Main Menu

Friday, September 22nd, 2017

 

नियान्डर्थलको मस्तिष्क आधुनिक मानवको भन्दा जटिल हुनसक्ने नयाँ तथ्य फेला

राकेश खत्री आधुनिक मानवको बच्चाको मस्तिष्क पूर्ण रुपले विकसित हुन जति समय लाग्छ, नियनडर्थलको बच्चाको मस्तिष्क पूर्ण रुपले विकसित हुन त्योभन्दा बढी समय लाग्ने एक नयाँ अध्ययनमा देखिएको छ । आजसम्मको खोज-अनुसन्धानले आमाको कोखबाट जन्म लिइसकेपछि सबैभन्दा ढिलो गतिमा मस्तिष्क विकास हुने प्राणीको रुपमा मानवलाई लिइन्थ्यो । शरीरको आकारको अनुपातमा हाम्रो मस्तिष्क निकै ठूलो हुने भएकोले यो तर्क आधारहीन पनि छैन, किनभने ठूलो मस्तिष्कको विकासको लागि थुप्रै समय र ऊर्जा त पक्कै लाग्छ नै । यसअघिका अनुसन्धानहरुमा नियान्डर्थलको मस्तिष्क आधुनिक मानवकोभन्दा कम जटिल हुने भएकोले तिनीहरुको मस्तिष्क मानवहरुको भन्दा चाँडो विकास हुने विश्वास गरिन्थ्यो । तर स्पेनको मड्रिडमा अवस्थित प्राकृतिक विज्ञान संग्रहालयका प्राध्यापकपूरा पढ्नुहोस्


‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट शुरु

  असोज ६, काठमाडौँ गृह मन्त्राललयले ‘शान्ति सुरक्षा र सुशासन – जनमैत्री प्रहरी र प्रशासन’ नारासहित ‘प्रहरी हाम्रो टोलमा’ अभियान आजबाट शुरु गरेको छ । गृहमन्त्री जनार्दन शर्माले अभियानको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गर्दै सो अभियान एक साथ आज देशभर २ हजार ५०० प्रहरी इकाईमा लागू भएको जानकारी दिए । गृहमन्त्री शर्माले प्रस्तुत गरेको ८४ बुँदे गृह प्रशासन सुधार मार्गचित्रअन्तर्गत रहेर आम नागरिकलाई केन्द्रविन्दुमा राखी यो अभियान शुरु गरिएको हो । अभियानले नागरिकसँग प्रहरी र प्रशासनको सम्बन्ध अझ प्रभावकारी बनाउने, प्रहरी प्रशासनलाई अझ जन–उत्तरदायी बनाउने तथा शान्तिसुरक्षामा नागरिकको सहभागिता बढाउने लक्ष्य राखिएको छ । देशभरको प्रत्येक समाजलाई टोलका रुपमापूरा पढ्नुहोस्


बूढीगण्डकीमा नीतिगत भ्रष्टाचारको आरोप

  असोज ६, काठमाडौँ सरकारले चिनियाँ कम्पनीसँग बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका क्रममा भएको समझदारी कानूनी र नीतिगत रुपमा त्रुटीपूर्ण रहेको भन्दै आलोचना गर्ने क्रम बढेको छ । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले आफ्नो पदीय मर्यादा भुलेर चिनियाँ कम्पनीका प्रतिनिधिसँग सार्वजनिक खरिद ऐनविपरित गएर समझदारी गरेको भन्दै सार्वजनिक लेखासमितिले छानबिन गरिरहेको सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिए । रिपोर्टस क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा सभापति उपाध्यायले अन्तर्राष्ट्रिय बोलपत्रबाट सबैभन्दा सस्तोमा बनाउनसक्ने कम्पनीलाई आयोजना दिनुपर्नेमा त्यसो नगरिनु दुःखद रहेको बताए । गत जेठ ९ गते मन्त्रिपरिषद्ले सो आयोजनाको आवश्यक प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक स्वीकृति दिएको र जेठ २१ गते आयोजना निर्माणका लागिपूरा पढ्नुहोस्


तेह्रथुममा २४ करोडको दूध उत्पादन

  असोज ६, तेह्रथुम जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा रु. २४ करोड बराबरको दूध उत्पादन भएको छ । जिल्लाका गाउँ–गाउँमा किसानले व्यावसायिक रुपमा उन्नत जातका गाई–भैँसीपालन गर्न थालेपछि दूधको उत्पादन वर्षेनी बढ्दै गएको हो । किसानले व्यावसायिक रुपमा समेत उन्नत जातका गाई–भैँसीपालन गर्न थालेकाले दूध उत्पादन बढेको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक शिवजीप्रसाद दासले बताए । जिल्लामा आर्थिक वर्ष २०७३/७४ मा रु. २४ करोड २८ मूल्य बराबरको ६ हजार ७० मेट्रिक टन दूध उत्पादन भएको थियो । अघिल्लो आव २०७२/७३ मा रु. २३ करोड ९२ लाखको दूध उत्पादन भएको थियो । जिल्लामा उत्पादन भएको दूधमध्ये करिब ७ हजारपूरा पढ्नुहोस्


सकियो माथिल्लो त्रिशुली ‘थ्री ए’ को ४ किलोमिटर लामो सुरुङ निर्माण

 रमेश लम्साल असोज ६, काठमाडौँ भूकम्प र भारतको अघोषित नाकाबन्दीको चपेटामा परेको नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको माथिल्लो त्रिशुली ‘थ्री ए’ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ । आयोजनाका प्रमुख फणिन्द्रराज जोशीका अनुसार आयोजनाको सबैभन्दा महत्वपूर्ण मानिएको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको छ । सुरुङको लम्बाइ ४ हजार ७६ मिटर रहेको छ । सधैँ विवाद तथा अनेकन अनियमितताको भुमरीमा फस्दै आएको माथिल्लो त्रिशुली थ्री ए को सुरुङ गएराती ‘ब्रेक थ्रु’ भएपछि आयोजनाको कूल प्रगति ६५ प्रतिशतको हाराहारीमा पुगेको छ । प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको सो आयोजना डेढ वर्ष पहिल्यै सम्पन्न हुनुपर्ने थियो । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण उठ्नैपूरा पढ्नुहोस्


बेनी–जोमसोम–कोरल्ला सडक अवरुद्ध

असोज ६, फलेवास (पर्वत) जिल्ला मुस्ताङ जोड्ने एक मात्र सडक बेनी–जोमसोम–कोरल्ला सडक तीन दिनदेखि अवरुद्ध बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित काभ्रेभिरमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको हो । गत बुधबार दिउँसोदेखि लगातार परेको वर्षाका कारण सडक अवरुद्ध बनेपछि हजारौँ यात्रुहरु अलपत्र परेका छन् ।  पहिरो गएपछि अधिकांश सवारीसाधन तथा यात्रु मुस्ताङको घाँसामै अड्किएका छन् । मुस्ताङतर्फ जाँदै गरेका सवारीसाधन पहिरोभन्दा वारि नै रोकिएका छन् भने मुस्ताङबाट फर्किन लागेका सवारीसाधन घाँसामा रोकिएको यात्रु गणेश गिरीले जानकारी दिए । वर्षा नरोकिएकाले तत्काल पहिरो खुलाउने सम्भावना नरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । वर्षा निरन्तर परिरहँदा जाडोले यात्रुहरुपूरा पढ्नुहोस्


‘वान बेल्ट वान रोड’ माथि छलफलको लागि अन्तर्राष्ट्रिय सम्मेलन

  असोज ६, काठमाडौँ दक्षिण एशियाली मुलुकलाई चीनसँग जोडेर आर्थिक विकास गर्न चिनियाँ राष्ट्रपति सी पिँगको ‘वान बेल्ट वान रोड’ (एक क्षेत्र एक मार्ग) प्रस्तावमा छलफलका लागि यहाँ अन्तराष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ । तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठान र पुष्पलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले संयुक्तरूपमा आज आयोजना गरेको दुईदिने सो सम्मेलनमा चीन, भारत, बंगलादेश, पाकिस्तान तथा नेपालका प्रतिनिधि सहभागी छन् । सम्मेलन शुभारम्भ गर्दै नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दक्षिण एशियाली क्षेत्रको विकास शान्ति र स्थिरताबाट मात्र सम्भव हुने भएकाले एक डलरभन्दा कम आम्दानी हुने यस क्षेत्रका जनताको आर्थिक विकासका लागि सबैले गम्भीर भएर लाग्नुपर्ने बताए । सम्मेलनले यस क्षेत्रका जनतालेपूरा पढ्नुहोस्


नेपाल टेलिकमले नगर्ने भयो धरहराको पुनःनिर्माण

असोज ६, काठमाडौंँ नेपाल टेलिकमले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र लेखी धरहरा पुनःनिर्माण गर्न नसक्ने जनाएको छ । कम्पनीको लाभ लागत, पुरातत्व विभागले तयार गरेको आधारभूत डिजाइनमा खुल्ला क्षेत्र अधिक राख्नुपर्ने, कम्पनीले व्यावसायिक सञ्चालनका लागि प्रस्ताव गरेको विकल्प/डिजाइन सरकारद्वारा स्वीकृत नहुनु एवं स्थानीय बासिन्दाको परम्परागत रीतिरिवाजलाई देखाउँदै टेलिकम धरहरा पुनःनिर्माणबाटपछि हटेको पत्रमा उल्लेख गरिएको प्राधिकरणले जनाएको छ । वि.सं. २०७२ वैशाख १२ गतेको भूकम्पबाट धरहरा क्षतिग्रस्त बनेको थियो । टेलिकमले काठमाडौँं, ललितपुर, भक्तपुर दरबार स्क्वाएर, स्वयम्भूनाथ परिसरमा क्षति भएका सम्पदा, मनकामना मन्दिर, भूकम्प प्रभावित जिल्लाहरुमा विद्यालय पुनःनिर्माण कार्यका लागि आगामी ३ वर्षभित्र रु. १ अर्ब योगदान दिने प्रतिबद्धता भने कायमै रहेकोपूरा पढ्नुहोस्


गैरसरकारी संघसंस्थाले परिणाममुखी काम गर्नुपर्छ– राष्ट्रपति भण्डारी

असोज ६, काठमाडौँ राष्ट्रपति विद्यादेवी भण्डारीले गैरसरकारी संघ संस्थाले सार्थक परिणाम आउने गरी जनताको पक्षमा काम गर्नुपर्ने बताएकी छन् ।  ३८औँ सामाजिक सेवा दिवसको अवसरमा समाज कल्याण परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा गैरसरकारी संघसंस्थाले निष्पक्ष, पारदर्शी र जवाफदेहीपनलाई व्यवहारमा उतारेर सार्थक परिणाम आउने गरी काम गर्नु अहिलेको आवश्यकता भएको बताइन् । “गैरसरकारी संस्थाको संख्यात्मक वृद्धिसँगै गुणात्मक पक्षलाई आत्मसाथ गर्दै संघसंस्थालाई निश्चित आधारमा वर्गीकरण गर्ने, गरेका कामको प्रभावकारी अनुगमन गर्ने, संस्थाका गतिविधि र उपलब्धि सार्जजनिक गर्ने, तिनको कामलाई संस्थागत गर्ने गर्नुपर्दछ”–राष्ट्रपति भण्डारीले भनिन् । राष्ट्रपति भण्डारीले ‘सेवा नै धर्म हो’ भन्ने समाजमा प्रचलित,पूरा पढ्नुहोस्


कुखुरा फार्मबाट मनग्य आम्दानी

असोज ६, कञ्चनपुर बैंकबाट कर्जा लिई कुखुरा फार्म सञ्चालन गरेका कृष्णपुर नगरपालिका–६ सिंहपुरका काठुराम रानाले मनग्य आम्दानी गर्दै आएका छन् । फार्ममा रानाले ब्वायलर कुुखुरापालन गर्दै आएका छन् । रु. ४ लाख ५० हजार बैंकबाट कर्जा लिई उनले कुखुरापालन गर्दै आएका छन् । रानाले डेढ वर्षको अवधिमै रु. ७ लाख ५० हजारभन्दा बढी आम्दानी गरेका छन् । उनले दाना र औषधि खर्च कटाएर प्रतिलटमा रु. १ लाख ५० हजार आम्दानी गर्दै आएका छन् । “कुखुरा फार्मको व्यवस्थापन गर्न सके आम्दानी चाहे जस्तै लिन सकिन्छ”, उनले भने । बैंकबाट लिएको कर्जा पहिलो वर्षमै चुक्ता गरी आम्दानीको बाँकी रकम परिचालन गरी कुखुरापालनपूरा पढ्नुहोस्