Main Menu

Thursday, September 14th, 2017

 

ब्लु बेल एफ. सी.,वाडभन्ज्यांग को सानदार जित

भदौ २९, काठमाडौँ (चन्द्रागिरी ) । नैकाप गोल्डकपको चौथो दिन आज बिहिबार ३ खेलहरु भए । ब्लु बेल एफ. सी.,वाडभन्ज्यांग र सितापाइला एफ.सी,सितापाइलाबीच भएको पहिलो खेलमा सितापाइला एफ.सी,सितापाइलाले ९-१ को लज्जास्पद हार बेहोर्यो ।  ब्लु बेल एफ. सी को तर्फबाट ५ गोल गर्दै नायक बनेका अखिलेश कार्की म्यान अफ द म्याच घोषित भए । सिम थापाले २ अनि कर्फु रसाइली र अनिश श्रेष्ठले १-१ गोल गर्दा ब्लु बेल एफ. सी., वाडभन्ज्यांगले समग्रमा ९-१ को फराकिलो जित दर्ता गर्यो । सितापाइलाको लागि १ मात्र सान्त्वोना गोल अनिल लामाले गरे । दोस्रो खेलमा वेस्टर्न युनाइटेड किसिपीडीले रेस्ट्रोलोजि लायन्स क्लब अफ धादिंग, धुनिबेशि टाउन माथि ३-१ को जीत दर्ता गर्न सफलपूरा पढ्नुहोस्


जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी बनाइदिने’ उत्तर कोरियाको चेतावनी

भदौ २९, सोल (दक्षिण कोरिया) । एक उत्तर कोरियाली सरकारी एजेन्सीले आणविक हतियार प्रयोग गरेर जापानलाई ‘डुबाइदिने’ र अमेरिकालाई ‘खरानी बनाई अन्धकारमय बनाइदिने’ चेतावनी दिएको छ । आफ्नो पछिल्लो आणविक परिक्षणको प्रतिक्रियास्वरुप संयुक्त राष्ट्र सुरक्षा परिषदले लगाएको प्रतिबन्धहरुलाई समर्थन गरेको कारण उत्तर कोरियाले जापान र अमेरिकालाई यस्तो आरोप लगाएको जनाइएको छ । उत्तर कोरियाको वैदेशिक मामिला तथा प्रचारप्रसार सम्हाल्ने प्योङ्ग्याङको कोरिया एसिया–प्रशान्त शान्ति समितिले सुरक्षा परिषदको खारेजीको पनि माग गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदलाई उत्तर कोरियाले अमेरिकाद्वारा परिचालित ‘घुस्याहा’ राष्ट्रहरुको समूहको रुपमा व्याख्या गर्दै आएको छ । ‘आणविक बमले जापानका चार टापुहरुलाई प्रशान्त महासागरमा डुबाउनुपर्छ । जापानपूरा पढ्नुहोस्


५ सय ३२ वटा मुद्दामा निःशुल्क सेवा

  भदौ २९, सप्तरी । जिल्लास्थित कानूनी सहायता केन्द्रले यस वर्ष ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको छ । केन्द्रले गरिब, असहाय, अशक्त, द्वन्द्वपीडित र पीडित ज्येष्ठ नागरिकलाई निःशुल्क कानूनी सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत ५३२ वटा मुद्दामा निःशुल्क कानूनी सेवा प्रदान गरेको जनाएको हो । केन्द्रद्वारा प्राप्त विवरणअनुसार २०७३/७४ मा देवानीतर्फ १०२, फौज्दारीतर्फ ७१, ठाडो मुद्दा दर्तातर्फ ३५९ गरी कूल ५३२ मुद्दामा कानूनी सेवा प्रदान गरिएको उल्लेख छ । आगामी आवमा लक्षित समुदायलाई अझ बढी समेटिने र यसका लागि व्यापक प्रचारप्रसार र सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत भएको केन्द्रका अधिकृत रामप्रसाद गौतमले जानकारी दिए । जिल्ला कानूनी सहायतापूरा पढ्नुहोस्


नारायणगढ–मुग्लिन सडकखण्डमा चालकको लापरबाहीले सवारी जाम बढी

भदौ २९, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सडक बिग्रिएरभन्दा पनि चालकको लापरबाहीले गर्दा धेरै समय जाम हुने गरेको पाइएको छ । बीच बाटोमा गाडी रोकिँदा यात्रुले लामो समय लाममा बसेर यात्रा गर्न बाध्य हुनुपरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले सडक राम्रो बनाएर र प्रहरीले सडक जाम हटाएर मात्र यो सडकखण्ड सहज बन्न नसक्ने देखिएको छ । चालकले सावधानी अपनाउन नसक्दा र नियमको पालना नगर्दा बढी मात्रामा जाम हुने गरेको हो । पहिरो र सडकका खाल्डाखुल्डिका कारणभन्दा धेरै गुणा चालकको लापरबाहीका कारण यो सडकमा सवारी चाप बढ्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त चालकले बेवास्तापूरा पढ्नुहोस्


कुलमानको १ वर्ष – सक्षम नेतृत्वका कारण प्राधिकरण सफलतातर्फ

रमेश लम्साल भदौ २९, काठमाडौँ । नेतृत्व बदलिँदा सरकारी संस्थान कसरी सफलताको दिशामा जाँदो रहेछ भन्ने पुष्टि गरेको छ नेपाल विद्युत् प्राधिकरणले । सरकारले गत वर्ष आजैका दिन प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्यो । उनी कार्यकारी निर्देशकमा नियुक्त हुनुअगाडि प्राधिकरणले हिउँदमा ७ घण्टा दैनिक विद्युत्भार कटौती हुने प्रक्षेपण गरेको थियो । प्राधिकरणको आर्थिक अवस्था दुरुहपूर्ण अवस्थामा थियो । सञ्चित घाटा बढ्दै गएको थियो भने सञ्चालन खर्चसमेत बढिरहेको थियो । विद्युत्भार कटौतीका कारण मुलुकको आर्थिक, सामाजिक क्षेत्र नराम्ररी प्रभावित भएको थियो । नागरिकको दैनिक जीवन कष्टकर थियो । मुलुकको आर्थिक अवस्थासमेत नराम्ररी प्रभावित भएको थियो । गत वर्ष लक्ष्मीपूजाकोपूरा पढ्नुहोस्


भूकम्पले क्षतिग्रस्त भवनमा पढाउनुपर्ने बाध्यता

भदौ २९, खोटाङ । भूकम्पले क्षतिग्रस्त यहाँका विद्यालय भवनहरुको पुनः मर्मत नहुँदा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता छ । रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको पञ्चकन्या आभारभूत विद्यालय र जनकल्याण आधारभूत विद्यालयको भवन पुनः मर्मत नहुँदा जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता भएको हो । भूकम्प गएको २ वर्ष ४ महिना बितिसक्दा पनि कुनै निकायबाट सहयोग नपाउँदा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गर्नुपरेको विद्यालय परिवारले जनाएको छ । विसं २०७२ वैशाख १२ गते शनिबार गएको भूकम्पले पञ्चकन्या आधारभूत विद्यालय खाम्लाको तीनकोठे भवनको पूर्वपट्टिको गाह्रो चर्किएर २ ठाउँ धाँजा छुटेको छ । भूकम्पले चर्काएको विद्यालय भवनको गाह्रोबाट ढुंगा/माटो निस्किएर भ्वाङ परेपछि भित्रबाट बाहिर देखिनेपूरा पढ्नुहोस्


कृषि शिक्षाप्रति आकर्षण बढ्दै

भदौ २८, चितवन । रोजगारीका राम्रा अवसर आउन थालेपछि कृषि शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ । विज्ञानमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीको पहिलो रोजाइ मानव चिकित्सक बन्ने भए पनि सबैले छात्रावृत्ति नपाउने र शुल्क तिरेर पढ्दा निकै खर्चिलो हुने भएकाले दोस्रो विकल्पका रूपमा कृषि शिक्षा परेको हो । हाल नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय(एएफयु¬), त्रिभुवन विश्वविद्यालय (त्रिवि) र पूर्वाञ्चल विश्वविद्यालयले कृषि शिक्षा पढाउँदै आएका छन् । तीमध्ये पूर्वाञ्चल विश्वविद्यालयले निजी क्षेत्रलाई मात्रै सम्बन्धन दिएको छ भने अन्य दुईका आंगिक क्याम्पस छन् । एएफयुकाउपकुलपति प्रा. डा. ईश्वरीप्रसाद ढकाल यस विश्वविद्यालयमा कृषि पढ्न गतवर्ष ४ हजारले आवेदन दिएकामा २१५ जनालेपूरा पढ्नुहोस्


शेयर बजार दोहोरो अंकले बढ्यो

  भदौ २९, काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज दोहोरो अंकले उकालो लागेको छ । धितोपत्र बजारमा लगानी गर्नेहरु मनोवैज्ञानिकरुपमा लगानी गर्न हच्किएपछि बजार लगातार ओरालो लाग्दै आएको थियो । नेपाल स्टक एक्स्चेन्जकाअनुसार बजार ३७.११ अंकले बढेर १ हजार ५३० बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ७.४१ बिन्दुले बढेको छ । कूल १६१ कम्पनीको ११ लाख ७० हजार ७२ कित्ता शेयर रु. ६३ करोड ५० लाख ५ हजार ३५३ बराबरमा खरिद बिक्री भएको छ । नेप्से परिसूचक कोर्ष करेक्सनमा लागेको र आज बजार वृद्धि भएको बताइन्छ । धेरै कम्पनीले बोनस तथापूरा पढ्नुहोस्


डेढ घण्टाको बाटो अब ३० मिनेटमै पुगिने !

  भदौ २९, बाबियाचौर (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि पर्वतको जलजला गाउँपालिकाको केन्द्र माझफाँट जोड्ने बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको बाटो ३० मिनेटमा छोटिएको छ । वि.सं. २०७१ असोजमा मार्ग खुलेको सडक स्तरवृद्धि गरेपछि यातायातका साधन सञ्चालनमा आएको हो । मार्ग मात्र खोलिएको सडक प्राविधिक हिसाबले प्रतिकूल भएका कारण प्रयोगमा आउन सकेको थिएन । जलजला गाउँपालिका–१, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दाले बेनी आवत–जावतका लागि मल्लाज–मिलनचोक–बेनीको घुमाउरो सडक प्रयोग गर्दै आएका थिए । बेनी–मल्लाज सडक सञ्चालनमा आएपछि डेढ घण्टाको यात्रा अवधि ३० मिनेटमा छोटिएको जलजला–३ का वडा सदस्य शशी आचार्यले बताए । जिल्ला फरक भए पनि पर्वतकोपूरा पढ्नुहोस्


‘शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस्’

भदौ २९, लहान । सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन् – शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको चोहर्वाबाट ५ किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा रहेका ४० घरको सदाय (मुसहर) बस्ती शौचालयविहीन छ । पूरै बस्ती नै शौचालयविहीन हुँदा यहाँका सर्वसाधारण शौच गर्न बाँसघारी तथा नजिकैको नदीमा पुग्ने गरेका छन् । दैनिक मजदुरी र दाउरापूरा पढ्नुहोस्