Main Menu

Tuesday, September 19th, 2017

 

अमेरिकालाई धम्क्याउन खोजे उत्तर कोरियालाई ध्वस्त पार्ने ट्रम्पको चेतावनी

असोज ३, न्यू योर्क अमेरिकालाई धम्क्याउन खोजे उत्तर कोरियालाई ध्वस्त पार्नेबाहेक अरु केही विकल्प नरहने अमेरिकी राष्ट्रपतिले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसंघको साधारण सभामा पहिलोपटक सम्बोधन गरिरहेका राष्ट्रपति ट्रम्पले प्योङग्याङले आफ्ना आणविक हतियारका कार्यक्रमहरु नरोके भौतिक कारवाहीको लागि तयार रहन उत्तर कोरियालाई चेतावनी दिएका हुन् । राष्ट्रपति ट्रम्पको सम्बोधनका क्रममा उत्तर कोरियाली कुटनीतिज्ञहरु ट्रम्पकै अगाडि केही मिटर पर मात्र थिए । उत्तर कोरियाली राष्ट्रपति किम जोङ–उनतर्फ लक्षित गर्दै उनले भने, ‘रकेट–मानव आफू र आफ्नो साम्राज्यको आत्महत्याको बाटोमा अग्रसर देखिन्छन् ।’ थप आउँदैछ…


७७ जिल्लाका शिक्षण तथा स्वास्थ्य संस्थामा टेलिफोन र इन्टरनेट पुग्ने

  असोज ३, काठमाडौँ सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले इन्टरनेट र टेलिफोन सेवालाई चालु आवभित्र ७५ जिल्लाका शिक्षण संस्था र स्वास्थ्य संस्थामा पुर्याउने प्रयत्न भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित ‘प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा रेडियोको भूमिका’ विषयक अन्तर्क्रियामा उनले सूचना प्रविधिलाई धेरैभन्दा धेरै जनताको पहुँचमा पुर्याउन सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइनेतर्फ सरकार लागिरहेको बताए । मन्त्री बस्नेतले मुलुकमा लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गराउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै नयाँ सञ्चार नीति ल्याउनका लागि द्रुत स्तरमा काम भइरहेको बताए । स्थानीय तहको निर्वाचनमा जनताको उत्साहजनक सहभागिताले अब हुने निर्वाचनमा कुनैपूरा पढ्नुहोस्


उत्तर कोरियाविरुद्ध आणविक युद्धमा नजान ट्रम्पलाई राष्ट्रसंघको चेतावनी

असोज ३, न्यू योर्क संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियाविरुद्ध आणविक युद्धमा नजान चेतावनी दिएको छ । राष्ट्रसंघको २०१७ को साधारण सभाको सुरुवाती सम्बोधनमा गुटेरेसले यस विषयमा गम्भीर नबने ‘घातक भ्रम’ उत्पन्न हुनसक्ने बताए । ‘अहिले स्टेट्स्म्यानसिपको परिचय दिनुपर्ने समय हो,’ गुटेरेसले थपे । उत्तर कोरियाले केही समयदेखि निरन्तर रुपमा गर्दै आएको आणविक हतियार तथा मिसाइलहरुको परिक्षणको विषयलाई लिएर राष्ट्रपति ट्रम्पले राष्ट्रसंघको सभाको आफ्नो सम्बोधनमा राष्ट्रसंघलाई इतिहासमा ‘तमासा हेरेर बसेको संस्था’ नबन्न चेतावनी दिने अमेरिकी सञ्चार माध्यमहरुले आज बिहान समाचार दिएका थिए । उक्त समाचारको प्रतिक्रियास्वरुप महासचिव गुटेरेसले राष्ट्रपति ट्रम्पलाई ‘तनाव बढ्दा नै भ्रमहरुको खेतीपूरा पढ्नुहोस्


१३ प्रतिशत जनतामा पुगेको छैन शुद्ध खानेपानी – मन्त्री यादव

  असोज ३, काँकडभिट्टा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले स्वच्छ खानेपानीलाई वर्तमान संविधानमा मौलिक हकका रुपमा राखिएको हुँदा सबै नेपालीमा स्वच्छ खानेपानीको पहुँच पुर्याउन वर्तमान सरकारले गम्भीर भएर काम गरिरहेको बताए । आज झापाको चारआली साना शहरी तथा सरसफाइ उपभोक्ता संस्थाले रु. २० करोड २१ लाखको लागतमा निर्माण गरेको खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा त्यस्तो बताएका हुन् । मन्त्री यादवले ८७ प्रतिशत जनतामा शुद्ध खानेपानीको पहुँच पुगे पनि अझै १३ प्रतिशत जनता शुद्ध खानेपानी पिउनबाट वञ्चित रहेको बताए । यस आयोजनाबाट मेचीनगर नगरपालिकाअन्तर्गत साबिक धाइजन र दुहागढी क्षेत्रका २ हजार ४०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने संस्थाका अध्यक्ष लालबहादुर थेवेले बताएपूरा पढ्नुहोस्


यत्रो मन्त्रीहरु किन चाहियो ? – ओली

  असोज ३, भक्तपुर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पुर्याएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आज चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताए । “यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ?” ओलीले प्रश्न गरे । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी गरे । चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उनले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाए । चुनाव नहुने षडयन्त्रलाईपूरा पढ्नुहोस्


पाटन विमानस्थल कालोपत्र हुँदै

असोज ३, बैतडी प्रदेश नं ७ अर्थात् सुदूरपश्चिमकै दोस्रो ठूलो पाटन विमानस्थल पुनःसञ्चालनको तयारीस्वरुप कालोपत्र गर्ने काम शुरु हुने भएको छ । विमानस्थललाई २०७५ असार मसान्तभित्र कालोपत्रे गर्ने लक्ष्यसहित माटो काट्ने काम तीव्र गतिमा भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत समृद्धि श्रेष्ठले जानकारी दिए । वि.सं. २०७२ को बजेट भाषणमा सरकारले झण्डै दुई दशकदेखि बन्द विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्ने गरी बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको थियो । विमानस्थलको क्षेत्रफल र वरिपरिको पर्यावरणका हिसाबले पाटन विमानस्थल उत्कृष्ट रहेको प्रतिवेदन तयार पार्ने प्राविधिकले बताएका थिए । सोही प्रतिवेदनअनुसारपूरा पढ्नुहोस्


अर्माले ध्वस्त क्यारिबियनमा क्याटागोरी ५ को अर्को आँधी

असोज ३, डोमिनिका हालैमात्र अर्मा आँधीले क्षतविक्षत बनेको क्यारिबियन क्षेत्रमा अर्को शक्तिशाली समुद्री आँधी छिरेको छ । हरिकेन मारिया नामक यो आँधी अहिले मोन्ट्सेराट नामक बेलायती स्वामित्वको क्यारिबियन टापूतिर अगाडि बढिरहेको जनाइएको छ । केही समयअघि मात्र एक रातमै क्याटेगोरी ५ पुगी आँधी डोमिनिका छिरेको थियो । २६० किलोमिटर प्रतिघण्टाको वेगमा पुगिसकेको सो आँधीले सोमबार राति डोमिनिकामा ठूलो मात्रामा समुद्री पानी ल्याएको थियो । घाइते वा मृत्युको खबर आइनसकेपनि प्रधानमन्त्री रुज्भेल्ट स्केरिटले अवस्था गम्भीर रहेको बताउँदै सहयोगको लागि अपिल गरेका छन् । प्रधानमन्त्री स्केरिट आफैलाई पनि बाढी पसेको उनको घरबाट उद्धार गरिनुपरेको थियो । प्रधानमन्त्री स्केरिटका अनुसार आँधीका कारण व्यापकपूरा पढ्नुहोस्


निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्छ – नेता प्रकाश

  असोज ३, काठमाडौँ नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीको अवस्था सुधार्न सबैले मेहनत गर्नुपर्ने धारणा राखेका छन् । पार्टी सम्बद्ध गोरखा–काठमाडौँ संघीय जनसम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको दशैँ, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, “अबको अर्जुनदृष्टि जसरी पनि प्रदेश र प्रतिनिधिसभा चुनाव जित्ने हुनुपर्छ । यसपटक पनि माओवादीले जित्न नसके जनताको मनोबल खस्किन जान्छ र परिवर्तनका एजेण्डा धरापमा पर्न जान्छ ।” नेता श्रेष्ठले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पराजयबारे समीक्षा गरेर नीति कार्यक्रम तथा योजना बनाउनुपर्नेमा जोड दिए । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा विजयीपूरा पढ्नुहोस्


माथिल्लो तामाकोशीको भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी

असोज ३, काठमाडौँ राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगति ९० प्रतिशत भन्दामाथि पुगेको छ । सरकारले आयोजनाका लागि हरप्रकारको सहयोग उपलब्ध गराउँदै तोकिएको समयभन्दा पहिले पूरा गरे पुरस्कारको समेत व्यवस्था गरेपछि निर्माणले गति लिएको हो । कुल ४५६ मेगावाट क्षमताको सो आयोजनाको सबैभन्दा अप्ठ्यारो मध्येको एक ठाडो सुरुङ (भटिर्कल साफ्ट टनेल) ब्रेक थ्रु भएपछि भौतिक प्रगति ९० प्रतिशतमाथि पुगेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिए। विद्युत् गृहमा पानी ल्याउने सुरुङमध्येको सबैभन्दा अप्ठ्यारो मानिएको सो सुरुङ ३२२ मिटर लामो छ । आयोजना प्रमुख श्रेष्ठले भने, “विश्वकर्मा पूजाको दिन नै हामीले सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङ निर्माण सम्पन्न गरेकापूरा पढ्नुहोस्


अन्तर्राष्ट्रिय हवाई मार्ग तथा प्रवेश बिन्दु विस्तार गरिने

काठमाडौँ, ३ असोज नेपालले अन्तर्राष्ट्रिय हवाई उड्डयनका लागि हाल उपयोग गर्दै आएको एकमात्र हवाई मार्ग तथा प्रवेश बिन्दु ‘एयर रुट तथा इन्ट्री प्वाइन्ट’ मा थप विस्तार गर्ने भएको छ । त्यसका लागि विराटनगर वा जनकपुर, नेपालगञ्ज र महेन्द्रनगरबाट हवाई मार्ग प्रवेश बिन्दु थप गर्ने सम्बन्धमा मित्रराष्ट्र भारतसँग द्विपक्षीय वार्ता र छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । हाल सिमराको हवाई मार्गबाट मात्र अन्तर्राष्ट्रिय विमान नेपाल भित्रने गरेका छन् । पर्यटनमन्त्री जितेन्द्रनारायण देवले हालै पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको ३२ बुँदे भावी कार्ययोजना हवाई मार्ग प्रवेश बिन्दुका लागि सम्बन्धित पक्षसँग थप छलफल गरी टुंगोमा पुर्याइने उल्लेख छपूरा पढ्नुहोस्