याहरुलाई सुरक्षित स्थानको प्रवन्ध गर्नका लागि आग्रह गरेको छ । यद्यपीपूरा पढ्नुहोस्


अचल सम्पत्ति नहुने मन्त्री गिरीराजमणि

भदौ २४, काठमाडौ । स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलले आफ्नो नाममा कुनै पनि अचल सम्पत्ति नरहेको प्रष्ट पारेका छन् । केही बैंक मौज्दात तथा सञ्चार सामाग्री र सामान्य अत्यावश्यक फर्निचरहरु मात्रै रहेको मन्त्री पोखरेलले जानकारी दिएका छन् । हिजो भदौ २३ गते सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री पोखरेलले आफ्नो व्यक्तिगत नाममा कुनैं पनि अचल सम्पत्ति नरहेको उल्लेख गरेका हुन् । उनले सम्पत्ति भनेकै आम सर्वसाधारण जनता भएको बताएका छन् । मन्त्री पोखरेलले भदौ २३ गते आफ्नो सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् । मन्त्री पोखरेलको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता नम्बर ३१५७ नम्बरमा दर्ता भएको छ । स्वास्थ्यमन्त्री पोखरेलले सार्वजनिकपूरा पढ्नुहोस्


सत्तामा ध्यान दिँदा काँग्रेस पछाडि पर्यो – डा. महत

  भदौ २४, भक्तपुर । पूर्वअर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले पैसा, पद, प्रतिष्ठा र सत्तामा बढी ध्यान दिँदा नेपाली काँग्रेस पछाडि परेको बताएका छन् । आज नेपाली काँग्रेस मध्यपुर थिमिनगर कार्यसमितिले यहाँ आयोजना गरेको बिपी कोइरालाको १०४ औँ जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान राजनीतिक परिप्रेक्षमा बिपीको विचारको सान्दर्भिकता विषयक विचार गोष्ठीमा उनले यस्तो बताएका हुन् । नेता महतले स्थानीय निकायको पदाधिकारीले भत्ता, सेवा र सुविधामा मात्रै ध्यान दिने गरेको पाइएको बताउँदै विकास बजेटसमेत त्यसैमा सिद्धिने चिन्ता व्यक्त गरे । उनले बिपी र गणेशमानले सत्ता र पदलाई त्यागेर पार्टीलाई शिरोपर गरेजस्तै काँग्रेसको मूल्य र मान्यतालाई स्मरण गर्दै नेता,पूरा पढ्नुहोस्


भैँसी बेचेर नगरप्रमुखमा उम्मेदवारी

khairhani-vote-counting-19-hrs-later

  भदौ २४, गौशाला । महोत्तरी जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि एक जना व्यक्तिले भैँसी बेचेर उम्मेदवारी दर्ता गराएका छन् । जलेश्वर नगरपालिका–७ का ४४ वर्षीय मोती अन्सारीले तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जलेश्वर नगरपालिकाका प्रमुख पदका लागि भैँसी बेचेर उम्मेदवारी दिएका हुन् । चारैतिर चुनावी चहलपहल शुरु हुँदा आफूलाई कसैले कुनै पार्टीबाट उम्मेदवारी दिन सोधपुछ नगरेको र चुनाव लड्ने ठूलो चाहना र उमंग भएपछि रु. ७७ हजारमा भैँसी बेचेर आफूले जलेश्वर नगरपालिकाको प्रमुख पदका लागि स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उनले बताए । साउनको अन्तिम साता आएको बाढीले घर भत्केको र अहिले सुत्ने फुसको छानो भएको घरसमेत पानी परेपछि चारैतिरबाटपूरा पढ्नुहोस्


उपत्यकामा फोहरको थुप्रो, महानगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन

  भदौ २४, काठमाडौँ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी जम्मा गरिएको फोहर नदी किनार एवं सडकमै थुपारिएको छ । एक साता अघिदेखि काठमाडौँ महानगरपालिकाले उपत्यकाको फोहर व्यवस्थापन गर्न नसक्दा वाग्मती सफाइ महाअभियानलगायत नदी र चक्रपथ सफाइ अभियानले आज सफाइ गरी संकलन भएको फोहर नदी किनार र मूल सडकमा थुपार्नुपरेको हो । वाग्मती सफाइ महाअभियानको २२६ औँ हप्तामा आज सिनामंगल पुलमा सफाइ गरी पाँच मेट्रिक टन फोहर थुपारियो । सो अवसरमा नेपालका लागि युरोपेली संघका राजदूत रिन्चे टिरिङलाई बिदाइसहित सम्मान गरिएको सफाइ महाअभियानका प्रवक्ता उमेश बोहराले जानकारी दिए । उनी यही हप्ता बंगलादेश जानेछन् । सफाइका क्रममा सिनामंगलदेखि जागृतिनगरसम्मपूरा पढ्नुहोस्